Thursday, April 18
Shadow

न्यादी हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला


  • -इ
  • इ+

काठमाण्डौँ, असोज १५
न्यादी हाइड्रोपावर लिमिटेडले आज (असोज १५ गते, शुक्रबार) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्य दरका २२ लाख ५० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीको आईपीओमा छिटोमा असोज १९ गतेसम्म र ढिलोमा असोज ३१ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares