Wednesday, May 8
Shadow

अष्ट्रेलियाको गोल्ड कोस्टमा दुई वटा हेलिकोप्टर ठोक्किँदा चारको मृत्यु


  • -इ
  • इ+

अष्ट्रेलियाको गोल्ड कोस्टमा दुई वटा हेलिकोप्टर ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनापछि एउटा हेलिकोप्टर समुन्द्री तटबाट केही फिट नजिकैको बालुवामाथि उत्तानो परेको  थियाे । दुर्घटनाग्रस्त हेलिकोप्टरका पंखाहरु निकै टाढा उछिट्टिएका थिए भने घटनास्थलमा तत्काल उद्दार टोली र प्रहरी परिचालन गरिएको छ ।

‘दुर्घटनाका कारण चार जनाले ज्यान गुमाएका छन् भने तीन जना गम्भीर छन्,’ क्विन्सल्यान्डका प्रहरी निरीक्षक ग्यारी वोरिलले भने । हेलिकोप्टर दुर्घटनावारे त्यहाँको यातायात सुरक्षा ब्युरोले अनुसन्धान थालेको छ । अनुसन्धानकर्ताहरुले दुर्घटनाग्रस्त हेलिकोप्टरको भग्नावशेषकोसमेत जाँच गरेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares