काठमाडौँ , पुस २३ । अमेरिकाको वाशिंगटन डिसीमा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले हिंसा गरेपछि कर्फ्यु लगाइएको छ । अमेरिकाको वाशिंटन डिसीमा स्थित संसद भवन रहेको क्यापिटल हिल्समा ट्रम्प समर्थक पुगेर हिँसा गरेपछि कर्फ्यु लगाइएको हो ।
संसदको काँग्रेस र सिनेटमा निर्वाचन प्रमाणित हुने प्रकिया चलिरहेका बेला ट्रम्पक समर्थक सभा हल भित्र पसेका थिए ।
ससंद भवनभित्र पसेका सयौं प्रदर्शनकारी सभामुखको च्याम्बरदेखि संसद हल लगायतका ठाउमा प्रवेश गरेर तोडफोड गर्न शुरु गरेपछि अस्तव्यस्त भएको थियो । प्रदर्शनकारीहरु संसद भवनभित्र पसेपछि सांसदहरुलाई उद्दार गरेर भवन बाहिर निकालिएको थियो ।
प्रदर्शनकारीले तोडफोड गर्न थालेपछि संसद भवनमै असुर्ग्यास प्रहार गरिएको थियो ।अवस्था नियन्त्रण बाहिर गएपछि क्यापिटल हिल क्षेत्रमा नेशनल गार्ड परिचालन गरिएको छ । यसैक्रममा सुरक्षाकर्मिले चलाएको गोलि लागेर एक महिलाको मृत्यु भएको छ ।
सिनेट हल भित्र देखिएका प्रदर्शनकारीहरु हतियारसहित देखिएका थिए । यस अघि ट्रम्पले हजारौको र्याली गर्दै चुनाव रद्ध गर्नुपर्ने माग गरेका थिए ।ट्रम्पका समर्थक अन्धाधुन्ध आक्रमणमा उत्रिएपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन गोली चलाएको थियो । घटनामा एक महिलाको मृत्यु भएको वासिङ्टन पोष्टले जनाएको छ ।
अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले यसलाई ुबिद्रोहु को संज्ञा दिदै लोकतन्त्रको प्रक्रियालाई गाडी दिनुपर्ने बताएका छन् । उनले राष्ट्रपति ट्रम्पलाई आगाडी बढेर यो घेराबन्दीलाई अन्त्य गर्न आग्रह गरेका छन् । उनले यसलाई राजद्रोहको संज्ञा दिदै आपत्ति जनाएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले एक भिडियो सन्देश जारी गर्दै प्रदर्शन नगर्न आग्रह गरेपनि उनको भिडियोमा आफुले प्रदर्शन गर्ने सबैलाई माया गर्ने बताएका छन् । चुनाव आफुहरुसँग चोरिएको भन्दै प्रदर्शन नगर्न आग्रह गरेका थिए ।
यसैबीच अमेरिकी उपराष्ट्रपति माइक पेन्सले एक लिखित बयान जारी गर्दै आफुले निर्वाचनको परिणाम उल्टाउन नसक्ने स्पष्ट गरेका छन् । पेन्सले आफुलाई रिपब्लिकन सांसद र राष्ट्रपति डोनाल्ड ट्रम्पबाट दबाब रहेपनि आफुमा मत परिणाम उल्टाउने र बाइडेनको जित रोक्ने अधिकार नभएको बताएका छन् ।