Friday, April 26
Shadow

आर्थिक

छिमेक लघुवित्तले २९ प्रतिशत लाभांश दिने

छिमेक लघुवित्तले २९ प्रतिशत लाभांश दिने

आर्थिक, समाचार, समाज
काठमाण्डौँ, मंसिर १८ छिमेक लघुवित्तले लाभांश घोषणा गरेको छ । मंसिर १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको कुल २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये २२ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ । ...
जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च विन्दुमा

जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च विन्दुमा

अन्तर्राष्ट्रिय, आर्थिक, ब्यानर समाचार
काठमाण्डौँ, मंसिर १८ टोकियो : जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्यांकले देखाएको छ । वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस संक्रमणजन्य महामारीसँग जोडेर हेरिएको छ । महामारीका कारण व्यवसायिक गतिविधि नराम्रोसँग प्रभावित बनेको र यसको प्रभाव रोजगार क्षेत्रमा पनि परेको जापानको ठहर छ । जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार जापानमा अक्टोबरमा ८० हजार व्यक्ति वेरोजगार बनेसँगै कूल वेरोजगार व्यक्तिको संख्या २१ लाख ४० हजार पुगेको छ । जापानमा सेप्टेम्बरको तुलनामा पुरुषतर्फको वेरोजगार ०.२ प्रतिशतले वृद्धि हुँदा यो संख्या ३.४ पुगेका तर महिलातर्फको वेरोजगार दर (२.७ प्रतिशत) मा कुनै परिवर्तन नदेखिएको पनि तथ्यांकले देखाएको छ । त्यसैगरी रोजगारी उपलब्धता दर सेप्टेम्बरमा १.०३ रहेकोमा अक्टोबरमा १.०४ मा पुगेको अर्थात् हरेक १०० व्यक्तिका लागि...
नुवाकोट बेलकोटगढीका घुस लिने इन्जिनियर पौडेल र व्यवसायी भट्ट पक्राउ

नुवाकोट बेलकोटगढीका घुस लिने इन्जिनियर पौडेल र व्यवसायी भट्ट पक्राउ

अपराध, आर्थिक, ब्यानर समाचार, समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर १७ नुवाकोट बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर पर्वत पौडेल पक्राउ परेका छन्। उनलाई सेवाग्राहीसँग घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने प्रयोजनका लागि घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो। उनले सेवाग्राहीसँग लिएको ७५ हजार रुपैयाँ होटल व्यवसायी नारायणप्रसाद भट्टलाई बुझ्न लगाएका थिए। सोही अवस्थामा पौडैल र भट्ट दुवैजनालाई पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन्। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।...
चलचित्र क्षेत्र नखुले आन्दोलनमा उत्रन्छौं : अध्यक्ष खड्का

चलचित्र क्षेत्र नखुले आन्दोलनमा उत्रन्छौं : अध्यक्ष खड्का

आर्थिक, मनोरञ्जन, मुख्य समाचार, सुचना प्रविधि
काठमाण्डौँ, मंसिर १७ कोरोना भाइरसको महामारी अझै सामान्य भएको छैन । दिन प्रतिदिन संक्रमण भयावह रुपमा फैलिरहेको छ । तर, सरकारले भीडभाड हुने प्रायः सबै क्षेत्रलाई सञ्चालनको अनुमति दिएको छ, चलचित्र क्षेत्रबाहेक । लकडाउनभन्दा अगाडि नै बन्द भएको चलचित्र क्षेत्रमा विगत आठ महिनादेखि कुनै प्रकारका गतिविधि भएका छैनन् । जसले गर्दा यस क्षेत्रमा आश्रित हजारौं चलचित्रकर्मीलाई समस्या परेको छ । सरकारले सिनेमा हललाई सञ्चालनको अनुमति नदिँदा हल सञ्चालकहरुको करोडौंको लगानी जोखिममा परेको छ भने करोडौंको लगानीमा निर्माण भएका चलचित्रको प्रदर्शन रोकिँदा निर्माताहरु पनि ऋणको बोझमा छन् । चलचित्र प्राविधिकको अवस्था झन् नाजुक छ । चलचित्र निर्माण ठप्प हुँदा उनीहरुलाई विहान बेलुका हातमुख जोर्न समेत समस्या भएको छ । लामो समयदेखि चलचित्र निर्माण र प्रदर्शन ठप्प हुँदा कलाकारहरुलाई पनि आर्थिक समस्या उत्पन्न हुन थाले...
अर्थमन्त्री पौडेलको जन्मदिन : सचिवालय बैठकअघि बालुवाटारमा काटियो केक

अर्थमन्त्री पौडेलको जन्मदिन : सचिवालय बैठकअघि बालुवाटारमा काटियो केक

आर्थिक, ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर १६ नेकपा सचिवालयको बैठकअघि प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ । पार्टी महासचिव अर्थमन्त्री विष्णु पौडेलको जन्मदिनको अवसरमा बालुवाटारमा केक काटिएको हो । पौडेलको आज ६२औं जन्मदिन परेको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले पौडेललाई केक खुवाएका थिए । केक काटेपछि बालुवाटारमा सचिवालय बैठक बसिरहेको छ ।...
कोरोनाले सिर्जना गरेको चुनौती सामना गर्न सरकार प्रयासरत छ : अर्थमन्त्री पौडेल

कोरोनाले सिर्जना गरेको चुनौती सामना गर्न सरकार प्रयासरत छ : अर्थमन्त्री पौडेल

आर्थिक, ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर १५ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड- १९ का कारण समस्यामा परेको देशको अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जनामा सरकार प्रतिवद्ध भएर लागिपरेको बताउनुभएको छ। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २३ औँ वार्षिकोत्सव तथा २२ औँ वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा उहाँले सरकार मात्रैले कोभिडले सिर्जना गरेको चुनौतीलाई सामना गर्न नसक्ने भएकाले निजी क्षेत्रको बलियो साथ र सहयोग जरुरी रहेको बताउनुभयो । सरकारको सामथ्र्यका आधारमा देशका सामु देखिएको चुनौतीलाई चिरेर अगाडि जान सकिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, 'समस्याको समाधानका लागि सकारात्मक सन्देश नै सबैभन्दा ठूलो विषय हो, गतिलो मार्गदर्शन पनि हो ।' उहाँले कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा देखा परेको सङ्कटलाई समाधानका लागि हरेक पालिकामामा पाँचदेखि १५ शैय्याको अस्पताल निर्माण...
उद्योग वाणिज्य महासंघको निर्वाचन सम्पन्न, शतप्रतिशत मतदान

उद्योग वाणिज्य महासंघको निर्वाचन सम्पन्न, शतप्रतिशत मतदान

आर्थिक, ब्यानर समाचार, समाचार
उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वाषिर्क साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतदान सकिएको छ । निर्वाचन समितिका अनुसार निर्वाचनमा शतप्रतिशत मत खसेको छ । जिल्ला नगर, वस्तुगत र एसोसियटतर्फका सबै मतदाताले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेसरी न्यौपानेले जानकारी दिए । बिहान आठ बजेदेखि भएको मतदान अपररान्ह ४ बजे सकिएको हो । महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा छन् । अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पद सर्वाधिक महत्वपूर्ण मानिन्छ । महासंघको २ केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध नि...
रामकृष्ण श्रेष्ठलाई मतदान किन ?

रामकृष्ण श्रेष्ठलाई मतदान किन ?

आर्थिक, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, मंसिर १२ उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा बिहीवारदेखि काठमाडौंमा शुरू भएको छ । महासंघको नयाँ कार्यसमितिका लागि कुल ६२ पदका लागि १ सय २१ जना चुनावी प्रतिस्पर्धामा छन् । महासंघको वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्ष र ६० अन्य कार्यकारिणी सदस्यहरु गरि कुल ६४ पदमा नयाँ पदाधिकारी निर्वाचित हुने छन् । वरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्र प्रसाद ढकाल र किशोर प्रधानबीच प्रतिस्पर्धा हुँदैछ । ढकाल अहिले एशोसिएट उपाध्यक्ष हुन् भने प्रधान जिल्ला/नगर उपाध्यक्ष हुन् । प्यानल नै बनाएर निर्वाचनमा होमिएका दुवै समूहले आफ्नो जीत हुने दावी गर्दै आएका छन् । ढकाल समूहमा वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघाई र जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी रहेका छन् । यस्तै प्रधान समूहमा वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा सौरभ ज्योति र जिल्ला नग...
महासंघको साधारण सभा शुरू,  प्रधानमन्त्री ओलीले ‘स्विच’ थिचेर गरे उद्घाटन

महासंघको साधारण सभा शुरू, प्रधानमन्त्री ओलीले ‘स्विच’ थिचेर गरे उद्घाटन

आर्थिक, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, मंसिर ११ उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा बिहीवारदेखि काठमाडौंमा शुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यम (जूम) मार्फत बालुवाटारबाट महासंघको साधारणसभा उद्घाटन गरेका छन्। उनले स्वीच थिचेर महासंघको साधारण सभा उद्घाटन गरेका छन् । महासंघको नयाँ कार्यसमितिका लागि कुल ६२ पदका लागि १ सय २१ जना चुनावी प्रतिस्पर्धामा छन् । महासंघको वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्ष र ६० अन्य कार्यकारिणी सदस्यहरु गरि कुल ६४ पदमा नयाँ पदाधिकारी निर्वाचित हुने छन् । प्रारम्भिक चरणमा कुल ६४ पदका लागि १२७ जनाले आकांक्षा देखाए पनि अन्तिम समयमा ४ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका थिए । जसका कारण २ जना निर्विरोध निर्वाचित भइसकेका छन् । जस मध्येबाट १ वरिष्ठ उपाध्यक्ष, ३ विषयगत उपाध्यक्ष, ७ प्रदेश प्रतिनिधि सदस्य, १८ जिल्ला/नगर सदस्य, १४ वस्तुगत संघ सदस्य, १९ एशोसिएट स...
चन्द्रप्रसाद ढकाल प्यानलद्वारा ‘एफएनसीसीआई भिजन २०२५’ सार्वजनिक

चन्द्रप्रसाद ढकाल प्यानलद्वारा ‘एफएनसीसीआई भिजन २०२५’ सार्वजनिक

आर्थिक, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, मंसिर १० नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानलले आफ्नो कार्यकालमा गर्ने कार्यहरुलाई समेटेर आफ्ना एजेण्डास्वरुप प्रस्तुत ‘एफएनसीसीआई भिजन २०२५’ को मस्यौदा सार्वजनिक गरेको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहले आफ्ना एजेण्डाहरुलाई समेटेर २५ बुँदामा सो भिजन सार्वजनिक गरेको हो । महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतहः अध्यक्ष हुने प्रावधान रहेकोले यस पटक ढकाल आफू वरिष्ठ उपाध्यक्ष भएपछि र त्यसपछिको अध्यक्षको कार्यकाललाई समेत समेटेर नेपाल उद्योग वाणिज्य महासंघमा गर्नुपर्ने सुधारका साथै नेपालको उद्योग व्यवसाय क्षेत्रका व्यावसायिक हकहितका कार्यहरुलाई सो मस्यौदामा राखिएको छ । यसलाई महासंघको सशक्तता र सुधार, जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई सक्षम र सबलीकरण गर्ने, नेपालमा उद्योगमैत्री वातावरणको निर्माण, व्यवसायीहरु...