Friday, January 17
Shadow

बुर्किनाफासोका नागरिकद्वारा फ्रान्सेली सेना फिर्ता हुनुपर्ने माग


  • -इ
  • इ+

ओउगाडोउगु, ९ माघ (रासस/ सिन्ह्वा) : बुर्किनाफासो सरकारले फ्रान्ससँगको सैन्य सम्झौता रद्द गर्दै आफ्नो देशमा रहेका फ्रान्सेली सेनालाई घर फर्कन अनुरोध गरेको छ ।

एक महिनाको अविधिमा फ्रान्सेली सेनालाई आफ्नो देश फर्कन सरकारले अनुरोध गरेको सरकारी समाचार समिति एआइबीले जनाएको छ । गत बुधबार सरकारले २०१८ को डिसेम्बर १७ मा फ्रान्ससँग गरेको सम्झौता रद्द गरेको हो ।

बुर्किनाफासोका नागरिकले फ्रान्सेली सेना फिर्ता हुनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरिरहेका बेला सरकारले उक्त निर्णय गरेको हो । गत शुक्रबार हजारौँ प्रदर्शनकारीले राजधानी ओउगाडोउगुमा फ्रान्सेली राजदूत र उनको देशका सैनिक फिर्ता हुनुपर्ने मागका साथ विरोध प्रदर्शन गरेका थिए । राजधानी ओउगाडोउगु बाहिरको उत्तरपूर्वी भागमा फ्रान्सेली सेनिक तैनाथ छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares