Sunday, February 5
Shadow

गोल्डेन बुट विजेता एम्बाप्पे क्लब फुटबलमा फर्किए


  • -इ
  • इ+

कतार फिफा विश्वकप २०२२ को गोल्डेन बुट विजेता केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किएका छन्। एमबाप्पे कतार विश्वकप २०२२ को फाइनलमा पराजित भएको तीन दिनमै क्लब प्रशिक्षणमा फर्किएका हुन्।

लुसेल स्टेडियममा आइतबार सम्पन्न फाइनल खेलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४-२ ले पराजित भएको थियो । फाइनलमा ह्याट्रिक गरेका एमबाप्पेले प्रतियोगिता कूल आठ गोल गर्दै ‘गोल्डेन बुट’ जितेका थिए।

फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर किलियन एमबाप्पे प्रशिक्षणमा फर्किएका हुन् ।

पिएसजीले अन्तर्राष्ट्रिय विश्रामपछिको पहिलो लिग खेलमा आगमी बुधबार स्ट्रार्सबर्गको सामना गर्दैछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्