Thursday, March 28
Shadow

पीएम कपमा आज दुई खेल हुँदै , एपीएफलाई समूह विजेता बन्ने मौका


  • -इ
  • इ+

काठमाडौं, पुस १३ । महिला प्रधानमन्त्री कप टि–ट्वान्टी कप क्रिकेट अन्तर्गत आज ९सोमबार० दुई खेल हुँदैछन् । दाङको लमही स्थित देउखुरी क्रिकेट मैदानमा जारी खेलमा एपीएफलाई समूह विजेता बन्ने मौका छ ।

आज समूह ए अन्तर्गत अन्तिम दुई खेल हुन लागेका हुन् । आज हुने पहिलो खेलमा कर्णाली प्रदेशले प्रदेश २ सँग खेल्दैछ । दुई टोलीबीचको खेल बिहान ९ बेज सुुरु हुनेछ । दुबै टोली आजको खेलमा जित निकाल्दै सुखद विदाईको अपेक्षामा हुनेछन् । यसअघिका दुई खेलमा दुबै टोली पराजित छन् । प्रतियोगितामा कमजोर बनेको कर्णाली प्रदेश क्रिकेट आजको खेलमा जित निकाल्दै प्रतियोगिताको अन्त्य गर्ने योजनामा रहेको छ ।

पहिलो खेलमा एपीएफसँग लज्जास्पद हार बेहोरेको कर्णाली दोस्रो खेलमा लुम्बिनी प्रदेशसँग पराजित भएको थियो । यता प्रदेश २ भने पहिलो खेलमा लुम्बिनी प्रदेशसँग पराजित भएको थियो भने दोस्रो खेलमा एपीएफसँग पराजित हुन पुगेको थियो । त्यस्तै दिउँसो २ बजे हुने आजको दोस्रो खेलमा लुम्बिनी प्रदेशले एपीएफसँग खेल्नेछ । आजको खेला जित निकाल्दै दुबै टोली समूह विजेता बन्ने योजनामा रहेका छन् ।

एपीएफ एसअघिका दुई खेलमा सहज जित निकाल्दै समूह एको शीर्ष स्थानमा रहेको छ । यता दोस्रो स्थानमा रहेको लुम्बिनीले पनि दुई खेलमा सहज जित निकालेको हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares