Tuesday, April 23
Shadow

साउदी अरेबियाले कतारमाथि लगाएको प्रतिबन्ध हटायो


  • -इ
  • इ+

काठमाण्डौ , पुस २१ । साउदी अरेबियाले कतारमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।

कुबेतका विदेशमन्त्री अहमद नासेर अल सबाबले साउदी अरेबियाले कतारसँगको हवाई, जमिन तथा समुद्री सीमानाका खुलाउने सहमति बनेको जानकारी दिए । एक टेलिभिजनमा कुराकानीका क्रममा उनले कतारमाथि लागेको प्रतिबन्ध हटाउन साउदी अरेबिया तयार भएको बताएका हुन् ।

कतारले आतंकवादलाई प्रश्रय दिएको भन्दै साउदी अरेबियासहित चार देशले कतारसँगको सम्बन्धविच्छेद गरेकोमा साउदी अरेबियाले सबै सीमानाका खुलाएको कुबेतका विदेशमन्त्रीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गल्फ कोअपरेशन काउन्सिल ९जीसीसी०को सम्मेलनको पूर्वसन्ध्यामा साउदी अरेबियाले यो निर्णय गरेको र यसलाई अर्थपूर्णरुपमा लिएको गल्फ न्यूजले जनाएको छ ।

सन् २०१७ जुनदेखि साउदी अरेबियासहित, यूएई, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक, व्यापार र यातायात सम्पर्कबिच्छेद गरेका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares