Wednesday, May 8
Shadow

चार जना महिलालाई कुवेत पुर्‍याएर बेच्न खोज्ने एक युवा नयाँ बसपार्कबाट पक्राउ


  • -इ
  • इ+

 

काठमाडौ,मंसिर १९

चार जना महिलालाई गैरकानूनी रूपमा कुवेत पुर्‍याएर बेचविखन गर्न खोजेको आरोपमा एक जना पक्राउ गरेका छन्। मोरङ कटहरी गाउँपालिका-९, स्थायी ठेगाना भएका २९ वर्षीय राज भन्ने राजेशकुमार चौधरीलाई प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट १६ मंसीरमा पक्राउ गरेको हो।

वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाइदिने प्रलोभनमा नेपालगञ्जको रुपैडिहा नाका भएर भारतको दिल्ली पुर्‍याई १५ दिनसम्म बन्धक बनाएको पीडितको उजुरी छ। भारतबाट श्रीलंका हुँदै खाडी कुवेत पुर्‍याई बेचबिखन गर्ने उदेश्यले दिल्ली लगिएको पीडितहरूले बताएका छन्।

चौधरीले भारतमा बन्धक बनाएर शारीरिक र मानसिक शोषण गरेको समेत उनीहरूले बताएका छन्। कोठामा कोही नभएको मौका पारी पीडित महिलाहरू भागेर भारतीय प्रहरीको सम्पर्कमा पुगेका थिए।

त्यहाँबाट शान्ति पुनर्स्थापना केन्द्रको समन्वयमा आफन्तहरूको सम्पर्कमा आएका उनीहरू नेपाल फर्केपछि चौधरीविरुद्ध जाहेरी दिएका थिए। पीडितको जाहेरीको आधारमा चाैधरीलाई पक्राउ गरिएको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares