Friday, April 26
Shadow

जिवनसैली

अनुहार चम्किलो बनाउन यी हुन् घरेलु उपाय

अनुहार चम्किलो बनाउन यी हुन् घरेलु उपाय

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौ,मंसिर १९ अनुहार चम्किलो बनाउनका लागि मानिसहरू निकै प्रयास गरिरहेका हुन्छन्। कतिपय त निकै खर्च गरेर पनि अनुहार चम्किलो नबन्दा निकै चिन्तामा हुन्छन् । तर, अनुहारको छालालाई चम्किलो र मुलायम बनाउनका लागि केही घरेलु उपाय पनि छन् -अनुहार चम्किलो बनाउन घरेलु प्याक बनाएर प्रयोग गर्न सकिन्छ । बेसन, चन्दन, बेसार र दूधको फेसप्याक अनुहारमा दल्नुपर्दछ । अनुहारमा दलेको उक्त फेसप्याक एक वा दुई घन्टासम्म पखाल्नु हुँदैन । फेसप्याकमा दूधको सट्टा गुलाबजल पनि प्रयोग गर्न सकिन्छ । -मुसुरोको दाल पिसेर यसको पेस्ट बनाई महसँग लगाउन पनि सकिन्छ । यसरी लगाएको पेस्ट केही समयपछि सफा गर्दा अनुहारमा चमक देखिन थाल्छ । -कागतीलाई काटेर रस अनुहारमा दल्दा पनि अनुहार चम्किलो बन्छ । तर, यस्तो काम दैनिक रूपमा गर्नुपर्दछ ।...
जाडोमा कोरोना बढ्ने सम्भावना कति ? यसो भन्छन् विज्ञ

जाडोमा कोरोना बढ्ने सम्भावना कति ? यसो भन्छन् विज्ञ

जिवनसैली, टिप्स, मौसम, समाचार, स्वास्थ्य
काठमाडौ,मंसिर १८ मंसिर महिना लागेसँगै जाडो शुरू भएको छ । अघिल्लो वर्षको जाडो महिनामा चीनबाट शुरू भएको कोरोना भाइरस संक्रमणको महामारीले नेपालमा १ हजार ४५४ जनाको ज्यान गइसकेको छ । हालसम्म नेपालमा २ लाख ३६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसमा २ लाख १८ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किसकेका छन् । विहिबार सम्मको तथ्याङ्क अनुशार देशभर १५ हजार ७ सय ६६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। कोरोना भाइरस संक्रमण जाडो मौसममा शुरू भएकाले नेपालमा जाडो महिना चलिरहँदा संक्रमण बढ्दै जाने अनुमान गर्न थालिएको छ । लकडाउन अन्त्य भइसकेकाले बजारमा हुने भीडभाड तथा जनस्वास्थ्यका मापदण्डको पालना नगर्दा कोरोना भाइरस संक्रमण फैलिने मन्त्रालयले जनाएको छ। तर जनस्वास्थ्य विज्ञहरू भने जाडोकै कारण कोरोना भाइरसको संक्रमण तीव्ररूपमा नफैलिने तर्क गर्छन् । स्वास्थ्य...
अमेरिकामा २७ वर्ष पुरानो भ्रूणबाट बालिकाको जन्म

अमेरिकामा २७ वर्ष पुरानो भ्रूणबाट बालिकाको जन्म

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, जिवनसैली, टिप्स, समाज, स्वास्थ्य
काठमाडौ, मंसिर १८ मली गिब्सन नाम दिइएकी यी बालिका गत अक्टोबर महिनामा जन्मिएकी भए पनि उनको जन्मको प्रक्रिया २७ वर्षअघि सुरु भएको थियो। उनको भ्रूणलाई अक्टोबर १९९२ मा सुरक्षित राखिएको थियो। सन् २०२० को फेब्रुअरीमा आएर बल्ल अमेरिकाको टेनसी निवासी टिना र बेन गिब्सनले उक्त भ्रूण अपनाए। मलीले सबैभन्दा लामो समयसम्म सुरक्षित रूपमा चिस्याएर राखिएको भ्रूणबाट जन्मिने शिशुको कीर्तिमान बनाएकी छन्। यससँगै उनकी दिदी एमाको कीर्तिमान पनि उनले भङ्ग गरेकी छन्। दुई फरक पुरुषबाट जन्मिएका हुन् यी जुम्ल्याहा बालबालिका आमाबुवा बितेको ४ वर्षपछि बच्चा जन्मियो "हामी औधी खुसी भएका छौँ," टिना गिब्सनले बताइन्। "पाँच वर्षअघि यदि कसैले मलाई एउटा होइन दुइटी छोरीकी आमा हुन्छ्यौ भनेको भए म पत्याउन्नथेँ" उनले भनिन्।   भ्रूणदान   पाँच वर्षसम्म सन्तान नभएपछि उनका आमाबुवाले संरक्षित ...
पुस १ गतेबाट पशुपतिनाथ मन्दिर खुल्ला हुनेछ : मन्त्री भट्टराई

पुस १ गतेबाट पशुपतिनाथ मन्दिर खुल्ला हुनेछ : मन्त्री भट्टराई

जिवनसैली, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, मंसिर १७ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुस १ गतेबाट पशुपति खुल्ला हुने बताएका छन्। मन्त्री भट्टराईले कोभिड–१९ का कारण बन्द रहेका धार्मिक-सांस्कृतिक गतिविधीहरु अव स्वास्थ्यसम्बन्धी मापदण्डलाई कडाइका साथ पालना गरेर खुला गर्दै जाने निर्णय मन्त्रिपरिषद बैठकले गरिसकेको जानकारी दिए। बुधबार पशुपतिमा स्थापना गरिएको वातावरणमैत्री शवदाह गृहको अनावरण गर्दै मन्त्री भट्टराईले विश्वका हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई अन्य धर्म, संस्कृति र सम्प्रदायका मानिसहरुको पनि पर्यटकीय गन्तव्यकारुपमा विकास गर्ने काम भइरहेको बताए। पशुपतिका धार्मिक-सांस्कृतिक गतिविधी खुला गर्दा स्थानीय निकाय र सरोकारवाला अन्य पक्षसँग समन्वय गरेर स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न-गराउन पनि मन्त्री भट्टराईले कोषका पदाधिकारीलाई निर्देशन समेत दिएका छन्। पशुपति विक...
दैनिक तातोपानी सेवनले जोगाउँछ यस्ता रोगहरुबाट

दैनिक तातोपानी सेवनले जोगाउँछ यस्ता रोगहरुबाट

अचम्मका कुरा, जिवनसैली, टिप्स, समाज, स्वास्थ्य
काठमाण्डौँ, मंसिर ७ थुप्रै रोग लाग्नबाट बचाउने तातोपानीको सेवन दैनिक रुपमा गर्न सकिन्छ । तातोपानी शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवन गर्मी मौसम र जाडो मौमस दुवैमा गर्न सकिन्छ । चिसो, रुघाखोकी जाडो मौसममा चिसो लाग्नबाट बच्न र रुघाखोकीबाट बच्नका लागि तातोपानीको सेवन गर्नुपर्छ । तातोपानीको सेवले घाँटीमा हुने विभिन्न संक्रमणबाट पनि बच्न सकिन्छ । तौल कम गर्न तौल बढिरहेको छ र त्यसलाई सन्तुलनमा राख्न तातोपानीको सेवन गर्न सकिन्छ । तातोपानीमा कागती र महको रस मिसाएर सेवन गर्ने गर्नाले तौल सन्तुलन हुन्छ । बिहान हरेक दिन एक गिलास तातोपानी पिउने गर्दा तौल कम हुन्छ । छाला हरेक दिन तातोपानी पिउँदा छालामा निखार ल्याउँछ । छालामा चमक बढाउन र छाला सुन्दर देखाउनका लागि दैनिक तातोपानीको सेवन गर्नुपर्छ । कपाल जसको कपाल झर्ने समस्या छ त्यस्ता व्यक्तिले तातोपानीको सेवन गर्नुपर्छ । दै...
जाडोमा ओठ फुटेर हैरान हुनुहुन्छ ? हेनुहोस् यस्ता छन् घरेलु उपाय

जाडोमा ओठ फुटेर हैरान हुनुहुन्छ ? हेनुहोस् यस्ता छन् घरेलु उपाय

जिवनसैली, टिप्स, मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर ४ जाडोयाममा धेरैलाई ओठ फुट्ने समस्याले पिरोलिरहेको हुन्छ । तर केही मात्रामा मात्र सावधानी र घरेलु विधि उपनाउन सकियो भने मात्र पनि ओठ फुट्ने समस्याबाट मुक्ति पाउन सकिन्छ । के छन् त उपाय ? ओठमा जिब्रो लगाउने बानी, ओठ चुस्ने वा चाट्ने बानी छ भने तत्काल हटाउनुस् । साथै ओठमा मह दल्नु भयो भने पनि ओठ फुट्दैन । त्यसैगरी घीउ र नरिवलको तेल लगाउँदा पनि ओठ फुट्नवाट बच्न सकिन्छ । पानी धेरै पिउनुभयो भने पनि यो समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ । जाडो मौसममा सुन्तला, बदाम सेवन गर्दा पनि ओठ फुट्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । बाहिरी वातावरणमा जानु पर्दा लिप जेल, लिप गार्ड वा लिपस्टिक लगाउँदा पनि ओठ फुट्ने समस्याबाट बच्न सकिन्छ । कहिले काँही रोगका कारण पनि ओठ फुट्न सक्छ । चिकित्सकका अनुसार जाडो मौसममा थाइराइड, इन्डोक्राइन जस्ता ग्रन्थीमा समेत रगतको मात्र कम भएर त्य...
अब २४ घण्टापछि आफैं मेटिनेछन् ट्वीट

अब २४ घण्टापछि आफैं मेटिनेछन् ट्वीट

जिवनसैली, टिप्स, ब्यानर समाचार, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, कार्तिक ४ माइक्रोब्लगिङ साइट ट्वीटरले केवल २८० अक्षरयुक्त सादा तथा कडा रवैयायुक्त प्लाटफर्मको आफ्नो स्थापित परिचय बदल्ने तयारी गरेको छ । यसअन्तर्गत ट्वीटरले विभिन्न नयाँ फिचरहरु घोषणा गरेको छ । मंगलबार ट्वीटरले गरेको घोषणाअनुसार अब ट्वीटरमा यस्तो फिचर उपलब्ध हुनेछ जसमा प्रयोगकर्ताका ट्वीटहरु २४ घण्टापछि आफैं मेटिने छन् । डिसएपियरिङ ट्वीट्स फिचरसँगै ट्वीटरले अडियो ट्वीटको फिचर पनि घोषणा गरेको छ । फेसबुकको स्टोरी फिचर जस्तै २४ घण्टामा ट्वीट आफैं हराउने ट्वीटरको उक्त फिचरको नाम ‘फ्लीट्स’ हो । यस्तो स्टोरिज फिचर सबैभन्दा पहिले सन् २०१३ मा स्नापच्याटले सुरु गरेर निकै लोकप्रिय बनेको थियो । त्यसपछि फेसबुक, इन्स्टाग्राम र युट्युब समेतले यो फिचर सुरु गरे । २४ घण्टामा आफैं मेटिने ट्वीट अर्थात् फ्लीट्स अन्य सामान्य ट्वीटभन्दा केही अर्थमा भिन्न रहेको छ । किनकी फ्लीट्समा अरुले ल...
भीडभाड नगरीकनै राजधानीमा छठ मनाइने

भीडभाड नगरीकनै राजधानीमा छठ मनाइने

जिवनसैली, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, मंसिर २ कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ । जाडो लागि सकेकाले भीडभाड गर्दा कोरोना महामारी फैलन सक्ने हुँदा सामान्य पूजा मात्र गर्न लागिएको हो । राजधानीमा कमलपोखरी, गुह्येश्वरी, नागपोखरी, गहनापोखरीलगायत स्थानमा विशेष साजसज्जा गरी कात्तिक शुक्ल षष्ठीका दिन अस्ताउँदो र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व मनाइन्छ । राजधानीका यी स्थानमा हजारौँ मानिस जम्मा भएर छठ मनाउने गरिन्थ्यो । कमलपोखरीमा विगत १० वर्ष अघिदेखि छठ पूजा समाजको नेतृत्व गर्दै आएका राजेन्द्र सिंह जिल्ला प्रशासन कार्यालयले २५ जना मात्र उपस्थित भएर पर्वको विधि पूरा गर्न स्वीकृति दिएको बताउँछन् । प्रशासनको स्वीकृतिअनुसार विगत नौ वर्षदेखि व्रत बस्दै आएकालाई मात्र मङ्सिर ५ गते बेलुकी कमलपोखरीमा प्रवेश गराएर अस्ताउँदो सूर्यलाई अघ...
कोरोना कहरमा तिहार, व्यापारीक क्षेत्रमा देखियो यस्तो रौनक (फोटो फिचर)

कोरोना कहरमा तिहार, व्यापारीक क्षेत्रमा देखियो यस्तो रौनक (फोटो फिचर)

जिवनसैली, ब्यानर समाचार, ब्लोअप, समाज
काठमाण्डौँ, कार्तिक् २९ दीपावली अर्थात तिहारको रौनक छाय संगै व्यापारीक चहलपहल पनि बढ्न थालेको छ । शुक्रवार काठमाण्डौँको व्यस्त व्यापारीक क्षेत्र असनमा तिहारको लागि आवश्यक पर्ने सामाग्री खरिदको लाई ग्राहकको बाक्लो उपस्थीति देख्न सकिन्छ । हेर्नुहोस् यो तस्वीरमा  : तस्वीर : किरण केसि ...
आशैआशमा बित्यो सिसडोलवासीको १६ वर्ष, गाउँमै उच्च शिक्षाको आश देखेका विद्यार्थीलाई फोहोरको र्दुगन्ध उपहार

आशैआशमा बित्यो सिसडोलवासीको १६ वर्ष, गाउँमै उच्च शिक्षाको आश देखेका विद्यार्थीलाई फोहोरको र्दुगन्ध उपहार

जिवनसैली, ब्यानर समाचार, राजनिती, समाज, स्थानिय तह, स्वास्थ्य
दिपेश न्यौपाने/काठमाण्डौँ, कार्तिक २८ नेपाल सरकारले २०६२ जेष्ठ २२ गतेका दिन देखि त्यहाँका जनतालाई विकास निमार्णको आशा देखाएर फोहोर विसर्जन गरिरहेको छ । काठमाडौं उपत्यकाबाट १५ किलोमिटर भित्र रहेको सिसडोल फोहोर व्यवस्थापन सँगै विकासको आशामा लड्डु सँग साटीएको थियोे । नेपाल सरकारले यसै मंसिर अन्तिमसम्म नयाँ साइड बन्चरे डाँडामा फोहोर विसर्जन गर्ने गरि तयारी गर्न आग्रह गरेको छ। विगत १६ बर्ष देखि ककनी गा पा वडा नं १,२ र ३ साथै धुनिबेसी नगरपालिका वडा नं २ र ३ मा पनि फोहोर प्रत्येक्ष असर परिरहेको त्यहाँका स्थानीयवासीले बताएका छन्। विकास बाट ओझेलमा परेको दक्षिणि ककनी गाउँपालिकामा फोहोर विसर्जन सगै विकासको गति लिने आशावादी बनेका जनता हाल सम्म पनि निराशाजनक अवस्थामा छन् । १६ बर्ष पहिले त्यहाँका बुद्धिजीवी, समाजसेवी, शिक्षक ,बिद्यार्थी लगायतको ताली सहितको उपस्थितिमा फोहोर विसर्जन गरिएको थियो ...