Friday, April 19
Shadow

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटः आज सेमिफाइनलका खेल हुँदै


  • -इ
  • इ+


काठमाडौं , पुस १८ । दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा आज सेमिफाइनलका खेल हुँदै छन् । आजको पहिलो खेलमा समूह ‘ए’ को विजेता एपीएफले समूह ‘बी’ को उप विजेता सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने छ ।

यस्तै आजै हुने अर्को खेलमा समूह ‘बी’को विजेता प्रदेश एकले समूह ‘ए’ को उप विजेता लुम्बिनीसँग खेल्ने छ । ८ वटा टिम सहभागी यस प्रतियोगितामा विभागीय क्लब एपीएफ, प्रदेश एक, लुम्बिनी र सुदूरपश्चिम सेमिफाइनलमा पुगेका हुन् ।

आजको विजेताले भोली उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपाल क्रिकेट संघ क्यानको प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा भएको प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छ । उप–विजेताले तीन लाख र सेमिफाइनलमा पराजित हुने दुई समूहले २५–२५ हजार रुपैयाँ पाउनेछन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares