Thursday, April 25
Shadow

खेलकुद

तारकेश्वर नगरपालिका द्वारा तारकेश्वर मेयर कप रनिङशिल्ड प्रतियोगिताको उद्घाटन

तारकेश्वर नगरपालिका द्वारा तारकेश्वर मेयर कप रनिङशिल्ड प्रतियोगिताको उद्घाटन

खेलकुद, ब्यानर समाचार, स्थानिय तह
काठमाडौ - तारकेश्वर नगरपालिकाले तारकेश्वर मेयर कप रनिङशिल्ड प्रतियोगिताको उद्घाटन नगरप्रमुख कृष्णहरि महर्जनले गर्नुभएको थियोे । कार्यक्रमको अध्यक्षता तारकेश्वर -८ को वडा अध्यक्ष श्यामकृष्ण सापकोटाले गर्नुभएको थियो भने कार्यक्रम संचालन तारकेश्वर-२ का वडा अध्यक्ष राधाकृष्ण खड्गीले गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिमा नगरप्रमुख कृष्णहरि महर्जन हुनुहुन्थ्यो । बिशिस्ट अतिथिमा सिर्जना बुर्लाकोटी अर्याल हुनुहुन्थ्यो । अतिथिमा वडा अध्यक्ष हरु बिदुर सापकोटा , परशुराम अर्याल , शम्भु फुयाल , नरेन्द्रदास श्रेष्ठ , घनश्याम श्रेष्ठ , सानुकाजी खत्री , श्यामकृष्ण महर्जन , कुमार राई , कविराज बस्नेत र नगर शिक्षा समिति सदस्य तथा खेल संयोजक राजेन्द्रप्रसाद तिमल्सिना  हुनुहुन्थ्यो । कार्यक्रममा नगरपालिकाका खेलप्रेमी बुद्धिजीवी , समाजसेवी , सामुदायिक र संस्थागत स्कुलका प्रधानाध्यापक , क्याम्पस प्...
साम करन बने आईपीएलको सबैभन्दा महँगो खेलाडी

साम करन बने आईपीएलको सबैभन्दा महँगो खेलाडी

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
इङ्ल्यान्डका अलराउन्डर साम करन इन्डियन प्रिमियर लिग (आईपीएल) को लिलामी इतिहासमा सबैभन्दा महँगा खेलाडी बनेका छन्। २४ वर्षीय करनलाई शुक्रबार कोच्चिमा भएको लिलामीमा पञ्जाब किंग्सले १८.५० करोड भारुमा किनेको थियो । यसअघि सबैभन्दा महँगो खेलाडीको कीर्तिमान दक्षिण अफ्रिकाका क्रिस मोरिसको नाममा थियो। उनलाई १६.२५ करोडमा खरिद गरिएको थियो । क्यामरन ग्रीन (१७.५० करोड) ले पनि मोरिसको कीर्तिमानलाई पछाडि छोडेका छन् । यता निकोलस पूरन अहिलेसम्मकै सबैभन्दा महँगा विकेटकिपर बनेका छन् । उनलाई लखनउ सुपर जायन्ट्सले १६ करोडमा किनेको थियो । शुक्रबार दिउँसो २:३० बजे सुरु भएको लिलामी बेलुका ८:३० बजे अर्थात् ६ घण्टासम्म चलेको थियो। टोलीसँग कूल २०६.५ करोड भारतीय रुपैयाँ थियो र अधिकतम ८७ खेलाडीहरू किन्न सक्थे। तर, सबै १० टोलीले जम्मा १६७ करोड रुपैयाँ खर्च गरेर ८० खेलाडी किनेका छन्। लिलामीमा अलराउन्डरको उच्च ...
गोल्डेन बुट विजेता एम्बाप्पे क्लब फुटबलमा फर्किए

गोल्डेन बुट विजेता एम्बाप्पे क्लब फुटबलमा फर्किए

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
कतार फिफा विश्वकप २०२२ को गोल्डेन बुट विजेता केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किएका छन्। एमबाप्पे कतार विश्वकप २०२२ को फाइनलमा पराजित भएको तीन दिनमै क्लब प्रशिक्षणमा फर्किएका हुन्। लुसेल स्टेडियममा आइतबार सम्पन्न फाइनल खेलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४-२ ले पराजित भएको थियो । फाइनलमा ह्याट्रिक गरेका एमबाप्पेले प्रतियोगिता कूल आठ गोल गर्दै ‘गोल्डेन बुट’ जितेका थिए। फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर किलियन एमबाप्पे प्रशिक्षणमा फर्किएका हुन् । पिएसजीले अन्तर्राष्ट्रिय विश्रामपछिको पहिलो लिग खेलमा आगमी बुधबार स्ट्रार्सबर्गको सामना गर्दैछ ।...
मेस्सीलाई गोल्डन बल, विश्वकपमा दुईपटक सर्वोत्कृष्ट हुने पहिलो खेलाडी

मेस्सीलाई गोल्डन बल, विश्वकपमा दुईपटक सर्वोत्कृष्ट हुने पहिलो खेलाडी

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले गोल्डन बलको अवार्ड हात पारेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै उनले यो अवार्ड हात पारेका हुन् । कतार विश्वकपको सर्वोत्कृष्ट खेलाडी अर्जेन्टिनाका लियोनल मेस्सी भएका छन्। उनले गोल्डेन बल पाए। विश्वकपमा दुईपटक गोल्डेन बल पाउने उनी पहिलो खेलाडी बनेका छन्। यसअघि सन् २०१४ को विश्वकपमा पनि उनले गोल्डेन बल पाएका थिए।...
विजयपछि  मेस्सीकी श्रीमतीले श्रीमान्‌सँगै मनाइन् उत्सव

विजयपछि मेस्सीकी श्रीमतीले श्रीमान्‌सँगै मनाइन् उत्सव

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
आइतबार राती खेलिएको विश्व कपको फाइनल खेलमा अर्जेन्टिनाको विजयपछि लियोनेल मेस्सीकी श्रीमती एन्टोनेला राकुजोले श्रीमान्सँगै उत्सव मनाएकी छिन् ।   अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले जितेको छ । ट्रफी जितेपछि लियोनेल मेस्सीले आफ्नो परिवारसँग उत्सव मनाए । लियोनेल मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोले सेलिब्रेसनको तस्बिर साझा गरिन् । मेस्सी आफ्नी श्रीमती र तीन सन्तानसँग झुमिरहेका थिए । मेस्सी विश्वकप जितेपछि भावुक भए र मज्जाले नाचे पनि । ३५ वर्षका लियोनेल मेस्सीको यो अन्तिम विश्वकप थियो र उनी विश्वबिजेता बनेका छन् ।  ...
३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
कतारको दोहास्थित लुसेल रङ्गशालामा आज भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितिसकेको छ । अर्जेन्टिना विश्वपकपको समूह चरणको पहिलो खेलमा साउदी अरेवियासँग पराजित भएपनि उपाधि उचाल्न सफल भयो । अर्जेन्टिना यसअघि सन् २०१४ मा फाइनल पुगेको थियो । उक्त फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो । खेलको २३औं मिनेटमा अर्जेन्टिनाका खेलाडी लियोलन मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता दिलाए । पेनाल्टी क्षेत्रभित्र फ्रान्सका ओस्मान डेम्बेलेले अर्जेन्टिनाका एन्जल डि मारियालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । जसको सदुपयोग गर्दै मेस्सीले गोल गरेका थिए । खेलको ३६औँ मिनेटमा डि मारियाले अर्जेन्टिनाका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । मारियाले...
विश्वकपमा तेस्रो भयो क्रोएसिया

विश्वकपमा तेस्रो भयो क्रोएसिया

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2
क्रोएसिया दोस्रोपटक तेस्रो स्थान हात पार्न सफल भएको छ । गत विश्वकपमा उपविजेता बनेको क्रोएसियाले मोरक्कोलाई २–१ गोलले हराउँदै तेस्रो स्थानमा कब्जा जमाएको हो । शनिबार राति भएको खेलको सुरुवातमा नै क्रोएसियाले अग्रता लिएको थियो । सातौँ मिनेटमा जोस्को जिभार्डिओलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर दुई मिनेट पछि नै मोरक्कोका असरफ दारीले बराबरी गोल फर्काएका थिए । मिस्लाभ ओरसिचले खेलको ४२ औँ मिनेटमा गोल गर्दै क्रोएसियालाई पुनः अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीले गोलका लागि प्रयास गरे पनि गोल हुनसकेन र खेल क्रोएसियाले आफ्नो पक्षमा पार्न सफल भयो । क्रोएसियाले यसअघि सन् १९९८ को विश्वकपमा तेस्रो स्थान हात पारेको थियो । त्यतिबेला क्रोएसियाले नेदरल्याण्डलाई २–१ गोल अन्तरले नै हराएको थियो ।​...
क्रोएसिया विश्वकप फुटबलको इतिहासमा दोस्रो पटक तेस्रो स्थान हात पार्न सफल

कसले जित्ला विश्वकपको गोल्डेन ग्लोभ्स ?

कसले जित्ला विश्वकपको गोल्डेन ग्लोभ्स ?

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने गोलकिपरलाई गोल्डेन ग्लोभ्स प्रदान गरिने गरिन्छ । फिफाको प्राविधि समूह वा प्राविधिक कमिटीले उत्कृष्ट गोलकिपरको छनोट गर्नेछन् ।  गाेलकिपरकाे प्रदर्श, सेभ, पेनाल्टीसुटआउट लगायत क्षेत्रलाई हेरेर उत्कृष्ट छनोट गरिन्छ । विश्वका उत्कृष्ट गोलकिपरहरुले यो अवार्ड जितिसकेका छन् । जर्मनीका ओलिभकर कहान, स्पेनका इकर कासिलास, इटलीका जियानलुजी बफोन, जर्मनीका मानुएल नोएर लगायतले यो अवार्ड जितेका छन् । जारी विश्वकपमा गोलकिपरहरुले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेका थिए । सेमिफाइनलसम्म पुगेका चार गोलकिपर उत्कृष्ट बन्ने होडमा अगाडि छन् । अर्जेन्टिनाका एमिलियानो मार्टिनेज, फ्रान्सका ह्युगो लोरिस, क्रोएसियाका डोमिनिक लिभाकोभिच र मोरक्कोका यासिन बोनोले आफ्नो टिमलाई सेमिफाइनल पुर्‍याउने क्रममा उत्कृष्ट प्रदर्शन गरे । यी चारै गोलकिपरमा को उत्कृष्ट बन्ला भन्ने च...
मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2
विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो । कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराएको हो । फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्यो भने दोस्रो हाफमा थप एक गोल गर्दै फाइनलका लागि स्थान सुरक्षित गरेको हो । फ्रान्सका लागि थिओ हर्नान्डेज र रान्दल कोलो मुवानीले गोल गरेका थिए । हर्नान्डेजले खेलको पाँचाँै मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बलको सदुपयोग गर्दै गोल गरेका थिए । त्यस्तै खेलको ७९औँ मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाए । उनले बेन्चबाट मैदान छिरेको एक मिनेट नबि...