Saturday, April 27
Shadow

केन्या टुर: प्रदर्शनमा सुधार गर्न आवश्यक


  • -इ
  • इ+

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले केन्या टुरमा छ । राष्ट्रिय टोलीले केन्यामा पाँच  टी-ट्वान्टी  खेल्दा तीन खेलमा जित निकाल्न सक्यो । नेपालले खेलेका सबै खेलमा ब्याटिङको समस्या देखियो ।नेपाली टोलीको प्रशिक्षकको भूमिकामा आएका मनोज प्रभाकरले आफूले ब्याटिङ समस्या समाधानतर्फ लिने योजना भएको बताएका थिए । तर, अहिले पनि नेपालको ब्याटिङ लाइनमा केही सुधार आएको देखिँदैन । नेपाली टोलीले केन्यासँग हार बेहोरेका दुवै खेलमा नेपालले लक्ष्य पूरा गर्न सकेन । जित निकालेका खेलहरूमा पनि नेपालको ब्याटिङ सन्तोषजनक भएन । नेपालले खेलेका पाँच खेलहरू मध्ये नेपालले सिरिजको अन्तिम खेलमा मात्र सोचे अनुरुप प्रदर्शन गर्न सक्यो ।

सिरिजमा नेपालमा लागि राष्ट्रिय टोलीमा लागि रोहित कुमार पौडेलले १५६ रन बनाए । उनी सिरिजकै सर्वाधिक रन बनाउने खेलाडी भए । यता पुनरागमन गरेका ज्ञानेन्द्र मल्लले एक अर्धशतक प्रहार गर्दै १३५ रन बनाए । सिरिजमा आरिफ शेखले ५५ रन बनाए । यता दीपेन्द्र सिंह ऐरीले लगातार दुई खेलमा ६–६ रन बनाए । एक खेलमा ३ रन अनि बाँकी दुई खेलमा २२ र ३३ रन बनाए । नेपालका लागि डेब्यू गरेका अर्जुन साउदले तीन खेलमा ७० रन बनाए ।

नयाँ प्रशिक्षक मनोज प्रभाकरले पनि नेपाली ब्याटिङ समस्या सुधारको उपाय हेरिरहेको बताएका छन् । “मैले नेपाली टोलीको समस्याहरू पहिल्याउन खोजेको छु । ब्याटिङको समस्या धेरै छ । त्यसलाई  सुधार गर्नेछौँ । तर, त्यसका लागि केही समय पक्कै लाग्नेछ,” प्रभाकरले भने ।

एक दिवसीय क्रिकेटको मान्यता जोगाउने चुनौती रहेको नेपाली क्रिकेटको ब्याटिङ समस्या सुधार नहुँदा एक दिवसीय मान्यता पनि गुमाउला भन्ने चिन्ता बढेको छ । आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपालले अब १६ खेल खेल्न बाँकी छ । नेपालले १६ खेलमा नै जित निकाल्न सकेमा मात्र सन् २०२३ को विश्वकपको छनोट खेल्न पाउनेछ ।

यता एक दिवसीय मान्यता जोगाउनका लागि भए पनि नेपालाई शीर्ष पाँचमा पर्न आवश्यक छ । शीर्ष पाँचमा पुगेमा नेपालका लागि एक दिवसीय मान्यता जोगिनेछ । त्यसका लागि बाँकी १६ खेलमा नै नेपालले आफ्नो प्रदर्शनमा सुधार गर्न आवश्यक छ ।

 

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares