Thursday, April 25
Shadow

अन्तर्राष्ट्रिय

भारतका स्वास्थ्य मन्त्रीले भने : कोभिड १९ को खोप देशभर निशुल्क हुनेछ

भारतका स्वास्थ्य मन्त्रीले भने : कोभिड १९ को खोप देशभर निशुल्क हुनेछ

अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाण्डौं, पुष १८ भारतका स्वास्थ्य मन्त्री डाक्टर हर्ष वर्धनले कोभिड १९ को खोप पहिलो चरणमा सबैभन्दा बढी प्रभावितहरुलाई दिइने जनाएका छन्। एक करोड स्वास्थ्यकर्मी र दुई करोड फ्रन्टलाइनमा कार्यरत व्यक्तिलाई पहिलव चरणमा खोप दिइने उनले जानकारी दिए। साथै देशभर खोप निशुल्क हुनेसमेत जनाएका छन्। जुलाइसम्म भारतमा २७ करोड जनसंख्यामा कोरोनाको खोप उपलब्ध गराइसक्ने तयारी भइसकेको उनले जनाएका छन्।...
चीनले आफैँले निर्माण गरेको कोरोना विरुद्धको खोपलाई प्रयोगको स्वीकृति दियो

चीनले आफैँले निर्माण गरेको कोरोना विरुद्धको खोपलाई प्रयोगको स्वीकृति दियो

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौं, पुष १८ चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरस विरुद्धको खोपलाई प्रयोग गर्ने अनुमति बिहीबार दिएको जनाएको छ। चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी बायालोजिकल प्रोडक्ट् इन्स्टिच्युट प्रोडक्ट्स लिमिटेडको साइनोफार्मले तयार पारेको कोरोनाभाइरस विरुद्धको सो खोपको भारतमा प्रयोग गर्न पाइने गरी अनुमति दिएको हो। बिहीबार सो खोपको सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति दिएको चीनका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। सो खोप अब चिनियाँहरुले आफ्नो देशमा प्रयोग गर्न पाउने भएका छन्। त्यस्तै सरकारी मातहतमा रहेको उक्त औषधी कम्पनीले उत्पादन गरेको उक्त खोप चीनमा प्रयोग र त्यसको सार्वजनिक रुपमा ओसारपसार गर्ने तथा बिक्री वितरण पनि गर्न पाइने भएको पनि सो समाचारमा जनाइएको छ। चाइना नेसनल बायोटेक ग्रुपले सो खोपको निर्माण निकै पहिलादेखि गरेको भनी चीनमा प्रचार गरिएको थियो। उक...
कोरोना प्रकोप :  विश्वभर ५ करोड ९६ लाख संक्रमणमुक्त, १८ लाख ३४ हजारको मृत्यु

कोरोना प्रकोप : विश्वभर ५ करोड ९६ लाख संक्रमणमुक्त, १८ लाख ३४ हजारको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं , पुस १८ । विश्वभरमा पाँच करोड ९६ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शनिबार बिहानसम्ममा पाँच करोड ९६ लाख १८ हजार दुई सय ४७ जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा आठ करोड ४३ लाख ४९ हजार पाँच सय २३ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १८ लाख ३४ हजार तीन सय ५४ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड २८ लाख ९६ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म दुई करोड ६ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड २१ लाख ७२ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख ५६ हजार चार सय एक जना संक्रमितले ज्यान गुमाइसकेका छन् । भारतमा हालसम्म एक करोड तीन लाख तीन हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९९ लाख एक हजारभन्दा बढी निको भएका छन् भने क...
नयाँ बर्षको पहिलो दिनः तीन लाख ७१ हजार शिशु जन्मिए

नयाँ बर्षको पहिलो दिनः तीन लाख ७१ हजार शिशु जन्मिए

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, समाचार, समाज
काठमाडौं, पुस १७ । नयाँ बर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ का दिन संसारभरी तीन लाख ७१ हजार ५०४ जना जन्मिएको युनिसेफले जनाएको छ । “हजारौँ नयाँ सुन्दर बालबालिकाहरुलाई स्वागत गर्न पाइएको छ, यसले हामीलाई रोमान्चित बनाएको छ,” कम्बोडियाका लागि युनिसेफका प्रतिनिधि फोरुघ फोयौजातले भने । गत बर्ष सन् २०२० सवैका लागि चुनौतिपूर्ण बर्ष बनेको थियो, त्यसमा पनि बालबालिकाहरुका लागि झनै चुनौतीपूर्ण भएको थियो, तथापि कम्बोडियाले कोरोनाभाइरसको महामारीमा राम्रो व्यवस्थापन गरेको पाइयो ।” उनीद्वारा जारी वक्तव्यमा लेखिएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष ९युनिसेफ०ले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार कोम्बोडियामा यस बर्षको पहिलो दिन ९७१ जना जन्मिएका हुन् । अरु देशको तुलनामा राम्रो व्यवस्थापन भएको अवस्थालाई निरन्तरता दिन कम्बोडिया सफल हुने पनि उनले आशा व्यक्त गरेका छन् । कम्बोडियामा जन्मिएका बालबालिकाको...
आजदेखि अनलाइनबाटै पुन : श्रम स्वीकृति लिन सकिने, यस्तो छ प्रक्रिया

आजदेखि अनलाइनबाटै पुन : श्रम स्वीकृति लिन सकिने, यस्तो छ प्रक्रिया

अन्तर्राष्ट्रिय, आर्थिक, ब्यानर समाचार, समाचार
  काठमाण्डौँ, पुष १७ आजदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति लिन सकिने भएको छ । अनलाइनमार्फत घरमै बसेर वा विदेशबाटै पुनः श्रम स्वीकृति लिन सकिने वैदेशिक रोजगार विभागले जनाएको छ । एक पटक विभागको अनलाइन प्रणालीबाट बायोमेट्रिक्स अर्थात आँखाको स्क्यान वा औंठाछापको स्क्यान गरेर श्रम स्वीकृति लिइसकेका श्रमिकले अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन सक्नेछन् । अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन विभागको वेबसाइट www.dpfe.gov.np​ मा गएर अनलाइन श्रम स्वीकृति एफइआइएमएसमार्फत फारम भर्नुपर्छ । फारम भरेपछि शाखा छान्ने बेलामा अनलाइन ब्रान्च छान्नुपर्छ । श्रम स्वीकृतिको क्रममा कुनै कारणले आवेदन रद्द भएमा त्यसको कारणसहितको एसएमएस आवेदकको मोबाइल र आवेदन गर्दाको यूजर अकाउन्टमा सूचना आउनेछ । त्यसकारण फारम भर्दा आफ्नो मोबाइल नम्बर र इमेल ठेगाना सही प्रयोग गर्नुपर्छ । साथै श्रम स्वीकृतिको लागि आव...
भारतमा थप ५ जनामा नयाँ  कोरोना संक्रमण पुष्टि

भारतमा थप ५ जनामा नयाँ कोरोना संक्रमण पुष्टि

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, पुस १६ । विश्व नै कोरोना भाइरसबाट त्रसित भइरहेका बेला फेरि अर्को भाइरस आएको छ । यसले आमजनमासमा अज त्रास जमाएको छ । यता भारतमा थप पाँच जनामा नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो परीक्षणमा थप पाँच जनामा संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै भारतमा कोभिडका नयाँ सङ्क्रमितहरुको संख्या कम्तीमा पनि २५ जना पुगेको जनाइएको छ । उनीहरुलाई स्वास्थ्य सुविधा रहेको आइसोलेसन वार्डमा राखिएको बताइएको छ ।यो भाइरस बेलायतबाट शुरु भएको हो । कोेभिड १९ को यो नयाँ स्वरुपको भाइरस सबैभन्दा पहिला बेलायतमा भेटिएको हो । बेलायतमा देखिएको यो नयाँ भाइरसपछि बेलायतमाथि विश्वका दर्जनौँ देशहरुले यात्रा प्रतिबन्ध लगाएका छन् । भारत सरकारले पनि गत हप्तामात्र बेलायतबाट भारतमा र भारतबाट बेलायतमा हुने हवाई उड्ययनमा प्रतिबन्ध लगाएको छ ।...
प्रधानमन्त्री र मन्त्री लक्षित आक्रमण, कम्तीमा २२ जनाको मृत्यु

प्रधानमन्त्री र मन्त्री लक्षित आक्रमण, कम्तीमा २२ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं, पुस १६ । यमनको एडन विमानस्थलमा प्रधानमन्त्री र मन्त्रिपरिषद सदस्यहरूलाई लक्षित गरी भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आक्रमणमा ५० भन्दा बढी घाइते भएका छन् । द्वन्द्वग्रस्त यमनका नवनियुक्त मन्त्रीहरू सवार विमान अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै विस्फोट भएको बीबीसीले जनाएको छ । सहायतामा जुटेकाहरू पनि घटनामा हताहत भएको जनाइएको छ । त्यहाँका प्रधानमन्त्री मीन अब्दुल मलिकले आफू र मन्त्रिपरिषद् सदस्यहरू ‘सकुशल’ रहेको बताएका छन्। यमनको एउटा समाचार वेबसाइट अल-मस्दरलाई उद्धृत गर्दै बीबसीले जनाएअनुसार श्रम मन्त्रालयका उपसचिव मारिएको र दुई जना उपमन्त्री घाइते भएको उल्लेख गरेको छ। सूचना मन्त्रीले हुथी विद्रोहीहरूले ‘कायरतापूर्ण आतङ्कवादी कार्य’ गरेको आरोप लगाएका छन्। बीबीसीको एउटा भिडिओ फुटेजमा यात्रीहरू उत्रिँदै गरेका बेला ठूलो विस्फोट भएको देख्न सकिन्छ । मन...
कोरोना कहरः विश्वमा थप ९ हजारभन्दा बढी संक्रमितको मृत्यु

कोरोना कहरः विश्वमा थप ९ हजारभन्दा बढी संक्रमितको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं, पुस १५ । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ९ हजार ३५ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ लाख ७१ हजार १२८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ४४ हजार ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै विश्वमा कूल कोरोना संक्रमितको संख्या ८ करोड १ लाख ५५ हजार १८७ पुगेको छ ।...
भारतमा ६ जनामा नयाँ कोरोना भाइरस पुष्टि, सबै उडानमाथि प्रतिबन्ध

भारतमा ६ जनामा नयाँ कोरोना भाइरस पुष्टि, सबै उडानमाथि प्रतिबन्ध

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, पुस १४ । भारतमा बेलायतबाट फर्किएका ६ जनामा नयाँ प्रकारको कोरोना भाइरस भेटिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिले कोरोनाको नयाँ भेरियन्ट भेटिएका सबैलाई आइसोलेसनमा राखिएको छ । उनीहरुको निकट सम्पर्कमा आएकाहरुलाई पनि क्वारेन्टिनमा राखिएको छ । भारतले बेलायतमा कोरोनाको नयाँ प्रकार देखिएसँगै बेलायतबाट आउने सबै उडानमा रोक लगाएको छ । तर, नोभेम्बरको अन्तिम यता प्रतिबन्ध लाग्नुपूर्व बेलायतबाट भारतमा ३३ हजार यात्रुहरु आएका थिए । बेलायतबाट आएकामध्ये ११४ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएका मानिसहरुको नमुनामा नयाँ भेरियन्टको पहिचान गर्ने काम भइरहेको स्वास्थ्य मन्त्रालयले बताएको छ । बेलायतमा हुने सबै उडानमाथि प्रतिबन्ध लगाएको छ । नयाँ भेरियन्ट देखिएसँगै सतर्कता बढाइएको स्वास्थ्य मन्त्रालयले बताएको छ । भारतले जनवरीबाट मुलुकमा कोरोना खोप कार...
चिनियाँ  टोलीकाे सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता, के भयाे छलफल?

चिनियाँ टोलीकाे सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता, के भयाे छलफल?

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, पुस १४ नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका टोली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता गरेका छन। केहि समय अगाडि  शेरबहादुर देउवासँग भेटेका चिनियाँ टोलीले भर्खरै सभामुख सापकोटा सँग भेटेका हुन। भेटमा  विघटन भइसकेको संसद् चलाउने सम्भावना रहने–नरहनेलगायतको विषयमा छलफल भएको  छ। राजनीतिक विकासक्रमबारे चासो व्यक्त गरेका चिनियाँ टोलीले सभामुखसँग सोहि बिषयमा छलफल गरेका थिए। टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल एवं जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईसँग  भेट गरिसकेको छ।...