काठमाडौ – तारकेश्वर नगरपालिकाले तारकेश्वर मेयर कप रनिङशिल्ड प्रतियोगिताको उद्घाटन नगरप्रमुख कृष्णहरि महर्जनले गर्नुभएको थियोे । कार्यक्रमको अध्यक्षता तारकेश्वर -८ को वडा अध्यक्ष श्यामकृष्ण सापकोटाले गर्नुभएको थियो भने कार्यक्रम संचालन तारकेश्वर-२ का वडा अध्यक्ष राधाकृष्ण खड्गीले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिमा नगरप्रमुख कृष्णहरि महर्जन हुनुहुन्थ्यो । बिशिस्ट अतिथिमा सिर्जना बुर्लाकोटी अर्याल हुनुहुन्थ्यो । अतिथिमा वडा अध्यक्ष हरु बिदुर सापकोटा , परशुराम अर्याल , शम्भु फुयाल , नरेन्द्रदास श्रेष्ठ , घनश्याम श्रेष्ठ , सानुकाजी खत्री , श्यामकृष्ण महर्जन , कुमार राई , कविराज बस्नेत र नगर शिक्षा समिति सदस्य तथा खेल संयोजक राजेन्द्रप्रसाद तिमल्सिना हुनुहुन्थ्यो । कार्यक्रममा नगरपालिकाका खेलप्रेमी बुद्धिजीवी , समाजसेवी , सामुदायिक र संस्थागत स्कुलका प्रधानाध्यापक , क्याम्पस प्रमुख हरु लाई पनि आसनग्रहन गराइएको थियो ।
यस प्रतियोगितामा सामुदायिक र संस्थागत गरेर ३४ वटा बिद्यालयले भाग लिने उक्त खेलमा ५ वटा विधामा ६४ वटा उपविधा रहेकोे छ । ती विधा हरुमा समुहगत र ब्यक्तिगत सहभागिता रहनेछ । पाँच वटा विधामा फुटबल , भलिबल , कवर्डी , एथलेटिक्स र मार्सल आर्ट रहनेछन भन्ने कुराको जानकारी नगर शिक्षा समिति सदस्य तथा तारकेश्वर मेयर कप खेलका संयोजक राजेन्द्रप्रसाद तिमल्सिना ले बताउनु भयो ।
यो प्रतियोगिताले खेलको बिकास गरेर राष्ट्रिय खेलाडी उत्पादन गर्नुको साथै युवाहरूलाई खेलको माध्यम बाट गतिशील , अनुशासित र मर्यादित बनाइ नगरको बिकासमा सहयोगी बनाउने उद्देश्य रहेको बताउनु भयो ।