Sunday, May 31
Shadow

अपराध

भागरथी भट्टका हत्या आरोपित सार्वजनिक

भागरथी भट्टका हत्या आरोपित सार्वजनिक

अपराध, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, फागुन ५ प्रहरीले बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगदाकेदार गाउँपालिका ७ की भागरथी भट्टका हत्या आरोपित सार्वजनिक गरेको छ। एक साता लामो प्रहरी अनुसन्धानपछि भट्टको हत्या आरोपमा दिनेश भट्टलाई बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। भागरथी पढ्ने सनातन धर्म माविमाकै कक्षा ११ मा पढ्ने दिनेशलाई बलात्कारपछि हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनले सुरुमा भागरथीलाई भीरबाट लडाएको र घाँटी थिचेर मारिदिए बयान प्रहरीसमक्ष दिएका छन्। पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोठेर हत्या भएको देखाएको प्रहरीले जनाएको छ। गत २१ माघमा विद्यालयबाट नफर्किएपछि खोजी गर्दा भागरथीको शव घरभन्दा तीन किलोमिटर टाढा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो। सनातन धर्म माविमाको कक्षा १२ मा पढ्ने भागरथीलाई दिनेशले लामो समयदेखि एकतर्फी रुप...
एक अर्ब राजस्व छलेको आरोपमा १३ जनाविरुद्ध मुद्दा

एक अर्ब राजस्व छलेको आरोपमा १३ जनाविरुद्ध मुद्दा

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन ४। झुटा तथा नक्कली बिजक प्रयोग झण्डै एक अर्ब बराबरको राजस्व छली गरेको आरोपमा १३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा विभिन्न ११ वटा फर्मको बैंक खाता सञ्चान गरी १३ जनाले राजस्व छली गरेको पाइएको हो। । उनीहरूले वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट)को बिजक मात्र किनेर मूल्य अभिवृद्धि कर र आयकर छली गरेका विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए। यस आर्थिक अपराधमा सर्लाहीको बलरा नगरपालिका–७ बस्ने मुख्य अभियुक्त सुबोध साहसहित १० र उनीहरूको मतियारको रुपमा अन्य तीन गरी १३ को संलग्नता रहेको विभागले जनाएको छ। उनीहरूले ९१ करोड ३० लाख ५६ हजार बिगो बराबरको राजस्व छली गरेको विभागले आरोप लगाएको छ। यसमा अनुसन्धान सकी बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबीसहित आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको महानिर्...
दुइ श्रीमती हुँदाहुँदै तेस्रो विवाह गर्ने सल्यानका वडा अध्यक्षलाइ एक वर्ष कैद

दुइ श्रीमती हुँदाहुँदै तेस्रो विवाह गर्ने सल्यानका वडा अध्यक्षलाइ एक वर्ष कैद

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, फागुन ४ । बहु विवाहको अरोपमा पक्राउ परेका बनगाड कुपिण्डे नगरपालिका–९का वडा अध्यक्ष ५२ वर्षीय इन्द्रबहादुर कुमाइलाइ जिल्ला अदालत सल्यानले एक वर्ष कैदको फैसला सुनाएको छ ।कैदसंगै उनालाइ थप १० हजार जरिवानाको फैशला भएको छ । जिल्ला अदालत सल्यानका न्यायाधिस कुल प्रसाद पाण्डेको इजलाशले वडा अध्यक्ष र उनी संग बहु विवाह गरेकी ४८ वर्षीया ग्वाँमी विष्ट कुमाईलाई एक वर्ष कैद र जनही १० हजार जरिवानाको फैसला सुनाएको हो । घरमा दुइवटा पत्नी र दुबै पत्नी तर्फबाट ४ वटा छोराछोरी हुँदाहुँदै वडा अध्यक्षले स्थानीय महिलालाइ मंसिर ३ गते भगाएर सम्पर्क बिहिन भएका थिए ।लुकीछिपी बसी रहेको अवस्थामा प्रहरीले दुबैजनालाइ मंसिर १९ गते जयतपानीबाट पक्राउ गरेको थियो । यस अघिनै वडाध्यक्ष कुमाईले आफुले तेस्रो बिहे गरेको स्वीकार गरेका थिए ।उलले भने, ‘हामी लामौ समयदेखी प्रेममा थियौं, गाउँमा सबैले थाहा पाए अनि म बि...
कोदालो प्रहारबाट एकको हत्या, पाँच घाइते

कोदालो प्रहारबाट एकको हत्या, पाँच घाइते

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, फागुन ४ । बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोलादो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन् । मानसिक सन्तुलन ठिक नभएका स्थानीय सोमबहादुर किसानले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका स्थानीय ८४ वर्षीय यामबहादुर केसीको धवलागिरि अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो । कोदालो प्रहारबाट गम्भीर घाइते भएका ६५ वर्षीया विष्णुमति चापागाईँ र ३६ वर्षीया लक्ष्मी चापागाईँलाई धवलागिरि अस्पताल बागलुङमा उपचारपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा सिफारिस गरिएको छ । अन्य घाइते ३८ वर्षीया देवी गौतम, उहाँका छ वर्षीय छोरा अमृत गौतम र १९ वर्षीया छोरी अनिता गौतमको धवलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए । कोदालो प्...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नासु घुससहित पक्राउ

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नासु घुससहित पक्राउ

अपराध, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , फागुन ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल, काठमाडौंका नासुलाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले नास नरेन्द्र यादवलाई सेवाग्राहीलाई शेयर पूजी बढाएको प्रमाण पत्र बनाइदिए वापत ८ हजार घुस लिएपछि घुस रकमसहित बिभाग परिसरबाटै आइतबार पक्राउ गरेको जनाएको छ । अख्तियारले घुस लेनदेनमा सहभागी लेखापढीको काम गर्ने रामबाबु दाहाललाई समेत पक्राउ गरेको जनाएको छ । अहिले दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।...
झपामा दुई पुरुषद्वारा पुरुष नै बलात्कृत, दुवैजना पक्राउ

झपामा दुई पुरुषद्वारा पुरुष नै बलात्कृत, दुवैजना पक्राउ

अचम्मका कुरा, अपराध, मुख्य समाचार, समाचार, समाज
झापा , फागुन ३ । दिनहुँजसो महिला बलात्कृत भएको घटना आइरहँदा झापामा भने दुई पुरुषले एक पुरुषमाथि बलात्कार गरेका छन् । झापा प्रहरीका अनुसार कनकाई नगरपालिका–७ बिरिङ नदी किनारमा दुई पुरुषले जबरजस्ती यौन क्रियाकलाप गरी एक पुरुषलाई घाइते बनाएका छन् । कनकाई नगरपालिका वडा नं ६ का १९ वर्षीय पारस तामाङ र वडा नं ७ का २१ वर्षीय विनोद टुडुले वडा नं ७ का ३० वर्षीय पुरुषलाई शनिवार बेलुकी ७ बजेतिर खोला किनारमा लगी बलात्कार गरेका हुन् । पीडित युवक घाइते रहेको र उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुव्र्यवहारमा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको छ ।...
काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ

काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १ । काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ गजुरीका धनबहादुर तामाङ, धादिङ थाक्रेका इन्द्र तामाङ, ऋषिलाल तामाङ र मकवानपुरका निरस थिङ छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।  ...
बलात्कारको आरोपमा वडा सदस्य पक्राउ

बलात्कारको आरोपमा वडा सदस्य पक्राउ

अपराध, ब्यानर समाचार 2, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ ३० । बलात्कार आरोपमा दैलेखमा एकजना जनप्रतिनिधीलाई पक्राउ गरिएको छ । पक्राउन पर्नेमा दुल्लू नगरपालिकाका–५ का निर्वाचित वडासदस्य प्रकाश पोखरेल हुन् । अहिले आरोपित पोखरेललाई बचाउनेको लागि जिल्लादेखी केन्द्रिय स्तरका नेता कार्यकर्ताले पिडितलाई दबाब दिन थालेको पिडित पक्षले गुनासो गरेका छन् । भारतमा मजदूरी गर्ने एक महिला सुतिरहेको अवस्थामा गएराति जबरजस्ती ढोका खोली बलात्कार गर्न खोज्दा पीडित महिला चिच्याएपछि छिमेकीले आरोपितलाई नियन्त्रणमा लिएका थिए । स्थानीयले राति नै तत्कालै प्रहरीलाई बुझाइएकोेमा आरोपित दुल्लू इलाका प्रहरी कार्यालयमा थुनामा राखिएको छ । आरोपितका आफन्तले मुद्दा दिन रोकेको पीडित पक्षले टेलिफोनमा बताए । मुद्दा दिनबाट रोक्नु दुल्लूको दरबार होटलमा रोकिएको श्रोतले जानकारी दिएको छ । पीडितको सुरक्षामा प्रहरीले ध्यान नपु¥याएको महिला सशक्तिकरण मञ्चका उपाध्यक्ष सव...
४४ हजार नगदसहित जुवाखालबाट ५ जना पक्राउ

४४ हजार नगदसहित जुवाखालबाट ५ जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ३० । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ४४ हजार नगदसहित जुवाखालबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक कनबहादुर शाहीको नेतृत्वको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत खजुरामा पर्ने आवास क्षेत्रस्थित बलबहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चामुण्डा बिन्द्रासैनी दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत बस्ने ३२ वर्षीय झक्कबहादुर शाही, सोही वडामा बस्ने २६ वर्षीय खेमराज शाही, २३ वर्षीय भरत शाही, ४२ वर्षीय नरेश शाही र वडा–८ मा बस्ने ४४ वर्षीय रेशम पंगेनी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । घरमा जुवातास खेलिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा जिप्रकाबाट खटिएको टोलीले जुवाखालबाट तीन गड्डी तास र रु ४४ हजार १३५ नगद बरामद गरेको प...
नक्कली सुन देखाई ५५ लाख रुपैयाँ ठगी , ५ जना पक्राउ

नक्कली सुन देखाई ५५ लाख रुपैयाँ ठगी , ५ जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार
काठमाडौं ,माघ २८ । नक्कली सुन देखाई ठगी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी काठमाडौंको अपराध महाशाखाको टोलीले उनीहरूलाई काठमाडौँबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रे जिल्ला भुम्लु गाउपालिका ५ घर भै काठमाडौंको माछापोखरी बस्ने बर्ष ३२ का सन्त बहादुर लामा नुवाकोट जिल्ला किस्पाङ्ग १ नुजेत घर भै काठमाडौंको तरकेश्वर नगरपालिका शान्तिटोल बस्ने बर्ष ४५ का रीसमान घले , बर्ष २० का चन्द्र भन्ने जेरि तामाङ्ग , बर्ष ३५ का जित भन्ने मेख तामाङ्ग र झापा जिल्ला अनारमनी १ घर भै काठमाडौंको ताहचल बस्ने पप्पु भन्ने अभय कुमार चौधरी रहेको प्रहरीले जनाएको छ । उनीहरुले २०७२ साल माघ १२ गते काठमाडौँको ताहाचल बस्दै आएका एक व्यक्तिलाई १ किलो सुन जस्तो देखिने धातुलाई सुन भनेर झुक्याएर बिक्री गरी ५५ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ । ती व्यक्तिले आफू ठगिएको थाहा पाएपछि महानगर...