Friday, April 26
Shadow

बुधसिंघाट कृषि सहकारी संस्थाको ९औं बार्षिक साधारण सभा सम्पन्न


  • -इ
  • इ+


काठमाण्डौँ, मंसिर २२
नुवाकोटको विदुर नगरपालिका वडा नं ३ मैरिटर स्थित बर्तमानमा बचत भबिस्यमा सुरक्षा उद्देश्यको साथ शनिवार श्री बुधसिंघाट कृषि सहकारी सं लि को ९ औं बार्षिक साधारणसभामा वडा अध्यक्ष बद्री प्र रिमालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

कार्यक्रममा सहकारीका कोषाध्यक्ष बिष्णुलाल श्रेष्ठले आ.ब २०७७र७८ को आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । गत बर्ष रु १२,६९,०६६.३३ बर्तमान पुजीं रु १७,५९,४२७.६८ रहेको यो बर्ष रु ४,९०,३६१.३३ मुनाफा गर्न सफल रहेको छ । जुन मासिक रु ५०० बचत रकमलाई आफ्नो सदस्यहरुलाई ऋण प्रवाह गर्दै व्याज र यन्त्र उपकरण ,मल को सानो सानो रकमलाई संकलन गर्दै आएको अध्यक्ष हरि प्रसाद वस्तीले बताउनु भएको छ ।

कार्यक्रममा वडा नं ३ सदस्य प्रदिप घिमिरे,कृस्न प्रसाद धिताल, शुसिला वस्ती नारायण प्र वस्ती,दीपक ठकुरी ,ज्ञान ब. राई तारेकेश्वर भेटफर्माका दीपक अधिकारीले सहकारीको क्षेत्र ,आवश्यकता र महत्त्व अनुदानको प्रक्रिया साथै आम्दानी गर्ने ठाउँको पहिचान बारे मन्तव्य राख्नु भएको थियो।

उक्त कार्यक्रममा सानो सानो रकम बचत गरौ, आत्मनिर्भर दिगो बिकास सँगै आर्थिक स्तर वृद्धि गर्ने नगदेबाली,पशुपन्छि पालनलाई व्यवस्थित गरि एकता बद्ध भई जुटौ, उपाध्यक्ष शुसिला वस्तिले बताउनु भयो । कार्यक्रम सचिव तेज बहादुर माझीले संचालन गर्नुभएको हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares