Tuesday, April 23
Shadow

जिवनसैली

ब्राह्मणका लागि किन वर्जित छ लसुन-प्याज यस्तो छ कारण…

ब्राह्मणका लागि किन वर्जित छ लसुन-प्याज यस्तो छ कारण…

अचम्मका कुरा, जिवनसैली, टिप्स, समाचार, समाज
काठमाण्डौँ, असोज ३ केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँडिएको छ : सात्विक, राजसिक र तामसिक । सात्विक भोजनले शान्ति, संयम, पवित्रता र मनको शान्ति दिलाउँछ भने राजसिक खाद्यपदार्थले मोह तथा खुशीको भाव दिन्छ । त्यस्तै तामसिक भोजनले क्रोध, अहंकार र विनाशजस्ता भाव पैदा गर्छन् । प्याज र लसुनलाई राजसिक र तामसिक पदार्थ मानिएको छ । यसको अर्थ यिनले अज्ञानता र क्रोध बढाउँछन् । मासु, लसुन र प्याजको अधिक सेवनले व्यवहारमा परिवर्तन ल्याउँछ । यसले कामोत्तेजना बढाउँछ । ब्राह्मणले पवित्रता राख्नु जरूरी हुन्छ किनकि उनीहरू देवताको पूजा गर्छन् र प्राकृतिक रूपमा शुद्ध हुनुपर्छ । सनातन शास्त्रहरूले प्याज र लसुन जस्ता खाद्यपदार्थले प्रकृतिप्रदत्त ...
घैया मकैको अपारसफलता पछि शम्भु नेपालको “बाँसको डोको” बजारमा

घैया मकैको अपारसफलता पछि शम्भु नेपालको “बाँसको डोको” बजारमा

जिवनसैली, भिडियाे, मनोरञ्जन
महेन्द्र अधिकारी/असोज ०२, ललितपुर नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा मौलिक लोक दोहोरी गीत संगितका लागि सफल जोडि मानिएका रामशरण आले र शम्भु नेपालको सहकार्यमा फेरी पनि अर्को गीत “बाँसको डोको” सार्बजनिक भएको छ । उक्त गीत रामशरण आले र केशब श्रेष्ठको सम्युक्त प्रस्तुति “बाँसको डोको” बोलको रहेको छ । प्रस्तुत गीतमा रामशरण आले, केशब श्रेष्ठ र सिर्जु अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । सो गीतमा शब्द संगीत नेपालको रहेको छ । नेपाली लोक तथा दोहोरी गीत संगीतमा आएका बिकृति र बिशंगतिलाई हामि सम्पूर्ण सचेत नागरिकले पखाल्नु पर्छ भन्ने किसिमका उच्च सोच बोकेर हिड्ने शम्भु का यस भन्दा पहिला प्रस्तुति झैँ यस प्रस्तुतिले पनि सफलता प्राप्त गर्ने कुरामा ढुक्क रहन सकिन्छ । किन कि यस गीतमा प्रयोग भएका सम्पूर्ण संयोजन उत्कृष्ट रहेका छन् । ...
बालबालिकाका समस्या र समाधानका उपाय

बालबालिकाका समस्या र समाधानका उपाय

जिवनसैली, विचार, समाचार, समाज
 यो अनन्त संसारको विशाल जनसमुदायमा मानबिय जीवन वृद्धि बिकासका विभिन्न चरणहरुको अर्थ पुर्ण बिबिधता सङग परिचितहुने ब्यक्ती थुप्रै होलान। तर ती चरणहरु पार गर्दाका बेला भोग्नु परेका विभेद पुर्ण व्यबहारले जन्मदिएको पीडा र सङघर्स सङग साइनो गास्ने ब्यक्ती सायद बिरलै भेटियलान।जसमध्ये बाल्याबस्थामा हुने हिन्सा,दुव्र्यवहारको विरुद्धमा पहिलो पटक एगलाइनटाइन जेबले बालधिकार न्याय सम्बन्धि पहिलो आवाज उठाइन र जसको फलस्वरूप सन १९८९ मा अन्तर्राष्ट्रिय बालअधिकार महासन्धी सम्पन्न भयो। तर पनी पछिल्लो समयमा अन्तरास्ट्रिय र रार्ष्ट्रिय जगतमा हिंसा,शोषण,गरिबी र दुव्र्यवहार न्यूनीकरण गर्नको लागि दर्जनौं ऎन,नियमावली,सन्धी,उपसन्धी र संविधान अनुमोदन भय दर्जनौ बाल अधिकार संरक्षणका कानुन फेरिय सयौ मात्रामा बाल अधिकार संरक्षण गर्ने मुलभुत उद्देश्य लियका संघ सस्था दर्ता भयता पनि हाम्रो समाजमा विभिन्न धार्मिक,सा...
बर्षातका बाटाहरु

बर्षातका बाटाहरु

कृर्षि, जिवनसैली, मौसम, समाज, सम्पादकीय
जब हिलोको गन्ध आउन थाल्छ तब सुरु हुन्छन झ्याउँकिरिका झ्याँइझ्याँइ,भ्यागुताका ट्वारट्वार अनि गाउँमा सुरु हुन्छ असार । भाखाहरु घन्किन थाल्छन । बर्षातीहरु तयारी हुन थाल्छन ,अनि सुरु हुन्छ असार । खेतको बिचमा मात्र हरियो हुन्छ । केही थान टाउकाहरु कोदालीले डिल हाल्दै देखिन्छन केही थान राता लुगा लगाएका टाउकाहरु घाँसका भारीका साथ उकाली लाग्छन । अनि सुरु हुन्छ असार । धिप धिप पानीका फोकाहरु,खहरेका सुसेलीहरु अनि बियाढका बिउ माथीको हावाको बयली, साच्चै असार बर्षातको समय हो । कसैले बनाउन नसक्ने बाटाहरु बर्षातले बनाउँछ । कसैले फुटाउन नसकेका चट्टान बर्षात ले फुटाउछ । खहरेलाई बाटो खहरेले बनाउछन,खोलाहरुले बालुवाका भुल्काहरुलाइ आफुसँगै अनन्त यात्रामा लिएर जान्छन । बर्षातका बाटाहरु नत कसैले रोक्न सक्छ न त कसैले छेक्न नै । अनन्त यात्रामा निस्किएका बर्षातहरु धर्तीलाई सिँचित गर्छन र त असार आउँछ । गोठाला र ...
दाह्री पाल्ने मानिसमा कोरोनाको खतरा बढी !

दाह्री पाल्ने मानिसमा कोरोनाको खतरा बढी !

अचम्मका कुरा, जिवनसैली, मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, जेठ ३१ विश्वव्यापी रुपमा प्रारम्भ भएको कोरोना भाइरसविरुद्धको खोप अभियानपछि कोरोनाको संक्रमणमा कमि आउन थालेको छ । यस क्रममा धेरै देशहरुमा लागेको प्रतिबन्धहरु बिस्तारै खुकुलो हुन थालेका छन् अथवा हट्न थालेका छन् । नेपालमा पनि संक्रमितको संख्यामा लगातार कमि आउन थालेको छ । यसैबीच कोरोनाको बारेमा एउटा रिपोर्ट आएको छ, जसले यो घातक महामारीको संक्रमण पुरुषहरुले पाल्ने लामो दाह्रीबाट समेत बढ्न सक्छ भन्ने पत्ता लागेको छ । सबैलाइ थाहा भएको कुरा हो, कोभिडका विरामीले खोक्दा र हाक्छ्यूँ गर्दा भाइरस हावामा फैलिन्छ । अहिले भरखरै गरिएको ताजा सर्वेक्षणमा मानिसको लामो दाह्रीलाई पनि घातक भाइरसको फ्याक्टर मानिएको छ । । लकडाउनका कारण धेरै मानिसहरुले दाह्री काट्न ैअल्छि गरेका छन् भने कतिलाई दाह्री पाल्ने सौख पनि छ । यद्यपि, अहिले कोरोनाकालमा दाह्री पाल्ने कार्यलाई डाक्टरहरु जोखिम...
कोरोना महामारी र स्थानीय नर्सहरुको कथा : मायाको दैनिकी

कोरोना महामारी र स्थानीय नर्सहरुको कथा : मायाको दैनिकी

जिवनसैली, विचार, समाज, स्वास्थ्य
एउटा समय थियो एस.एल.सी.पश्चात के विषय लिएर पढ्ने < कुन क्षेत्र संग सम्बन्धित विषय पढ्ने भन्ने त्यो समय कसैले स्वास्थ्य संग निकट विषय नर्स,अहेव,अनमी पढ्ने ईक्षा राख्यो भने मात्रै पनी सुन्नेहरु नाक खुँम्च्याउथे निधारमा मुजा पार्थे अर्थात नर्स पेशालार्ई समाजमा हेर्ने दृष्टिकोण सकरात्मक भैसकेको थिएन । मान्छेहरु गाँउघरकै लवजमा भन्थे डाउटर भएर कति कमाई हुन्छ र यत्रो दुख गरि पढ्नु । नर्सहरु उत्पादनमा निकै ह्रास आएको थियो, कोहि पढिहाले पनि बिचमै अलमलिन्थे त्यहि देखेर पनी प्राय अभिभावक आफ्नो सन्तानलाई यो क्षेत्र रोज्न दिदैन थिए । नेपालमा करिब ९५ हजार भन्दा माथी नर्स छन् । सरकारी र निजी क्षेत्रबाट गरी प्रत्येक वर्ष करिब पाँच हजार जना नर्स उत्पादन हुन्छन् । यी मध्ये अधिकांशले जागिर पाउँदैनन् । अस्पतालहरुले पनि धेरै अनुभवी र क्षमतावान नर्सहरु खोज्छन् । नयाँ एवं अनुभव नभएका नर्सहरु घरमै बस्न बाध्...
सिसडोलवासि १३ गतेबाट आन्दोलनमा उत्रने, काठमाण्डौँको फोहोर नुवाकोट छिर्न नदिने चेतावनी

सिसडोलवासि १३ गतेबाट आन्दोलनमा उत्रने, काठमाण्डौँको फोहोर नुवाकोट छिर्न नदिने चेतावनी

जिवनसैली, ब्यानर समाचार, स्थानिय तह
दिपेश न्यौपाने, काठमाण्डौँ, चैत्र ११ नेपाल सरकारले विगत १६ बर्ष देखि नुवाकोट सिसडोलका बासिन्दालाई विकासको आशा देखाएर फोहोर विसर्जन गरिरहेको छ। विगत १६ बर्ष देखि त्यहाँका जनताले फोहोर र मानव सगै रहन्न भन्दै समय समयमा आन्दोलन गर्दै आएका छन्। ककनी गाउँपालिका प्रमुख मानबहादुर लामाले समेत काठमाडौ महानगरपालिकाले ककनी गाउँपालिकालाई देखाएको आशा कागजमा समिति गर्ने गरेको बताएका छन्। विगत लामो समय देखि महानगर र मन्त्रालय सम्म ककनी वासीका समस्या लिएर आफू पटकपटक पुगेको उनले हामी सँगको टेलिफोन सम्पर्कमा बताए छन् । ककनी गाउँपालिका पर्यटकीय क्षेत्र भएता पनि सिसडोलकै कारण पर्यटन क्षेत्रमा समेत असर पुगेको उनको भनाइ छ। हामी जनताका उचित समस्या समाधानका लागि जनताकै जनमतबाट जनप्रतिनिधि भएका हौं । सिसडोल र फोहोर ककनी गाउँपालिका लागि समस्या हो, हामीले यस समस्या सँग लड्न सके मात्र जनप्रतिनिधि भएको आभास ...
अनारले स्वास्थ्यमा गर्छ नसोचेको फाइदा

अनारले स्वास्थ्यमा गर्छ नसोचेको फाइदा

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं । अनारलाई सबभन्दा स्वास्थ्यवर्द्धक र पोषक तत्त्वले भरपूर फल मानिन्छ । स्वाद पनि यसको गजबको हुन्छ । टन्नै फाइबर, भिटामिन सी लगायतका तत्त्व हुनाले अनार दिनदिनै खानु राम्रो हुन्छ । यसले भुँडी लाग्न दिँदैन । अनारको जुस पिउनु अत्यन्त लाभदायक हुन्छ । आजकल दिनदिनै स्तर क्यान्सरका घटनाहरू सुनिन्छन् । त्यसैले महिलाहरू सचेत हुनु जरूरी छ । स्तन क्यान्सरबाट बच्न अनार उपयोगी हुन्छ । अनि अनार खाँदा हृदयघातको खतरालाई पनि कम गर्न सकिन्छ । अनारको बोक्रालाई घाममा सुकाएर त्यसको धूलो बनाएपछि पेस्टका रूपमा प्रयोग गर्नुस् । त्यो धूलोमा चिनी र मह मिसाउनुस् अनि पेस्टलाई अनुहारमा दल्नुस् । यसले मृत त्वचा अनि डण्डीफोरहरू हटाइदिन्छ । अनारमा पाइने फोटोकेमिकल्सले एरोमाटेज एन्जाइमलाई रोक्छन् । यो एन्जाइमले एन्ड्रोजन हर्मोनलाई एस्ट्रोजन हर्मोनमा परिवर्तन गरिदिन्छ । यसैले स्तन क्यान्सर गराउने ह...
भिजाएको ओखर दिनदिनै खानुका यस्ता फाइदा

भिजाएको ओखर दिनदिनै खानुका यस्ता फाइदा

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं । स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फोरस, कपर, सेलेनियम, ओमेगा–३ फ्याट्टी एसिड जस्ता पोषक तत्त्व पाइन्छन् । तर ओखरलाई काँचै खानुभन्दा भिजाएर खाँदा त्यसको फाइदा कैयौं गुणा बढ्छ । राति दुईवटा ओखरलाई भिजाएर राख्ने र बिहान खाली पेटमा खाने गर्दा बढी फाइदा हुन्छ । भिजाइएको ओखरले अनेकौं रोगबाट मुक्त गराउँछ । ब्लड सुगर र मधुमेहबाट बच्नुछ भने भिजेको ओखरले फाइदा गर्छ । ओखरमा भरपूर फाइबर हुन्छ र पाचन प्रणालीलाई राम्रो बनाउँछ । पेट सही राख्न र कब्जियतबाट बच्न फाइबरयुक्त खानेकुराहरू खान जरूरी छ । भिजेको ओखर त्यसका लागि सर्वाधिक उपयुक्त खाद्यपदार्थ हो । ओखरमा भएका पोषक तत्त्वले हाड र दाँत बलियो बनाउँछन्...
कब्जियत भएको छ ?  निको हुन अब अपनाउनुहोस् यी ५ सरल उपाय

कब्जियत भएको छ ? निको हुन अब अपनाउनुहोस् यी ५ सरल उपाय

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं । कब्जियत भनेको मल त्याग्दा आउने समस्या हो । यो आम समस्या हो र जुन उमेरका मान्छेलाई यसले सताउन सक्छ । लामो समयसम्म तपाईंलाई यो समस्या छ र यसको कुनै उपचार गर्नुभएको छैन भने यो गम्भीर रोगमा परिणत हुन्छ । यहाँ हामीले घरैमा बनाउन मिल्ने केही जुसहरूका बारेमा उल्लेख गर्नेछौं । यी जुसले तपाईंलाई कब्जियतको समस्याबाट सजिलै छुटकारा दिलाउँछन् । १ सुक्खा जामुन ६ वटा सुक्खा जामुन, आधा चम्चा मह, आधा चम्चा जीराको धूलो र एक कप तातो पानी जम्मा गर्नुस् । पाँच मिनेटसम्म सुक्खा जामुनलाई तातो पानीमा भिजाउनुस् । त्यसपछि त्यसको बिउ निकाल्नुस् र ब्लेन्डरमा राखेर मजाले पिस्नुस् । त्यसपछि त्यसमा मह र जीराको धूलो हाल्नुस् । अनि फेरि एकचोटि ब्लेन्डर चलाउनुस् । तपाईंको जुस तयार भयो । २ नासपाती दुईवटा नासपाती, दुई चम्चा कागतीको रस, एक चिम्टी बीरेनून जम्मा पार्नुस् । नासपातीका सानासाना टुक्र...