Friday, March 29
Shadow

विश्वकपमा तेस्रो भयो क्रोएसिया


  • -इ
  • इ+

क्रोएसिया दोस्रोपटक तेस्रो स्थान हात पार्न सफल भएको छ । गत विश्वकपमा उपविजेता बनेको क्रोएसियाले मोरक्कोलाई २–१ गोलले हराउँदै तेस्रो स्थानमा कब्जा जमाएको हो ।

शनिबार राति भएको खेलको सुरुवातमा नै क्रोएसियाले अग्रता लिएको थियो । सातौँ मिनेटमा जोस्को जिभार्डिओलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर दुई मिनेट पछि नै मोरक्कोका असरफ दारीले बराबरी गोल फर्काएका थिए ।

मिस्लाभ ओरसिचले खेलको ४२ औँ मिनेटमा गोल गर्दै क्रोएसियालाई पुनः अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीले गोलका लागि प्रयास गरे पनि गोल हुनसकेन र खेल क्रोएसियाले आफ्नो पक्षमा पार्न सफल भयो ।

क्रोएसियाले यसअघि सन् १९९८ को विश्वकपमा तेस्रो स्थान हात पारेको थियो । त्यतिबेला क्रोएसियाले नेदरल्याण्डलाई २–१ गोल अन्तरले नै हराएको थियो ।​

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares