Saturday, April 20
Shadow

सिटिजन्स बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न, ८ प्रतिशत बोनस पारित


  • -इ
  • इ+


काठमाण्डौँ, मंसिर २१
सिटिजन्स बैंक इन्टरनेसनलको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

वार्षिक साधारणसभाले आव २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७६÷७७ को नाफा नोक्सानको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरण पनि छलफल गरी स्वीकृत भएको छ ।

साधारण सभाले गत आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट ८ प्रतिशतका दरले ७२ करोड ७१ लाद ८५ हजार ३ सय ८३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने र ३ प्रतिशतका दरले हुन आउने २७ करोड २६ लाख ९४ हजार ५ सय १८ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares