Wednesday, April 24
Shadow

भारतमा बर्डफ्लू, दक्षिणी नाकामा कडाइ


  • -इ
  • इ+

काठमाडौं, पुस २३ । करीब एक सातादेखि भारतमा देखिएको बर्डफ्लू रोगका कारण भारतको विभिन्न राज्यमा हाँस तथा चराहरू मर्न थालेपछि नेपालले सुरक्षा सतर्कताका लागि दक्षिणी नाकामा कडाइ गर्ने भएको छ ।

नेपालमा बर्डफ्लू फैलिन नदिनका लागि नाकामा कडाइ गर्ने तयारी भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले भारतसँग सीमाना जोडिएका तराईका जिल्लाहरूमा सुरक्षा सर्तकता अपनाउन जिल्ला पशु कार्यालयलगायत सम्बद्ध निकायमा खबर गरिसकेको मन्त्रालयका प्रवक्ता डा। श्रीराम घिमिरेले जानकारी दिए ।

उनका अनुसार मन्त्रालयले जिल्ला तथा स्थानीय निकायहरूलाई सुरक्षा व्यवस्थाका लागि आवश्यक पर्ने थप जनशक्ति तथा मेशिनरी सामग्रीहरू चाहिएमा पनि जानकारी गराउन निर्देशन दिइसकेको छ ।

नेपालमा बर्डफ्लूको संक्रमण आउन नदिन तथा आइहालेमा रोकथामका प्रक्रिया अघि बढाउने बारेमा योजना बनाउन पशुसेवा विभागले समेत तयारी थालेको बताइएको छ । पशुसेवा विभागका सूचना अधिकारी डा। चन्द्र ढकालका अनुसार बिहीवार विभागले नेपालमा बर्डफ्लू भित्रिन नदिने उपाय अवलम्बन गर्न छलफल थाल्ने भएको छ ।

भारतको उत्तरी राज्य हिमाचल प्रदेशदेखि केरला, इन्दोर, हरियाणालगायत क्षेत्रमा समेत बर्डफ्लूको ठूलो असर देखिएपछि त्यहाँको संघीय सरकारले संक्रमणलाई थप फैलिन नदिन उच्च सर्तकता अपनाउनुका साथै अल्पकालीन उपायहरू समेत अवलम्बन गर्न थालेको खबरहरू सार्वजनिक भएका छन् । आर्थिक अभियान दैनिकबाट

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares