Friday, April 26
Shadow

जिवनसैली

काँक्रोको नियमित प्रयोगले ल्याउँछ, छालामा सुन्दरता र कपाल मुलायम

काँक्रोको नियमित प्रयोगले ल्याउँछ, छालामा सुन्दरता र कपाल मुलायम

जिवनसैली, टिप्स, समाज
काठमाडौ,मंसिर २१ लामो मात्रै होइन, काँक्रोको प्रयोगले तपाइको कपाल मुलायम पनि बन्छ । काँक्रोमा पाइने सिलिकाले कपाललाई मुलायम बनाउनुका साथै आकर्षक बनाउन मद्दत गर्दछ । यसका लागि हप्तामा दुईपटक काँक्रोको रस निकालेर छाला र कपालमा लगाउने र राम्रोसँग धुने गर्नुपर्दछ । काँक्रोमा पाइने एन्टिअक्सिडेन्ट र सिलिकाले छालाको सुन्दरता र चम्किलो कपाल बनाउन चाहनेहरुका लागि मद्दतगार बन्दछ । यति मात्र होइन, आँखाको नजिकमा आउने चायाँ, फोहोर जस्ता पदार्थलाई पनि हटाउन मद्दत गर्दछ । यसका लागि बेलुका सुत्नुभन्दा पहिला र बिहान उठ्नेबित्तिकै काँक्रोको टुक्रा काटेर फ्रिजमा राखेर चिसो बनाउनुहोस् । केही समयपछि आफ्नो आँखामा १० मिनेटजति राख्नुहोस् । आवश्यकताअनुसार फेरि पनि यो गर्न सकिन्छ । केही दिनसम्म यस्तो लगातार गर्नुहोस् । काँक्रोमा रहेको सिलकन र सल्फरले कपाल बढ्न पनि मद्दत गर्दछ । झर्ने समस्याबाट पनि मु...
सम्पदाको संरक्षणमा दत्तचित्त भएर लागेका छौँ : मेयर शाक्य

सम्पदाको संरक्षणमा दत्तचित्त भएर लागेका छौँ : मेयर शाक्य

जिवनसैली, ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, मंसिर २० काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले संस्कृति र परम्पराको जगेर्ना गर्ने कुरामा काठमाडौँ महानगरपालिका दत्तचित्त भएर लागेको बताउनु भएको छ । उहाँले सम्पदा संरक्षणलाई महानगरपालिकाले प्राथमिकतामा राखेर निर्माण–पुर्ननिर्माणको अभियान अघि बढाएको पनि बताउनु भयो । आज वडा २५ श्रीघः, नघलमा रहेको धर्मकीर्ति विहारको विस्तारित भवनको शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘क्वाःपा, द्योःछेँ, बहाल, बही, सत्तल जस्ता सांस्कृतिक सम्पदाको निर्माण–पुर्ननिर्माणको अभियानलाई महानगरपालिकाले प्राथमिकतामा राखेर अघि बढाएको छ,’ उहाँले भन्नुभयो, ‘गुठी परम्परालाई जीवन्त बनाइराख्न पनि काठमाडौँ महानगरपालिकाले आवश्यक लगानी गर्दै आएको छ ।’ उहाँले सम्पदा निर्माण गर्दा जनसमुदायको पनि अपनत्व हुने गरी काम आग्रह समेत गर्नुभयो । ‘तपाईँहरु सम्पदा निर्माण–पुर्ननिर्माणको योजना लि...
टिकटकले प्रयोगकर्ताहरुलाई तीन मिनेट सम्मको भिडियो बनाउन दिन सक्ने

टिकटकले प्रयोगकर्ताहरुलाई तीन मिनेट सम्मको भिडियो बनाउन दिन सक्ने

जिवनसैली, मनोरञ्जन
काठमाडौ,मंसिर २० भिडियो शेयरिङ एप टिकटकले अब प्रयोगकर्ताहरुलाई तीन मिनेट सम्मको भिडियो बनाउन दिन सक्ने भएको छ । यो अहिले प्रारम्भिक पहुँचको चरणमै रहेको छ । यसको लागी एपलाई अपडेट पनि गर्नुपर्छ । अहिले सम्म टिकटकमा एक मिनेट सम्मको भिडियो मात्रै बनाएर हाल्न मिल्छ । यसले प्रयोगकर्ताहरुलाई अझै बढि कन्टेन्ट ल्याउनका लागी प्रोत्साहित गर्नेछ । यसमा फिल्म ट्रेलर र गीतहरु पनि राख्न सकिने छ । युट्यूब पनि पहिले यस्तै अवस्था थियो । पहिले युट्यूबमा दश मिनेट भन्दा बढिको भिडियो हाल्न मिल्दैन थियो । यो नयाँ फिचरले अझै प्रयोगकर्ताहरुलाई टिकटक प्रति आर्कषित गर्ने अनुमान गरिएको छ ।...
पहाडी भू–भागमा वर्षाको सम्भावना

पहाडी भू–भागमा वर्षाको सम्भावना

जिवनसैली, समाज
काठमाडौ,मंसिर १९ न्यूनचापीय प्रणालीको प्रभावले शनिबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ। भारतको पूर्वी उत्तर प्रदेश र विहारको आसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले आज प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताए। हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बद्ली रही र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली भइ ती तीनवटै प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...
चार जना महिलालाई कुवेत पुर्‍याएर बेच्न खोज्ने एक युवा नयाँ बसपार्कबाट पक्राउ

चार जना महिलालाई कुवेत पुर्‍याएर बेच्न खोज्ने एक युवा नयाँ बसपार्कबाट पक्राउ

अपराध, जिवनसैली, समाज
  काठमाडौ,मंसिर १९ चार जना महिलालाई गैरकानूनी रूपमा कुवेत पुर्‍याएर बेचविखन गर्न खोजेको आरोपमा एक जना पक्राउ गरेका छन्। मोरङ कटहरी गाउँपालिका-९, स्थायी ठेगाना भएका २९ वर्षीय राज भन्ने राजेशकुमार चौधरीलाई प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट १६ मंसीरमा पक्राउ गरेको हो। वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाइदिने प्रलोभनमा नेपालगञ्जको रुपैडिहा नाका भएर भारतको दिल्ली पुर्‍याई १५ दिनसम्म बन्धक बनाएको पीडितको उजुरी छ। भारतबाट श्रीलंका हुँदै खाडी कुवेत पुर्‍याई बेचबिखन गर्ने उदेश्यले दिल्ली लगिएको पीडितहरूले बताएका छन्। चौधरीले भारतमा बन्धक बनाएर शारीरिक र मानसिक शोषण गरेको समेत उनीहरूले बताएका छन्। कोठामा कोही नभएको मौका पारी पीडित महिलाहरू भागेर भारतीय प्रहरीको सम्पर्कमा पुगेका थिए। त्यहाँबाट शान्ति पुनर्स्थापना केन्द्रको समन्वयमा आफन्तहरूको सम्पर्कमा आएका उनीहरू नेपाल फर्केप...
खाना खराब भएको भन्दै विवाहमा झगडा, दुलही नलिएरै फर्के जन्ती

खाना खराब भएको भन्दै विवाहमा झगडा, दुलही नलिएरै फर्के जन्ती

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, जिवनसैली, समाज
  काठमाडौ,१९मंसिर छिमेकी देश भारतमा दिनहुँ अनेक खालका घटना भइरहेका हुन्छन् । दुई दिनअघि मात्रै यस्तै अचम्मित पार्ने खालको घटना भएको छ । खानाको विषयमा विवाद हुँदा दुलही नै नदिएर जन्ती घर फर्किएको  घटना अहिले सामाजिक सञ्जालदेखि भारतीय सञ्चारमाध्यममा भाइरल भइरहेको छ । युपीको अलिगढमा विवाहमा खराब खानाको विषयलाई लिएर दुलाह र दुलहीको भाइबीचमा घमासान झगडा भएको छ । उक्त घटना प्रहरीसम्म पुगेको छ । लामो समयसम्म दुई पक्षबीच मेलमिलाप गराउन खोजिए पनि दुवै पक्ष तयार भएनन् । अन्ततः बेहुला पक्षले खानाको एक लाख १२ हजार रुपैयाँ तिरेर जन्ती फिर्ता लिए । उक्त क्षेत्रमा यो घटना निकै चर्चामा रह्यो । यो घटना थाना जम्वा इलाको गाउँ समस्तपुर कोटाको हो ।...
कोरोना संक्रमित विद्यार्थीले कक्षा १२ को छुटेको परीक्षा दिन पाउने

कोरोना संक्रमित विद्यार्थीले कक्षा १२ को छुटेको परीक्षा दिन पाउने

जिवनसैली, समाचार, स्वास्थ्य
  १९ मंसिर, काठमाडौं  राष्ट्रिय परीक्षा बोर्डले नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएर कक्षा १२ को परीक्षा छुटेका विद्यार्थीको विवरण संकलन गर्न लागेको छ । २४ कात्तिकदेखि १६ मंसिरभित्र कोरोना लागेका विद्यार्थीले छुटेको परीक्षा दिन पाउने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । त्यसका लागि नेपाल सरकारबाट मान्यता प्राप्त प्रयोगशालाबाट लिइएको कोभिड–१९ पोजेटीभ रिर्पोट देखाउनु पर्ने अर्याल बताउँछन् । विद्यार्थीहरूले २६ मंसिरभित्र सम्बन्धित विद्यालयमा पोजेटीभ रिर्पोट सहित आफ्नो विवरण बुझाउनु पर्नेछ । विद्यालयले मंसिर मसान्तभित्र बोर्डमा पठाइसक्नुपर्नेछ । बोर्डले ९–१६ मंसिरमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गरेको थियो ।...
यसपालिको मिस नेपाल प्रतियोगितामा के नयाँ देख्न पाइनेछ ?

यसपालिको मिस नेपाल प्रतियोगितामा के नयाँ देख्न पाइनेछ ?

जिवनसैली, समाचार, समाज
  काठमाडौ,१९ मंसिर । मिस नेपाल २०२० प्रतियोगिताको ‘ग्रान्ड फिनाले’ यही मङ्सिर २० गते शनिवार आयोजना हुनेछ ।‘कोभिड – १९’ का कारण स्थगित प्रतियोगिताको अन्तिम चरणको प्रतिस्पर्धा यही शनिवार बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुने भएको हो । प्रतियोगितामा काठमाडौंसहित देशका ९ मुख्य शहरहरुमा गरिएको अडिसनबाट छानिएका २१ सहभागीहरुबीच प्रतिस्पर्धा हुुने छ । उनीहरुलाई ३ हप्तासम्म भर्चुअल तालिम दिइनुका साथै १५ दिनको कडा आवाशीय प्रशिक्षणमा राखिएको थियो । कहिले निर्णायकको अभिव्यक्ति त कहिले निर्णयमा भएको धाँधलीका कारण विवादमा मुछिरहने मिस नेपाल प्रतियोगितामा यसपटक केही नयाँ अभ्यास पनि गरिएको छ । आयोजकका अनुुसार यसपालि प्रतियोगितामा ‘मिस टुरिजम’ र ‘वुमन इन सस्टेन्स’ नामक दई उपाधि थपिएका छन् । पर्यटन बोर्डसँगको सहकार्यमा मिस टुरिजम उपाधि थपिएको हो । दुुवै उपाधिले शारीरिक सुन्दरता र ...
मह शुद्ध कि अशुद्ध ?  घरेलू तरिकाले पहिचान गर्नुहोस्

मह शुद्ध कि अशुद्ध ? घरेलू तरिकाले पहिचान गर्नुहोस्

जिवनसैली, टिप्स, समाज, स्वास्थ्य
मह खानुका विभिन्न फाइदा छन् । यसै कारण मानिसहरुले यसलाई आफ्नो खानामा कसैगरी समावेश गर्ने कोसिस गर्छन् । तर सबै महले स्वास्थ्यमा फाइदा पुर्याउँछ भन्ने छैन । आजकाल बजारमा अर्गानिक र शुद्ध महको नाममा नक्कली र मिसावट भएको मह छ्यापछ्याप्ती पाइन्छ । यदि तपाईं मह खानुहुन्छ भने यहाँ बताइए अनुसार गरेर मह शुद्ध हो कि अशुद्ध भनेर पत्ता लगाउन सक्नुहुन्छ । महको पहिचान गर्ने सबैभन्दा राम्रो र सहज तरिका तातो पानी हो । यसका लागि काँचको गिलास वा कचौरामा तातो पानी लिनुहोस् । यसमा एक चम्चा मह मिसाउनुहोस् । यदि यो पानीमा बिलिन हुन्छ भने बुझ्नुहोस् कि महमा मिसावट छ । र यदि यो मोटो तार जस्तो बनेर भाँडाको मुनी बसिरहन्छ भने यो सक्कली हो भनेर बुझ्नुहोस् ।  ।...
बिहेको लगन : मंसिरपछि वैशाख कुर्नुपर्ने

बिहेको लगन : मंसिरपछि वैशाख कुर्नुपर्ने

जिवनसैली, समाज
काठमाडौ,मंसिर १८ पञ्चाङ निर्णायक समितिको पात्रो अनुसार यस वर्षको मसिंरमा जुरेका बिहेका चारवटा साइतहरु मंसिर १६, २१, २२ र २६ गते मात्रै हुन् । १६ गतेको साइत गुज्रिइसकेको छ । अब २१, २२ र २६ गतेमात्रै साइत जुर्छ । मंसिरको साइत गुज्रिएपछि मुहूर्त जुराएर बिहे गर्न चाहनेले बैशाससम्म कुर्नुपर्ने जानकारहरु बताउँछन् । श्री पञ्चमी वा विवाह पञ्चमीमा बिहे गर्न साइत जुराउनुपर्दैन भन्ने मान्यता सही नभएको तोयानाथ पञ्चाङ्ग पात्रोमा लेखिएको छ । शास्त्रीय मान्यताअनुसार माघ १ गतेदेखि असार मसान्तसम्मका ५ महिना (चैतबाहेक) विवाहका लागि शुभ मानिन्छ । तर यसपटक पुस, माघ र फाल्गुन महिनामा विवाहको लगन नरहेको पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्य ढुंगेलले बताए । यस वर्ष माघ महिनामा किन जुरेन त लगन ? सचिव ढुंगेल भन्छन्, ‘विवाहको लगनका लागि विभिन्न कोणबाट शुभ साइत जुराउनुपर्छ । यो वर्ष माघमा वृहस्पति र श...