Thursday, March 28
Shadow

अन्तर्राष्ट्रिय

गायक प्रकाश सपूत माथि युरोपको एक साङ्गितिक कार्यक्रममा बोत्तल प्रहार

गायक प्रकाश सपूत माथि युरोपको एक साङ्गितिक कार्यक्रममा बोत्तल प्रहार

अन्तर्राष्ट्रिय, मनोरञ्जन, मुख्य समाचार, समाचार
काठमाडौं ,११ असार । लोक तथा दोहोरी गायक प्रकाश सपूत माथि युरोपमा भएको साङ्गितिक कार्यक्रममा बोत्तल प्रहार भएको छ । कार्यक्रमको लागि रोमानियामा रहेका गायक सपूतलाई बोत्तलले प्रहार गरिएको हो । उनी माथि बोत्तल प्रहार गरिएको भिडियो यतिबेला सामाजिक सन्जालामा भाईरल भएको छ । घटनाको केही बेर पछि सपूत फेरि स्टेज चढेर गीत गाए र बोत्तल फाल्नेलाई केही नगर्नुहोला भनेर माफी दिए र मिल्छ भने शो पछि भेट्न पनि आग्रह गरे । सपुत एक नेपाली गायक, सङ्गीतकार, मोडल र अभिनेता हुन्, जो नेपाली लोक सङ्गीतमा आफ्नो योगदानका लागि परिचित छन् । उनी आफ्नो सङ्गीतको माध्यमबाट सामाजिक र राजनीतिक चेतना जगाउनका लागि परिचित छन् ।...
तालिबानद्वारा सञ्चालित उच्च शिक्षा मन्त्रालयले अफगानिस्तानका निजी विश्वविद्यालयमा छात्रालाई प्रवेश निषेध

तालिबानद्वारा सञ्चालित उच्च शिक्षा मन्त्रालयले अफगानिस्तानका निजी विश्वविद्यालयमा छात्रालाई प्रवेश निषेध

अन्तर्राष्ट्रिय, ब्यानर समाचार
तालिबानद्वारा सञ्चालित उच्च शिक्षा मन्त्रालयले अफगानिस्तानका निजी विश्वविद्यालयमा छात्रालाई प्रवेश निषेध गरेको छ। उच्च शिक्षा मन्त्रालयले शनिबार निजी विश्वविद्यालयहरूलाई पत्र लेख्दै महिला विद्यार्थीहरूलाई विश्वविद्यालयको प्रवेश परीक्षामा बस्न नदिन निर्देशन दिएको छ। यो सँगै अफगानिस्तानमा छात्राहरू उच्च शिक्षबाट बञ्चित हुनेछन्। उच्च शिक्षा मन्त्रालयका प्रवक्ता जियाउल्लाह हाश्मीका अनुसार सरकारको पत्रमा कुनै पनि अफगानी छात्राले स्नातक, मास्टर र डक्टरेट तहको लागि हुने प्रवेश परीक्षा दिन पाउँदैनन्। अर्को सूचना नआएसम्म छात्राहरूको भर्ना गर्न नपाइने र यो निर्णय उल्लंघन गर्नेलाई कडा कानुनी कारबाही गरिने तालिवान सरकारद्वारा पठाइएको पत्रमा भनिएको छ। तालिबान सञ्चालित सरकारका उच्च शिक्षा मन्त्री, निदा मोहम्मद नादिमले व...
बुर्किनाफासोका नागरिकद्वारा फ्रान्सेली सेना फिर्ता हुनुपर्ने माग

बुर्किनाफासोका नागरिकद्वारा फ्रान्सेली सेना फिर्ता हुनुपर्ने माग

अन्तर्राष्ट्रिय, ब्यानर समाचार
ओउगाडोउगु, ९ माघ (रासस/ सिन्ह्वा) : बुर्किनाफासो सरकारले फ्रान्ससँगको सैन्य सम्झौता रद्द गर्दै आफ्नो देशमा रहेका फ्रान्सेली सेनालाई घर फर्कन अनुरोध गरेको छ । एक महिनाको अविधिमा फ्रान्सेली सेनालाई आफ्नो देश फर्कन सरकारले अनुरोध गरेको सरकारी समाचार समिति एआइबीले जनाएको छ । गत बुधबार सरकारले २०१८ को डिसेम्बर १७ मा फ्रान्ससँग गरेको सम्झौता रद्द गरेको हो । बुर्किनाफासोका नागरिकले फ्रान्सेली सेना फिर्ता हुनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरिरहेका बेला सरकारले उक्त निर्णय गरेको हो । गत शुक्रबार हजारौँ प्रदर्शनकारीले राजधानी ओउगाडोउगुमा फ्रान्सेली राजदूत र उनको देशका सैनिक फिर्ता हुनुपर्ने मागका साथ विरोध प्रदर्शन गरेका थिए । राजधानी ओउगाडोउगु बाहिरको उत्तरपूर्वी भागमा फ्रान्सेली सेनिक तैनाथ छन् ।...
रोनाल्डोलाई सार्वजनिक गर्यो साउदीको क्लब अल नसरले

रोनाल्डोलाई सार्वजनिक गर्यो साउदीको क्लब अल नसरले

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा सार्वजनिक भएका छन् । साउदी क्लबले मंगलबार राति घरेलु मैदान म्रसोल पार्कमा एक विशेष समारोह गर्दै रोनाल्डोलाई सार्वजनिक गरेको हो । सार्वजनिक कार्यक्रममा रोनाल्डोले अब आफ्नो युनाइटेडसँग कुनै सम्बन्ध नभएको बताएका छन् । आफू नयाँ चुनौतीका लागि साउदी आएको बताए । ‘म यहाँ नयाँ चुनौतीका लागि आएको हु । अब युनाइटेडसँग मेरो कुनै सम्बन्ध छैन्,’ रोनाल्डोले भने । रोनाल्डोले साउदीको क्लबसँग साढे दुई वर्षको सम्झौता गरेका छन् । सार्वजनिक कार्यक्रममा रोनाल्डोले अब आफ्नो युनाइटेडसँग कुनै सम्बन्ध नभएको बताएका छन् । आफू नयाँ चुनौतीका लागि साउदी आएको बताए । ‘म यहाँ नयाँ चुनौतीका लागि आएको हु । अब युनाइटेडसँग मेरो कुनै सम्बन्ध छैन्,’ रोनाल्डोले भने । रोनाल्डोले साउदीको क्लबसँग साढे दुई वर्षको सम्झौता गरेका छन् ।...
अष्ट्रेलियाको गोल्ड कोस्टमा दुई वटा हेलिकोप्टर ठोक्किँदा चारको मृत्यु

अष्ट्रेलियाको गोल्ड कोस्टमा दुई वटा हेलिकोप्टर ठोक्किँदा चारको मृत्यु

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
अष्ट्रेलियाको गोल्ड कोस्टमा दुई वटा हेलिकोप्टर ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । दुर्घटनापछि एउटा हेलिकोप्टर समुन्द्री तटबाट केही फिट नजिकैको बालुवामाथि उत्तानो परेको  थियाे । दुर्घटनाग्रस्त हेलिकोप्टरका पंखाहरु निकै टाढा उछिट्टिएका थिए भने घटनास्थलमा तत्काल उद्दार टोली र प्रहरी परिचालन गरिएको छ । ‘दुर्घटनाका कारण चार जनाले ज्यान गुमाएका छन् भने तीन जना गम्भीर छन्,’ क्विन्सल्यान्डका प्रहरी निरीक्षक ग्यारी वोरिलले भने । हेलिकोप्टर दुर्घटनावारे त्यहाँको यातायात सुरक्षा ब्युरोले अनुसन्धान थालेको छ । अनुसन्धानकर्ताहरुले दुर्घटनाग्रस्त हेलिकोप्टरको भग्नावशेषकोसमेत जाँच गरेका छन् ।...
चीनमा बेरोजगार युवा संख्या बढ्दै

चीनमा बेरोजगार युवा संख्या बढ्दै

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
हाल चीनमा १६ देखि २४ वर्ष उमेरका करिब २ करोड मानिसहरू विभिन्न सहरमा बेरोजगार रहेका अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ। सीएनएनले हालै त्यसबारे अध्ययन गरेको थियो ।आधिकारिक तथ्यांक अनुसार चीनको शहरी युवा जनसंख्या १ करोड ७० लाख छ । तथ्यांकमा ग्रामीण बेरोजगारी समावेश छैन। द हङकङ पोस्टका अनुसार चीनमा युवा बेरोजगारी दर यो वर्ष नयाँ उचाइमा पुगेको छ। युवा बेरोजगारी दर मार्चमा १५.३ प्रतिशतबाट बढेर अप्रिलमा १८.२ प्रतिशतमा पुगेको छ। अगस्टमा यो दर थोरै घटेर १८.७ प्रतिशतमा झरेको थियो । तर , बेरोजगार दर अझै पनि अहिलेसम्मकै उच्च रहेको राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङ्कले देखाएको छ । कोभिडका कारण सृजित बेरोजगारीका कारण हरेक पाँचमध्ये एक जना सक्षम चिनियाँ कामबाट वञ्चित छन् । चीनमा सञ्चालित शीर्ष कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई निकाल्दा देशले आर्थिक गिरावटको सामना गरिरहेको छ ।...
अफगानिस्तान सरकारद्वारा महिलालाई एनजीओमा काम गर्न प्रतिबन्ध

अफगानिस्तान सरकारद्वारा महिलालाई एनजीओमा काम गर्न प्रतिबन्ध

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
अफगानिस्तानको तालिवान प्रशासनले महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध लगाएको छ । सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने महिला कर्मचारीले उचित ड्रेस कोड पालना नगरेको गुनासो आएपछि उनीहरूलाई काम गर्नबाट रोक्न आदेश दिएको अफगानिस्तानको अर्थ मन्त्रालयले शनिबार एएफपीलाई जानकारी दिएको छ । अर्थ मन्त्रालयका प्रवक्ता अब्दुलरहमान हबिबले पत्रको पुष्टि गरेका छन् । केही कर्मचारीहरूले महिलाहरूको लागि इस्लामिक ड्रेसकोड पालना गर्न असफल भएकाले महिला कर्मचारीहरूलाई अर्को सूचना नभएसम्म गैरसरकारी संस्थाहरूमा काम गर्न अनुमति नभएको पत्रमा उल्लेख छ । अफगानिस्तानमा ठूलो संख्यामा रहेको संयुक्त राष्ट्र संघका एजेन्सीहरूलाई पनि यो आदेश लागू हुन्छ कि हुँदैन भन्ने विषय भने स्पष्ट छैन । यसअघि तालिबानले महिलालाई विश्वविद्यालयमा प्रतिबन्ध लगाएको थियो । ...
चीन : एकै दिन ३ करोड ७० लाखलाई कोभिड !

चीन : एकै दिन ३ करोड ७० लाखलाई कोभिड !

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
बेइजिङ  ।   चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड–१९ बाट संक्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ। यसलाई विश्वमा एकै दिन सबैभन्दा ठूलो संख्यामा महामारी बताइएको छ। बेइजिङको कोभिड शून्य नीति अन्त्यले प्रतिरक्षा न्यून भएको जनसंख्यामा अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्टहरूको अव्यवस्थित फैलावट भएको छ । डिसेम्बरको पहिलो २० दिनमा करिब २४ करोड ८० लाख मानिस वा जनसंख्याको झण्डै १८ प्रतिशतमा यो भाइरसको संक्रमण भएको हुनसक्ने चीनको राष्ट्रिय स्वास्थ्य आयोगको बुधबार सम्पन्न आन्तरिक बैठकको छलफलमा संलग्न व्यक्तिहरूले पुष्टि गरेका छन्। बेइजिङको कोभिड शून्य नीति अन्त्यले प्रतिरक्षा न्यून भएको जनसंख्यामा अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्टहरूको अव्यवस्थित फैलावट भएको छ। एजेन्सीको अनुमान अनुसार चीनको दक्षिणपश्चिममा रहेको सिचुआन प्रान्त र राजधानी बेइजिङका आध...
तालिबान सरकारले अफगानिस्तानमा  दियो पहिलो मृत्युदण्ड

तालिबान सरकारले अफगानिस्तानमा दियो पहिलो मृत्युदण्ड

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
तालिबानले गत अगस्टमा अफगानिस्तानमा सत्तापलट गरेपछि पहिलो पटक मृत्युदण्ड दिएको छ ।  ताजमिर नाम गरेका एक व्यक्तिले आफूले हत्या गरेको स्वीकार गरेपछि उनलाई  दक्षिणपश्चिमी फराह प्रान्तको एक स्टेडियममा मृत्युदण्ड दिइएको तालिबानका प्रवक्ताले बताए। न्यायाधीशहरूलाई शरिया कानुनलाई पूर्ण रूपमा लागू गर्न निर्देशन दिइएको केही हप्तापछि यो आदेश आएको हो । तालिबान सरकारका अधिकांश शीर्ष मन्त्रीहरूसहित समूहका दर्जनौं नेताहरू फाँसीमा सहभागी भएका थिए । तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले गत महिना उक्त आदेश जारी गर्दै न्यायाधीशहरूलाई सार्वजनिक मृत्युदण्ड, सार्वजनिक अंगविच्छेदन र ढुङ्गाले हानेर सजाय तोक्न आदेश दिएका थिए । यद्यपि, तालिबानले आधिकारिक रूपमा वास्तविक  अपराध र सम्बन्धित सजायहरू परिभाषित गरेका छैनन्। तालिबानले इस्लामिक कानूनको कडा व्याख्याको जिम्मा पाएका मोहम्मद खालिद हनाफी पनि...
मेटाले अमेरिकामा फेसबुकबाट समाचार सामग्री हटाउन दियो धम्की

मेटाले अमेरिकामा फेसबुकबाट समाचार सामग्री हटाउन दियो धम्की

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
मेटाले अमेरिकामा फेसबुकबाट समाचार सामग्री हटाउने धम्की दिएको छ । मेटाले नयाँ कानुनप्रति आपत्ति जनाएको छ, जसले समाचार संस्थाहरूलाई फेसबुकमा सेयर गरिएको सामग्रीको लागि शुल्क लिनेसम्बन्धी विषयमा वार्ता गर्न थप शक्ति दिनेछ । तिनीहरूको प्लेटफर्मले संघर्षरत समाचार आउटलेटहरूमा बढ्दो गतिविधिलाई सहयोग गर्ने मेटाको दाबी छ । ‘फेसबुकले प्रकाशकहरुको बटम लाइनलाई फाइदा गर्ने भएकाले’ आफ्ना सामग्री फेसबुकमा राख्ने गरेको मेटाले जनाएको छ । पत्रकारिता प्रतिस्पर्धा र संरक्षण ऐन ९जीसीपीए० भनेर चिनिने यो विद्येयक मिनेसोटाका सिनेटर एमी क्लोबुचरले कंग्रेसमा पेस गरेका थिए र यसमा द्विपक्षीय समर्थन छ । यसले प्रकाशक र प्रसारकहरूलाई विज्ञापन राजस्वको ठूलो हिस्साको लागि सामाजिक मिडिया कम्पनीहरूसँग सामूहिक रूपमा बार्गेनिङ गर्न ठूलो शक्ति दिनेछ ।...