Friday, April 26
Shadow

अनारले स्वास्थ्यमा गर्छ नसोचेको फाइदा


  • -इ
  • इ+

काठमाडौं । अनारलाई सबभन्दा स्वास्थ्यवर्द्धक र पोषक तत्त्वले भरपूर फल मानिन्छ । स्वाद पनि यसको गजबको हुन्छ ।

टन्नै फाइबर, भिटामिन सी लगायतका तत्त्व हुनाले अनार दिनदिनै खानु राम्रो हुन्छ । यसले भुँडी लाग्न दिँदैन ।

अनारको जुस पिउनु अत्यन्त लाभदायक हुन्छ ।

आजकल दिनदिनै स्तर क्यान्सरका घटनाहरू सुनिन्छन् । त्यसैले महिलाहरू सचेत हुनु जरूरी छ । स्तन क्यान्सरबाट बच्न अनार उपयोगी हुन्छ ।

अनि अनार खाँदा हृदयघातको खतरालाई पनि कम गर्न सकिन्छ ।

अनारको बोक्रालाई घाममा सुकाएर त्यसको धूलो बनाएपछि पेस्टका रूपमा प्रयोग गर्नुस् । त्यो धूलोमा चिनी र मह मिसाउनुस् अनि पेस्टलाई अनुहारमा दल्नुस् । यसले मृत त्वचा अनि डण्डीफोरहरू हटाइदिन्छ ।

अनारमा पाइने फोटोकेमिकल्सले एरोमाटेज एन्जाइमलाई रोक्छन् । यो एन्जाइमले एन्ड्रोजन हर्मोनलाई एस्ट्रोजन हर्मोनमा परिवर्तन गरिदिन्छ । यसैले स्तन क्यान्सर गराउने हो ।

अनारले एन्जाइमको असर ध्वस्त पार्छ र क्यान्सरबाट जोगाउँछ ।

 

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares