Thursday, May 2
Shadow

आर्थिक

मेगा बैंक र नेपाल उद्यमशील महिला महासंघ बीच सहकार्य

मेगा बैंक र नेपाल उद्यमशील महिला महासंघ बीच सहकार्य

आर्थिक
काठमाडौं , पुस २८ । मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग, महिलाद्धारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल उद्यमशील महिला महासंघसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरे । सम्झौता पश्चात् मेगा बैंकले महासंघसँग आवद्ध उद्यमी महिलाहरुलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । कार्यक्रममा बोल्दै बैंककी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले महिला उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा बैंकका सबै शाखा कार्यालयहरु मार्फत छिटो छरितो ढंगले प्रदान गर्ने ...
चोरीको मोटरसाइकलसहित धादिङका २ जना पक्राउ

चोरीको मोटरसाइकलसहित धादिङका २ जना पक्राउ

अपराध, आर्थिक, समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष २८ महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने २ जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले गएराति साढे १ बजे काठमाण्डौंको चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित सडक खण्डबाट धादिङको गल्छी गाउँपालिका बस्ने २७ वर्षीय विजय तामाङ र १८ वर्षीय आईतराज तामाङलाई प्रदेश ३–०२–०११प ७२४१ नम्बरको कालो रातो रंगको १५० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरेको महाशाखाले जनाएको छ । उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न व्यक्तिको गोप्य सूचनाका आधारमा निगरानी राखी ती व्यक्तिलाई पक्राउ गरिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए । कीर्तिपुर नगरपालिका–७ बस्ने पुण्य महर्जनले मोटरसाइकल काठमाडौंको चोभारबाटै हराएको भनि ट्राफिक महाशाखामा निवेदन दिएका थिए । महाशाख...
सहकारीका सबै समस्या एउटै टेबलबाटै समाधान हुन्छ :  अर्थमन्त्री पौडेल

सहकारीका सबै समस्या एउटै टेबलबाटै समाधान हुन्छ : अर्थमन्त्री पौडेल

आर्थिक, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , पुस २७ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहकारी अभियान समाजवाद निर्माणको जगका रुपमा रहेकाले यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले सार्थक पहल गर्ने विश्वास व्यक्त गरेका छन् । अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी अभियानले अब गुनासो गर्न छाडेर आफ्नो जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन आग्रह गरे । “सरकारका तर्फबाट सम्बोधन गर्नुपर्ने विषयलाई हामी एउटै टेबलमा बसेर समाधान गर्न तयार छौँ । त्यसका लागि तपाईंहरु तयार हुनुहोला । अब गुनासो गर्ने होइन अग्रगामी रुपमा अगाडि बढ्ने हो”, उनले राष्ट्रिय सहकारी महासङ्घको २८औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै भने । मन्त्री पौडेलले आवश्यक परे प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री, राष्ट्र बैंकका गर्भनर सबैसहित सहकारी अभियान्ताको सामूहिक र एकीकृत छलफल गरेर समस्या समाधानमा पहल गरिने बताए । उनले भने, “ग...
मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार

मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार

अपराध, आर्थिक, समाचार
काठमाण्डौँ, पुष २६ मेगा केवल नेटका सञ्चालक श्याम प्रसाद पौडेल संस्थाबाट लाखौं रकम कुम्ल्याएर सम्पर्कविहीन भएका छन् । संस्थाबाट पटकपटक पेश्की भन्दै ३३ लाख ४१ हजार ८ सय ६६ रुपैयाँ रकम लिई उनी सम्पर्कमा नआएका हुन् । पौडेल सम्पर्कमै आउन नचाहेपछि उनीविरुद्ध प्रहरीमा मुद्दा दायर गर्ने तयारीमा मेगा केवलका अन्य सञ्चालकहरु छन् । तर, सोमबार पौडेलविरुद्ध महानगरीय प्रहरी वृत्त बालाजुुमा उजुरी समेत परिसकेको छ । संस्थामा रकम फिर्ता गर्न नआएपछि ताकेता स्वरुप केवलको तर्फबाट विभिन्न राष्ट्रिय दैनिक तथा अनलाइनमा समेत पौडेलको नाममा सूचना प्रकाशन भएको छ । उनीविरुद्ध परेको उजुरीमा संस्थाको पैसा अनाधिकृत रुपमा लिएर उल्टै कार्यालयका कर्मचारीहरुलाई अनावश्यक रुपमा धम्क्याउने,गालीगलौज गर्ने, आफुले भनेजस्तो गर्न दवाव दिने जस्ता दुस्कर्म गरेको पौडेलका एक पार्टनरले बताए । उजुरीमा निज पौडेलले गैरकानू...
नेप्से उकालो लाग्दा बजार पूँजीकरण २९ खर्ब ५५ अर्ब पुग्यो

नेप्से उकालो लाग्दा बजार पूँजीकरण २९ खर्ब ५५ अर्ब पुग्यो

आर्थिक, मुख्य समाचार
  काठमाडौं , पुस २३ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.९१ बिन्दुले उकालो लागेर दुई हजार १९४.४८ मा पुगेको छ । आजको वृद्धिपछि नेप्सेले दुई हजार २०० को बिन्दु पछ्याएको देखिन्छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.०८ बिन्दुले उकालो लागेर ४२१.२२ बिन्दुमा पुगेको छ । कारोबार भएका कूल २०८ कम्पनीको एक करोड १७ लाख ६७ हजार ४९२ कित्ता शेयर रु पाँच अर्ब ८७ करोड ४७ लाख आठ हजार २७९ मूल्यमा खरिद बिक्री भए । पछिल्लो वृद्धिसँगै बजार पूँजीकरणका आधारमा रु २९ खर्ब ५५ अर्ब ८६ करोड ४६ लाख बराबर हुन पुगेको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसमूहको शेयर ३.६४ ले घट्दा बैंकिङ १३.०४, व्यापार ११२.६१, होटल ५।९४, विकास बैंक १०, जलव...
अब एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा २० रूपैयाँ शुल्क लाग्ने

अब एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा २० रूपैयाँ शुल्क लाग्ने

आर्थिक, टिप्स, समाचार
काठमाण्डौँ, पुष २३ माघ १ देखि एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले निर्देशिका जारी गर्दै यसबारे जानकारी दिएकाे हाे । निर्देशिका अनुसार एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा बैंकहरुले महिनामा २ वटा कारोबारसम्म निःशुल्क दिनुपर्ने छ भने त्यसपछि प्रतिकारोबार २० रुपैयाँ शुल्क लाग्नेछ । यस विषयमा बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई पूर्वजानकारी गराउनु पर्नेछ । अर्काेतर्फ बैंकहरुले आफ्ना ग्राहकलाई इन्टरनेट मोबाइल, एसएमएस बैंकिङको शुल्क पूर्वजानकारी गराएर मात्रै लिन पाउने छन् ।...
अर्थका सहसचिव शर्मा बने वाणिज्य बैंकका अध्यक्ष

अर्थका सहसचिव शर्मा बने वाणिज्य बैंकका अध्यक्ष

आर्थिक, मुख्य समाचार, राजनिती
काठमाण्डौँ, पुष २३ सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा चयन भएका छन्। वाणिज्य बैंक सञ्चालक समितिको बैठकले शर्मालाई अध्यक्ष चयन गरेको हो। शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन्। शर्मालाई अधिकारीले बिहीबार सपथ गराएका हुन्। शर्मा अर्थ मन्त्रालयको प्रतिनिधिका रूपमा वाणिज्य बैंक सञ्चालक समितिका सदस्य रहेका थिए। तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी प्राडा उपेन्द्र कोइरालालाई वाणिज्य बैंक सञ्चालक समितिको सदस्य नियुक्त गरेका थिए। उनलाई अध्यक्ष बनाउने गरी सदस्य बनाइएको भएपनि चर्को आलोचना भएपछि रोकिएको थियो।...
भैरहवा भन्दा पहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने

भैरहवा भन्दा पहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने

आर्थिक, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २३ । राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति सन्तोषजनक नरहेको अवस्थामा कास्कीको पोखरामा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भने तोकिएकै समयमा सम्पन्न हुने भएको छ । अहिले भइरहेको कामहरूको प्रगतिको आधार हेर्दा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलभन्दा पहिले नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने देखिएको छ । विमानस्थल आयोजनाका अनुसार विमानस्थलको ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । यस्तै करीब ५१ प्रतिशत वित्तीय प्रगति भएको छ । तोकिएको काम सम्पन्न भएपछि मात्रै ठेकेदारलाई पूरा भुक्तानी दिइने भएकाले वित्तीय प्रगति कम देखिएको तर त्यो भुक्तानी गर्दा स्वतः वित्तीय प्रगति पनि माथि पुग्ने विमानस्थल आयोजनाले जानकारी दिएको छ । आयोजनाका अनुसार हाल २ हजार ५ सय मिटरको धावनमार्ग, एटीसी टावर, सात ओटा भवन, एउटा ह्याङगरलगायत निर्माण कार्य सम्पन्न भएका छन् । यी पूर्वाधार...
कपडा तथा सिलाइ व्यवसायी महासंघको देशव्यापी फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिम सुरु

कपडा तथा सिलाइ व्यवसायी महासंघको देशव्यापी फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिम सुरु

आर्थिक, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, पुष २२ नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको देशव्यापी फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिम सुरु भएको छ । मंगलबार झापा जिल्ला बाट देशव्यापी तालिमको सुरुवात गरिएको छ । नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ झापाद्वारा अर्जुनधारा नगरपालिकामा फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिम को उद्घाटन गरेको छ । भोला परियारको अध्यक्षता भएको उक्त कार्यक्रममा अर्जुनधारा नगरपालिका मेयर हरि कुमार रानाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा अध्यक्ष नवीन ढुंगाना , कार्यपालिका सदस्य रमेश तिखत्री लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । तालिम लिन को लागि ५० भन्दा बढी व्यवसायीहरु को सहभागिता रहेको कार्यक्रममा नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघ केन्द्रीय सदस्य हरि नेपालीले कार्यक्रम संचालन गर्नु भएको थियो । महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले हामि संगको कुराकानीमा, झापाबाट सुर...
बन्द भयो सवारी चालक अनुपतिपत्रको अनलाइन फाराम

बन्द भयो सवारी चालक अनुपतिपत्रको अनलाइन फाराम

आर्थिक, टिप्स, मुख्य समाचार, समाज
काठमाण्डौँ, पुष २० लामो समय पछि खुलेको सवारी चालक अनुपतिपत्र (लाइसेन्स) अनलाइन फाराम पुनः बन्द भएको छ । यातायात व्यवस्था विभागलले नौ महिनापछि चालक अनुमतिपत्रको अनलाइन फाराम खुला गरेको भए पनि साइटमा समस्या आएको भन्दै पुनस् बन्द गरेको हो । सोमबार विज्ञप्ति जारी गर्दै केही दिन सर्भर मर्मत गर्नका लागि बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । ...