Thursday, April 18
Shadow

कसले जित्ला विश्वकपको गोल्डेन ग्लोभ्स ?


  • -इ
  • इ+

फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने गोलकिपरलाई गोल्डेन ग्लोभ्स प्रदान गरिने गरिन्छ ।

फिफाको प्राविधि समूह वा प्राविधिक कमिटीले उत्कृष्ट गोलकिपरको छनोट गर्नेछन् ।  गाेलकिपरकाे प्रदर्श, सेभ, पेनाल्टीसुटआउट लगायत क्षेत्रलाई हेरेर उत्कृष्ट छनोट गरिन्छ ।

विश्वका उत्कृष्ट गोलकिपरहरुले यो अवार्ड जितिसकेका छन् । जर्मनीका ओलिभकर कहान, स्पेनका इकर कासिलास, इटलीका जियानलुजी बफोन, जर्मनीका मानुएल नोएर लगायतले यो अवार्ड जितेका छन् ।

जारी विश्वकपमा गोलकिपरहरुले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेका थिए । सेमिफाइनलसम्म पुगेका चार गोलकिपर उत्कृष्ट बन्ने होडमा अगाडि छन् ।

अर्जेन्टिनाका एमिलियानो मार्टिनेज, फ्रान्सका ह्युगो लोरिस, क्रोएसियाका डोमिनिक लिभाकोभिच र मोरक्कोका यासिन बोनोले आफ्नो टिमलाई सेमिफाइनल पुर्‍याउने क्रममा उत्कृष्ट प्रदर्शन गरे ।

यी चारै गोलकिपरमा को उत्कृष्ट बन्ला भन्ने चासो बढेको छ ।

क्रोएसियाका लिभाकोभिचले नकआउट चरणमा दुई पेनाल्टीसुटआउटमा क्रोएसियालाई जिताउन उत्कृष्ट प्रदर्शन गरे । उनले जापानविरुद्ध तीन र ब्राजिलविरुद्ध एक पेनाल्टी बचाएका थिए ।

यस्तै बोनो र मराटिनेजले पनि एक पेनाल्टीसुटआउटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । दुवैले दुई-दुई पेनाल्टी रोकेका थिए ।

फ्रान्सका ह्युगो लोरिसले भने खेलका दौरान पनि केही राम्रा बचाउ गर्दै आएका छन् । उनी फ्रान्सका कप्तानसमेत हुन् । अर्जेन्टिना र फ्रान्स आइतबार उपाधिका लागि खेल्दैछन् ।

पछिल्लो पटक २०१८ मा बेल्जियमका थिबाउट कोर्तवाले गोल्डेन ग्लोभ्स अवार्ड जितेका थिए ।

जर्मनीका ओलिभर काहन फिफा विश्वकपमा एकै संस्करणमा गाेल्डेन बल र गाेल्डेन ग्लाेभ्स जित्ने एक्लाे गाेलकिपर हुन् ।

यी हुन् अहिलेसम्मका विजेता

१९९४ – मिचेल प्रिउड होम (बेल्जियम)
१९९८ – फाबियन बार्थेज (फ्रान्स)
२००२ – ओलिभर कहान (जर्मनी)
२००६ – जियानलुजी बफोन (इटली)
२०१० – इकर कालिलास (स्पेन)
२०१४ –मानुएल नोएर (जर्मनी)
२०१८ – थिबाउट कोर्तवा (बेल्जियम)

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares