Thursday, May 16
Shadow

आर्थिक

संचालनमा आउन थाले नाट्य घर

संचालनमा आउन थाले नाट्य घर

आर्थिक, मनोरञ्जन, समाचार
काठमाण्डौँ, पुष १९ काठमाण्डौँका नाट्य घर सन्चालनमा ल्याउनथालेको छ । कोभिडको १९ को कारणले ९ मिहना देखी बन्द रहेका रंग मन्चहरू सन्चालनमा आउन थालेका छन् । सरकारले सीनेमाहललाइ पुष १० गते नै सन्चालको अनुमती दिए संगै रंगकर्मी पनी नाटक घर खोल्ने तयारीमा रहेका छन । स्वास्थ सुरक्षालाइ केन्द्रित गरेर काठमाण्डौं को बत्तीस पुतली स्थीत सील्पीथेटरमा आइतबार नाटक देखाइदै छ । कोरोनाको कारणले लामो समय पछी नाटक देखाउन पाइने भएकोले रंगकर्मीहरू खुसी देखिएका छन र अनौठो पनि मानीरहेका छन। १ बर्षको लामो समयको अन्तराल पछी थेटरमा उपस्थीत हुन नपाउदा घरमै बसेको बाहीर हिडडुल गर्ने बानि बसेकोले दर्शकको अगाडी उपस्थीत हुनपाउदा फरक किसीमको अनुभव भएको बताउनु हुन्छ । रंगकर्मी पवित्रा खड्का उपत्यकामा सील्पी , मण्डला ,सर्बनाम र कौसि जस्ता नाट्य घरहरू रहेका छन् । कोरोनाको कारणले गर्दा ९ महिना सम्म बन्द हुदा रंगकर्मी का...
प्राइम बैंकको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन,

प्राइम बैंकको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन,

आर्थिक, समाचार
काठमाण्डौं, पुष १९ प्राइम कर्मसियल बैंक लिमिटेडको आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । साधाणसभा र लाभांश वितरण गर्नको लागि बैंकले पुस २० गते बुक क्लोज गर्ने जनाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । पौष ७ गते बसेको सञ्चालक समितिको बैठकले १३ औ साधारणसभा पौष २९ भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको थियो । सभा कन्द्रिय कार्यालय काठमाडौंबाट बिहान १० बजे सञ्चालन गर्ने पनि जानकारी दिएको छ । २९ गतै बस्ने सभाले ०७६÷०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ । ...
सनराइज बैंकका सीईओको बार्षिक तलव, भत्ता कति रहेछ हेर्नुहोस्

सनराइज बैंकका सीईओको बार्षिक तलव, भत्ता कति रहेछ हेर्नुहोस्

आर्थिक, ब्यानर समाचार 2, समाचार
  काठमाण्डौं, पुष १९ सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिर्कत( सिईओ) जनक राज शर्मा पौड्यालले गत आ.व. मा तलब भत्ता लगायतका सुविधा बापत १ करोड ३५ लाख ५  हजार बझेका छन् । बैंकले हालै सार्वजनिक गरेको थ.गत आ.व. को वार्षिक प्रतिवेदनले देखाएको छ । बैकले व्यस्थापन तहका पदाधिकारीहरुलाई तलब र भत्तामा ३ करोड ३७ लाख ४७ हजार बराबरको रकम खर्च गरेको छ । यस्तै बैंकले सञ्चालकहरुलाई बैठक भत्ता बापत रु ४७ लाख ५२ हजार मा आयकर ऐन अनुसार श्रोतमा करकट्टी गरी उपलब्ध गराइएको छ । साथै बैंकले प्रमुख अधिकृतलाई बैंकले सवारी साधन सुविधा  उपलब्ध गराएको छ भने प्रचलित बोनस ऐन अनुसार बोनस सुविधा समेत प्रदान गरेको छ ।...
राज्यको परम्परागत नियम, कानुन र दृष्टिकोणले व्यवसायीहरूलाई निरुत्साहित पार्यो : वरिष्ठ उपाध्यक्ष ढकाल

राज्यको परम्परागत नियम, कानुन र दृष्टिकोणले व्यवसायीहरूलाई निरुत्साहित पार्यो : वरिष्ठ उपाध्यक्ष ढकाल

आर्थिक, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, पुष १९ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई आफ्नो व्यावसायिक साझेदारका रूपमा नहेर्दासम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने बताएका छन्। आज बागलुङ बजारमा आयोजित बागलुङ उद्योग वाणिज्य संघको साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले निजी क्षेत्रलाई व्यावसायिक साझेदारका रूपमा लिँदा मलेसियाले छोटो समयमा नै विकास गरेको बताए। आईएमई ग्रुपका अध्यक्षसमेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले देशमा लगानीमैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र समृद्ध नेपाल निर्माण गर्न राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताए। राज्यले निजी क्षेत्रलाई पुरानै दृष्टिकोणले हेर्ने हो भने जति नै धेरै लगानी सम्भावनाहरू भए पनि निजी क्षेत्रको लगानी आउन नसक्ने उनको दाबी छ। “राज्यको परम्पराग...
आजको सुनचाँदीको मुल्य

आजको सुनचाँदीको मुल्य

आर्थिक, समाचार
काठमाण्डौं, पुष १९ यो हप्ताको पहिलो दिन आइतबार सुन चाँदीको मूल्य स्थिर रहेको छ । सुन आइतबार तोलाको ९५ हजार ५ सय रुपैयाँ र चाँदी तोलाको १३ सय रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुन तोलामा चार सय रुपैयाँ बढेर तोलाको ९४ हजार ५ सय रुपैयाँ पुगेको थियो । आइतबार त्यही भाउमा घटबढ नभएको हो । अघिल्लो साताको पहिलो दिन आइतबार सुन तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार सात सय रुपैयाँ बढेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार फेरि आठ सय रुपैयाँ नै घटेर ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तोलामा १ सय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार तोलामा १ सय रुपैयाँ नै घटेको थियो।...
चट्याङबाट मृत्यु भएका परिवारलाई रु एक-एक लाख सहयोग

चट्याङबाट मृत्यु भएका परिवारलाई रु एक-एक लाख सहयोग

आर्थिक, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १८ । सप्तरीमा चट्याङबाट मृत्यु भएका चार जनाको परिवारलाई राहतस्वरुप रु एक/एक लाख प्रदान गरिएको छ । प्रदेश नं २ सरकारले राहतस्वरुप रु एक/एक लाखका दरले मृतक चार जनाको परिवारलाई आज सहयोग उपलब्ध गराएको हो । राजविराजस्थित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहको सम्पर्क कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मृतक परिवारलाई जनही रु एक लाखको चेक हस्तान्तरण गरिएको हो । मन्त्री साहले सप्तरीको महादेवा गाउँपालिका–२ का २८ वर्षीय बेचन यादव र सोही ठाउँका ६० वर्षीय नकछेदी ठाकुर, डाक्नेश्वरी नगरपालिका–९ का ३० वर्षीया ललितादेवी यादव र राजगढ गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय केसीलाल साहको परिवारलाई रु एक/एक लाखको चेक हस्तान्तरण गर्नुभएको हो । वर्षासँगै परेको चट्याङले गत असार ११ गते सप्तरीमा चार जनाको मृत्यु भएको थियो । घरमा गोसाइँ गाड्ने पूजाकर्मका लागि बुवाआमा र साथ...
विश्वका तिब्र आर्थिक वृद्धि गर्ने १० देशहरुमा नेपाल परेको छ : प्रधानमन्त्री ओली

विश्वका तिब्र आर्थिक वृद्धि गर्ने १० देशहरुमा नेपाल परेको छ : प्रधानमन्त्री ओली

आर्थिक, मुख्य समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १७ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले उच्च आर्थिक वृद्धिदर हासिल गरेको दाबी गरेका छन् । काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुनिया विश्वका १० वटा देशहरु जसले तिब्र आर्थिक वृद्धि गरे त्यसमा नेपाल परेको बताएका छन् । उनले मानव विकास सूचकांकमा नेपालले राम्रो प्रगति गरेको बताए । प्रधानमन्त्री ओलीले भने, 'नेपालको प्रधानमन्त्रीको बाहिर चर्चा हुदैनथ्यो, भारतको हरेक प्रधानमन्त्री को छ भन्यो भने हरेकलाई कण्ठ छ । अन्तर्राष्ट्रिय मंचमा हाम्रो कुरा सुन्न थालिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले, चिनियाँ राष्ट्रपति सी जीङपीङले सम्बृद्ध नेपालको अभियानमा सघाउछौ भन्नु भयो तर प्रचण्ड र नेपालले समृद्ध नेपालको बारेमा शब्द पनि उच्चरण गरेनन् ।' प्रधानमन्त्री ओलीले देशमा अहिलेसम्म नभएको विकासका कम भएको भन्दै आफ्नै पार्टीक...
गुल्मीमा २ हजार ७८५ निजी आवास पुन:निर्माण सम्पन्‍न

गुल्मीमा २ हजार ७८५ निजी आवास पुन:निर्माण सम्पन्‍न

आर्थिक, समाज, स्थानिय तह
  काठमाण्डौं, पुष १८ वि.सं. २०७२ सालमा गएको भूकम्पबाट गुल्मीमा क्षति पुगेका २ हजार ७८५ निजी आवास पुन:निर्माण सम्पन्‍न भएको छ। राष्ट्रिय पुन:निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय तम्घास गुल्मीका प्रमुख सूर्यनारायण झाका अनुसार हालसम्म गुल्मीमा २ हजार ७८५ जनाले निजी आवास पुन:निर्माण तर्फको अन्तिम किस्ता लिएका छन्। गुल्मीका कूल ४ हजार ४३६ लाभग्राहीमध्ये ४ हजार २०३ जनाले अझै सम्झौता गरेका छन्। सम्झौता गरेका लाभग्राहीहरूले पहिलो किस्ता लिइसकेका छन् भने दोस्रो किस्ता लिनेको संख्या भने ३ हजार ३७८ रहेको कार्यालयकी कम्प्युटर अपरेटर पार्वती खत्रीले जानकारी दिइन्। प्राधिकरणले तोकेको मापदण्ड अनुसार घर निर्माण नभएकाले पनि तेस्रो किस्ता लिनेको संख्या कम रहेको कार्यालयका फिल्ड इन्जिनियर बिष्णु पाण्डेले जानकारी दिए। कतिपयले ...
ग्लोबल आइएमई बैंक १४ वर्षमा प्रवेश, प्राथमिक पूँजी पुग्यो २७ अर्ब

ग्लोबल आइएमई बैंक १४ वर्षमा प्रवेश, प्राथमिक पूँजी पुग्यो २७ अर्ब

आर्थिक, मुख्य समाचार
काठमाण्डौ , पुस १८ । ग्लोबल आइएमई बैंक लिमिटेड आदेखि आफ्नो स्थापनाको १४ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा पूँजी, व्यवसाय, शाखारसञ्जाल समेतका हिसाबले नेपालकै ठूलो तथा मजबुत बनेको बैंकले दाबी गरेको छ । बैंकले अहिले चुक्ता पूँजी करिब १९ अर्ब रुपैयाँ ९प्रस्तावित १४५ बोनस पश्चात करिब २१ अर्ब भन्दा बढी० र संचित कोष गरी प्राथमिक पूँजी २७ अर्ब २४ करोड रुपैयाँ रहेको जनाएको छ । कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपैयाँ र कुल कर्जा २ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी पुग्ने बैंकले जनाएको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्न अझ सहज भएको बताएका छन् । मर्जर तथा प्राप्तिमा ग्लोबल आइएमई बैंकसँग लामो अनुभव भएको बताउँदै उनले मर्जरपछिको व्यवस्थापनमा बैंकले हासिल गरेको उपलब्धिको आधारमा आउने दिनमा पनि थप उत्साहित बन...
नेपाल बंगलादेश बैंकद्वारा फ्रेन्डशिप फाउन्डेसन नेपाललाई रकम हस्तान्तरण

नेपाल बंगलादेश बैंकद्वारा फ्रेन्डशिप फाउन्डेसन नेपाललाई रकम हस्तान्तरण

आर्थिक, मुख्य समाचार, समाचार
काठमाण्डौं, पुष १७ नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फ्रेन्डशिप फाउन्डेसन नेपाललाई तीन लाख रुपैँया हस्तान्तरण गरेको छ । सो रकम फ्रेन्डशिप फाउन्डेसन नेपालले शिला रेग्मी (आत्रेय) सामुदायिक पुस्तकालय भवन निर्माणका लागि प्रयोग हुनेछ । गोरखा केराबारी १ मा निर्माण हुन गईरहेको सो पुस्तकालयले स्थानीय विद्यार्थीलगायत बासिन्दाहरुलाई सहज रुपमा विभिन्न किसिमका पुस्तकहरु उपलब्ध गराउने छ । बैंकको मुख्य कार्यालय कमलादी काठमाडौँमा भएको कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतसुरेन्द्र भूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहद्वारा फ्रेन्डशिप फाउन्डेसन नेपालका अध्यक्ष प्रकाश बाबु पौडेललाई उक्त रकम हस्तान्तरण गरे ।...