Friday, April 26
Shadow

खाना खराब भएको भन्दै विवाहमा झगडा, दुलही नलिएरै फर्के जन्ती


  • -इ
  • इ+

 

काठमाडौ,१९मंसिर

छिमेकी देश भारतमा दिनहुँ अनेक खालका घटना भइरहेका हुन्छन् । दुई दिनअघि मात्रै यस्तै अचम्मित पार्ने खालको घटना भएको छ । खानाको विषयमा विवाद हुँदा दुलही नै नदिएर जन्ती घर फर्किएको  घटना अहिले सामाजिक सञ्जालदेखि भारतीय सञ्चारमाध्यममा भाइरल भइरहेको छ ।

युपीको अलिगढमा विवाहमा खराब खानाको विषयलाई लिएर दुलाह र दुलहीको भाइबीचमा घमासान झगडा भएको छ । उक्त घटना प्रहरीसम्म पुगेको छ ।

लामो समयसम्म दुई पक्षबीच मेलमिलाप गराउन खोजिए पनि दुवै पक्ष तयार भएनन् । अन्ततः बेहुला पक्षले खानाको एक लाख १२ हजार रुपैयाँ तिरेर जन्ती फिर्ता लिए । उक्त क्षेत्रमा यो घटना निकै चर्चामा रह्यो ।

यो घटना थाना जम्वा इलाको गाउँ समस्तपुर कोटाको हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares