Friday, May 3
Shadow

अन्तर्राष्ट्रिय

फेसबुक र ट्विटरले गरे ट्रम्पको एकाउण्ट १२ घण्टाका लागि बन्द

फेसबुक र ट्विटरले गरे ट्रम्पको एकाउण्ट १२ घण्टाका लागि बन्द

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं , पुस २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र ट्विटर एकाउण्ट बन्द गरिएको छ । फेसबुकले २४ घण्टाका लागि र ट्विटरले १२ घण्टाका लागि ट्रम्पको एकाउण्ट बन्द गरेको हो । दुवै कम्पनीले आफ्नो कम्पनीको निती विपरित भएको भन्दै ट्रम्पको एकाउण्ट बन्द गरिएको जनाएका छन् । फेसबुकले लेखेको छ, ‘राष्ट्रपति ट्रम्पले फेसबुकको दुई नितिको उल्लघंन गरेका छन् जसका कारण उनको एकाउण्ट २४ घण्टाका लागि बन्द गरिएको छ यानेकि उनले कुनै पोष्ट गर्न पाउने छैनन् । ट्विटरले पनि वासिङ्गटन डिसीमा देखिएको हिंसात्मक गतिविधिलाई हेर्दा ट्रम्पका तीनवटा ट्विटस हटाउनु पर्ने देखिएको बताएको छ । ट्विटरले लेखेको छ, ‘ती ट्विटसले हाम्रो संस्थाको ‘सिविक इंटेग्रिटी पेलिसी’ उल्लघंन गर्छ ।’ ट्विटरले तीन ट्विटस नहटाए ट्रम्पको एकाउण्ट सधैका लागि लक हुने समेत चेतावनी दिएको छ । ट्रम्पका समर्थकले अमेरिकी संसदमै हतिय...
अमेरिकी संसद भवनमा ट्रम्प समर्थकको हिंसा, एक जनाको मृत्यु, वाशिंटन डिसीमा कर्फ्यु

अमेरिकी संसद भवनमा ट्रम्प समर्थकको हिंसा, एक जनाको मृत्यु, वाशिंटन डिसीमा कर्फ्यु

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , पुस २३ । अमेरिकाको वाशिंगटन डिसीमा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले हिंसा गरेपछि कर्फ्यु लगाइएको छ । अमेरिकाको वाशिंटन डिसीमा स्थित संसद भवन रहेको क्यापिटल हिल्समा ट्रम्प समर्थक पुगेर हिँसा गरेपछि कर्फ्यु लगाइएको हो । संसदको काँग्रेस र सिनेटमा निर्वाचन प्रमाणित हुने प्रकिया चलिरहेका बेला ट्रम्पक समर्थक सभा हल भित्र पसेका थिए । ससंद भवनभित्र पसेका सयौं प्रदर्शनकारी सभामुखको च्याम्बरदेखि संसद हल लगायतका ठाउमा प्रवेश गरेर तोडफोड गर्न शुरु गरेपछि अस्तव्यस्त भएको थियो । प्रदर्शनकारीहरु संसद भवनभित्र पसेपछि सांसदहरुलाई उद्दार गरेर भवन बाहिर निकालिएको थियो । प्रदर्शनकारीले तोडफोड गर्न थालेपछि संसद भवनमै असुर्ग्यास प्रहार गरिएको थियो ।अवस्था नियन्त्रण बाहिर गएपछि क्यापिटल हिल क्षेत्रमा नेशनल गार्ड परिचालन गरिएको छ । यसैक्रममा सुरक्षाकर्मिले चलाएको गोलि लागेर एक महिलाको मृ...
भारतमा बर्डफ्लू, दक्षिणी नाकामा कडाइ

भारतमा बर्डफ्लू, दक्षिणी नाकामा कडाइ

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २३ । करीब एक सातादेखि भारतमा देखिएको बर्डफ्लू रोगका कारण भारतको विभिन्न राज्यमा हाँस तथा चराहरू मर्न थालेपछि नेपालले सुरक्षा सतर्कताका लागि दक्षिणी नाकामा कडाइ गर्ने भएको छ । नेपालमा बर्डफ्लू फैलिन नदिनका लागि नाकामा कडाइ गर्ने तयारी भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले भारतसँग सीमाना जोडिएका तराईका जिल्लाहरूमा सुरक्षा सर्तकता अपनाउन जिल्ला पशु कार्यालयलगायत सम्बद्ध निकायमा खबर गरिसकेको मन्त्रालयका प्रवक्ता डा। श्रीराम घिमिरेले जानकारी दिए । उनका अनुसार मन्त्रालयले जिल्ला तथा स्थानीय निकायहरूलाई सुरक्षा व्यवस्थाका लागि आवश्यक पर्ने थप जनशक्ति तथा मेशिनरी सामग्रीहरू चाहिएमा पनि जानकारी गराउन निर्देशन दिइसकेको छ । नेपालमा बर्डफ्लूको संक्रमण आउन नदिन तथा आइहालेमा रोकथामका प्रक्रिया अघि बढाउने बारेमा योजना बनाउन पशुसेवा विभागले समेत...
दक्षिण कोरियाले बनायो बिमानभन्दा छिटो कुद्ने रेल

दक्षिण कोरियाले बनायो बिमानभन्दा छिटो कुद्ने रेल

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, पुस २२ । कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको ‘कोरेल’ले बताएको छ । हाइपरट्युब कोरियाको हाइपरलुप रेलको नयाँ संस्करण हो । कोरिया सरकारले हाइपरट्युब प्रोजेक्टका लागि सन् २०१७ देखि काम शुरु गरेको थियो । गत सेप्टेम्बरमा उक्त अवधारणाको पहिलो सफलतास्वरूप प्रतिघण्टा ७१४ किलोमिटरका दरले कुद्न सफल भएको थियो । नयाँ घोषणाअनुसार अब पहिला देखिएका सबै ‘फल्ट’हरु समाधान गरी प्रतिघण्टा एक हजार किलोमिटरभन्दा बढीको गतिमा कुद्न सक्ने गरी रेल प्रणालीको सफल परीक्षण सम्पन्न भएको कोरेलले बताएको छ । दक्षिण कोरियाले विकास गरेको उक्त रेलको गति युरोपदेखि एशियासम्म लामो दूरीको उडान गर्ने विमानको भन्दा तीव्र भएको समेत दाबी गर...
साउदी अरेबियाले कतारमाथि लगाएको प्रतिबन्ध हटायो

साउदी अरेबियाले कतारमाथि लगाएको प्रतिबन्ध हटायो

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाण्डौ , पुस २१ । साउदी अरेबियाले कतारमाथि लगाएको प्रतिबन्ध हटाएको छ । कुबेतका विदेशमन्त्री अहमद नासेर अल सबाबले साउदी अरेबियाले कतारसँगको हवाई, जमिन तथा समुद्री सीमानाका खुलाउने सहमति बनेको जानकारी दिए । एक टेलिभिजनमा कुराकानीका क्रममा उनले कतारमाथि लागेको प्रतिबन्ध हटाउन साउदी अरेबिया तयार भएको बताएका हुन् । कतारले आतंकवादलाई प्रश्रय दिएको भन्दै साउदी अरेबियासहित चार देशले कतारसँगको सम्बन्धविच्छेद गरेकोमा साउदी अरेबियाले सबै सीमानाका खुलाएको कुबेतका विदेशमन्त्रीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गल्फ कोअपरेशन काउन्सिल ९जीसीसी०को सम्मेलनको पूर्वसन्ध्यामा साउदी अरेबियाले यो निर्णय गरेको र यसलाई अर्थपूर्णरुपमा लिएको गल्फ न्यूजले जनाएको छ । सन् २०१७ जुनदेखि साउदी अरेबियासहित, यूएई, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक, व्यापार र यातायात सम्पर्कबिच्छ...
बेलायतमा नयाँ कोरोना भाइरस तीव्र फैलिँदै, फेरि लकडाउन

बेलायतमा नयाँ कोरोना भाइरस तीव्र फैलिँदै, फेरि लकडाउन

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
  काठमाडौं, पुस २१ । नयाँ स्वरुपको कोरोना भाइरस तीव्र रुपमा फैलिन नरोकिएपछि बेलायत सरकारले फेरि देशव्यापी लकडाउन घोषणा गरेको छ । सोमबार बेलुका टेलिभिजन सम्बोधनमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा लकडाउन घोषणा गरेका हुन् । बेलायतमा देशव्यापी लकडाउन गरिएको यो तेस्रोपटक हो । पहिलो चरणमा गत वर्षको मार्च २३ बाट सुरु लकडाउन ३ महिनाभन्दा लामो समय कायम राखिएको थियो । दोस्रो चरणमा नोभेम्बर ५ देखि ४ हप्ते लकडाउन गरिएको थियो। डिसेम्बर २ मा दोस्रो लकडाउन खुलाइएसँगै संक्रमणको आधारमा क्षेत्रगत प्रतिबन्धहरु लगाइएको थियो । नयाँ लकडाउन घोषणाका क्रममा प्रधानमन्त्री जोन्सनले अत्यावश्यक क्षेत्रमा कार्यरत ‘कि वर्कर’ र निर्माण क्षेत्रमा कार्यरत कामदारबाहेक अरु सबैलाई घरबाटै काम गर्न आह्वान गरेका छन् । खाद्यान्न र औषधि किन्न, दिनमा एकपटक शारीरिक व्यायाम गर्न, जोखिममा रहेका मानिसको...
कोरोना महामारीः विश्वमा एकैदिन ७ हजार संक्रमितको मृत्यु, १ लाख ६ हजारको स्वास्थ्य गम्भीर

कोरोना महामारीः विश्वमा एकैदिन ७ हजार संक्रमितको मृत्यु, १ लाख ६ हजारको स्वास्थ्य गम्भीर

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, समाज
  काठमाडौँ, पुस २० । विश्वमा एकैदिन ५ लाख ४ हजार ९१६ कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ८ करोड ५४ लाख ८९ हजार ४६२ पुगेको छ । सोमबार बिहानको तथ्याङ्क अनुसार २ करोड ३१ लाख ९५ हजार ७८५ जनामा सक्रिय संक्रमण छ । उनीहरुको विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ । उपचाररतमध्ये १ लाख ६ हजार २२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । विश्वमा एकैदिन ७ हजार ९७ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ लाख ५० हजार २०९ पुगेको छ ।६ करोड ४ लाख ४३ हजार ४६८ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा आज एकैदिन १ लाख ९२ हजार १०० संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ११ लाख ११ हजार २९१ पुगेको छ । एकैदिन १ हजार ३८७ जनाले ज्यान गुमाएपछि अमेरिकामा कोरोना संक्रमणब...
साउदी अरेबियाले विदेशी उडानमा लगाएको प्रतिबन्ध हटायो

साउदी अरेबियाले विदेशी उडानमा लगाएको प्रतिबन्ध हटायो

अन्तर्राष्ट्रिय, समाचार
काठमाण्डौं, पुष १९ साउदी अरेबियाले गत डिसेम्बरमा लगाएको अस्थायी यात्रा प्रतिबन्ध हटाएको छ । साउदीले कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) मुलुकमा फैलिन नदिन विदेशी उडानमा रोक लगाउने निर्णय गरेको थियो । आइतबार साउदी गृह मन्त्रालयले प्रतिबन्ध हटेको जानकारी दिएको हो । मन्त्रालयका अनुसार साउदीले लगाएको हवाई, जमिन तथा समुद्री मार्ग हुँदै मुलुक प्रवेश गर्ने नाका खुला गरिएको हो । यद्यपि केही प्रतिबन्ध भने अझै पनि कायम रहनेछ । बेलायत, दक्षिण अफ्रिका र अन्य मुलुकहरुबाट आएका नागरिकहरुले साउदी अरेबिया प्रवेश गर्नुभन्दा १४ पहिला यी मुलुकहरुभन्दा बाहिर रहनुपर्नेछ । कोरोनाको नयाँ प्रकार देखिएका मुलुकबाट आउने साउदी नागरिकले पनि आफ्नो घरमा १४ दिन निगरानीमा बस्नुपर्नेछ ।...
बोइङ्गका ग्राउण्डेड विमान उड्न थाले

बोइङ्गका ग्राउण्डेड विमान उड्न थाले

अन्तर्राष्ट्रिय, समाचार
काठमाणडौं, पुष १८  दुई वर्षअघि भएका मानवीय क्षतिसहितका दुईवटा ठूला दुर्घटनापछि ग्राउण्डेड विमानहरूलाई अमेरिकन एअरलाइन्सले उडाउन थालेको छ । २०१९ को मार्चदेखि विश्वव्यापी उडानमा रोक लगाइएका बोइङ्गका ७३७ म्याक्स विमानलाई अमेरिकी एयरलाइन्सले हालै मायामीबाट न्यूयोर्कतर्फ उडान नं. ७१८ मा प्रयोग गरेको हो । अमेरिकी हवाई उडानसम्बन्धी नियामक निकायले बोइङ्गका ७३७ म्याक्स विमानमाथि लगाएको झण्डै दुई वर्षको उडान प्रतिबन्ध हटाएको हो । उक्त सिरिजका विमानलाई २०१९ को मार्चमा इण्डोनेशिया र लगत्तै इथियोपियाका छुट्टाछुट्टै दुर्घटनामा ३ सय ४६ जनाको ज्यान गएपछि विश्वव्यापी उडानमा प्रतिबन्ध लगाइएको थियो । प्राप्त समाचारमा जनाइएअनुसार प्राविधिक कमजोरी र दुर्घटनाबारे व्यापक अनुसन्धानपश्चात् विमानमा नयाँ उपकरण थप गरेर उडान हुन थालेको हो । दुर्घटनापछि अमेरिकी सांसद तथा हवाई सुरक्षा अधिकारीहरूले उक्त विमा...
हङकङमा पनि मनाइयो नेपाली राष्ट्रिय टोपी दिवस

हङकङमा पनि मनाइयो नेपाली राष्ट्रिय टोपी दिवस

अन्तर्राष्ट्रिय, जिवनसैली, समाचार
काठमाण्डौं, पुष १८ हरेक वर्ष जनवरी १ तारिखका दिन मनाउन थालिएको टोपी दिवस हङकङमा रहेका नेपालीहरुले पनि मनाएका छन्।शुक्रवार हङकङको पर्यटकियस्थल स्टार फेरिमा नेपालीहरुले भेला भएर टोपी दिवस मनाएका हुन्। स्टार फेरिमा सबैजना ढाका टोपीमा सजिएका थिए। हरेक अंग्रेजी वर्षको पहिलो दिन मनाइने टोपी दिवसलाई नेपालीहरुको पहिचान र गौरवको रुप लिने गरिएको छ। सुरुका दिनहरुबाटै यस दिवसमा सहभागी हुँदै आएका नेपाल च्याम्बर्स अफ कमर्स हङक का उपाध्यक्ष लब कुमार गुरुङका अनुसार यसपटकको टोपी दिवस विशेष रह्यो। उनले नेपालखबरसँग भने,‘कोभिड कहरका बाबजुद टोपी दिवस मनाउन मनाउन सफल भएका छौं। सरकारले तोकेको सामाजिक दुरिको नियमलाई कायम गर्दै दिवस मनायौं। हाम्रो नेपाली टोपी अन्य देशका टोपीहरु भन्दा पृथक छ, यो नै हाम्रो अद्दितिय पहिचान हो।’ पछिल्लो समय ढाका टोपी तथा ढाका सम्बन्धित सामग्रीहरुले ब्याबसायिक सफ...