Wednesday, April 24
Shadow

काँक्रोको नियमित प्रयोगले ल्याउँछ, छालामा सुन्दरता र कपाल मुलायम


  • -इ
  • इ+

काठमाडौ,मंसिर २१
लामो मात्रै होइन, काँक्रोको प्रयोगले तपाइको कपाल मुलायम पनि बन्छ । काँक्रोमा पाइने सिलिकाले कपाललाई मुलायम बनाउनुका साथै आकर्षक बनाउन मद्दत गर्दछ । यसका लागि हप्तामा दुईपटक काँक्रोको रस निकालेर छाला र कपालमा लगाउने र राम्रोसँग धुने गर्नुपर्दछ ।

काँक्रोमा पाइने एन्टिअक्सिडेन्ट र सिलिकाले छालाको सुन्दरता र चम्किलो कपाल बनाउन चाहनेहरुका लागि मद्दतगार बन्दछ । यति मात्र होइन, आँखाको नजिकमा आउने चायाँ, फोहोर जस्ता पदार्थलाई पनि हटाउन मद्दत गर्दछ ।

यसका लागि बेलुका सुत्नुभन्दा पहिला र बिहान उठ्नेबित्तिकै काँक्रोको टुक्रा काटेर फ्रिजमा राखेर चिसो बनाउनुहोस् । केही समयपछि आफ्नो आँखामा १० मिनेटजति राख्नुहोस् । आवश्यकताअनुसार फेरि पनि यो गर्न सकिन्छ । केही दिनसम्म यस्तो लगातार गर्नुहोस् ।

काँक्रोमा रहेको सिलकन र सल्फरले कपाल बढ्न पनि मद्दत गर्दछ । झर्ने समस्याबाट पनि मुक्ति पाइन्छ । यसका लागि रस प्रयोग गर्नुहोस् । आफ्नो कपालको लम्बाइ अनुसार काँक्रोको रस निकाल्ने र कपडाको सहयोगले लगाउनुपर्दछ । दुई मिनेटसम्म मसाज गर्ने र २० मिनेटपछि कपाल पखाल्नुहोस् । यो एक प्राकृतिक प्रक्रिया पनि हो । त्यसैले विभिन्न तालिमहरु लिएर सिक्नुपर्ने झन्झट पनि हुँदैन । यतिमात्र होइन, अनुहारमा भएका अनेक दाग हटाउन पनि यसले मद्दत गर्दछ । यसका लागि काँक्रो र दहीबाट बनेको मास्कको प्रयोग गर्नुहोस । एक चम्चा काँक्रोको लेदो र एक चम्चा दही मिलाएर पूरै अनुहारमा लेप लगाउनुपर्दछ । सुकेपछि सफा पानीले धुने गर्नुहोस् । निरन्तर एक सातासम्म गर्नाले अनुहारमा देखिएका दागहरु पूरै हटेर जानेछन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares