Friday, March 29
Shadow

सिद्धार्थ बैंकले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा


  • -इ
  • इ+


काठमाण्डौँ, मंसिर २१
सिद्धार्थ बैंकले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको हाल कायम चुक्ता पूँजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार १ सय ३८ रुपियाँ छ ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आव २०७६र७७ को नाफा र संचित रकमबाट हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (बोनस शेयर र नगद लाभांशको करसमेत) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव लक्ष्मण घिमिरेले जानकारी दिनुभएको छ ।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने कम्पनी सचिव घिमिरेले बताउनुभयो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares