Saturday, April 20
Shadow

फेसबुक र ट्विटरले गरे ट्रम्पको एकाउण्ट १२ घण्टाका लागि बन्द


  • -इ
  • इ+

काठमाडौं , पुस २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र ट्विटर एकाउण्ट बन्द गरिएको छ । फेसबुकले २४ घण्टाका लागि र ट्विटरले १२ घण्टाका लागि ट्रम्पको एकाउण्ट बन्द गरेको हो ।

दुवै कम्पनीले आफ्नो कम्पनीको निती विपरित भएको भन्दै ट्रम्पको एकाउण्ट बन्द गरिएको जनाएका छन् ।

फेसबुकले लेखेको छ, ‘राष्ट्रपति ट्रम्पले फेसबुकको दुई नितिको उल्लघंन गरेका छन् जसका कारण उनको एकाउण्ट २४ घण्टाका लागि बन्द गरिएको छ यानेकि उनले कुनै पोष्ट गर्न पाउने छैनन् ।

ट्विटरले पनि वासिङ्गटन डिसीमा देखिएको हिंसात्मक गतिविधिलाई हेर्दा ट्रम्पका तीनवटा ट्विटस हटाउनु पर्ने देखिएको बताएको छ । ट्विटरले लेखेको छ, ‘ती ट्विटसले हाम्रो संस्थाको ‘सिविक इंटेग्रिटी पेलिसी’ उल्लघंन गर्छ ।’

ट्विटरले तीन ट्विटस नहटाए ट्रम्पको एकाउण्ट सधैका लागि लक हुने समेत चेतावनी दिएको छ ।

ट्रम्पका समर्थकले अमेरिकी संसदमै हतियारहित आक्रमण गरेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares