Saturday, April 20
Shadow

अन्तर्राष्ट्रिय

उत्तर कोरियाले गर्यो परमाणु तथा सैन्य क्षमता बिस्तारको घोषणा

उत्तर कोरियाले गर्यो परमाणु तथा सैन्य क्षमता बिस्तारको घोषणा

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, पुस २५ । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा नेता किमले उत्तर कोरियाको परमाणु हतियार तथा सैन्य क्षमता बिस्तार गर्ने पनि घोषणा गरेका छन् । उनले अमेरिका आफ्नो सबैभन्दा ठूलो शत्रु रहेको बताएका छन् । उत्तर कोरियाका लागि अमेरिकी सत्तामा आउने फेरबदलले आफ्नो देशप्रतिको रणनीति परिवर्तन गर्ने कुनै अपेक्षा नरहेको नेता किमले बताएका छन् । सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा नेता किमले उत्तर कोरियाको परमाणु हतियार तथा सैन्य क्षमता बिस्तार गर्ने पनि घोषणा गरेका छन् ।अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्न केही दिन बाँकी रहेका समय नेता किमको टिप्पणी आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । आउँदै गरेको अमेरिकी नयाँ प्रशासनमाथि दबाब बढाउनका लागि किमले यस्तो टिप्पणी गरेको विश्लेषकले बत...
अस्पतालमा भीषण आगलागी, १० नवजातको मृत्यु

अस्पतालमा भीषण आगलागी, १० नवजातको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, पुस २५ । एक अस्पतालमा भीषण आगलागी भएको छ । भारतको महाराष्ट्रस्थित रहेको एक अस्पतालमा भीषण आगलागी भएको हो । आगलागीका कारण १० नवजात शिशुको मृत्यु भएको छ । उनीहरुको उमेर एक दिनदेखि ३ महिनासम्म रहेको छ । आगलागीका कारण शर्ट सर्किट बताइएको छ । जिल्ला अस्पतालमा शनिबार बिहानै अगलागी भएको हो । आगलागी न्यूबर्न केयर युनिटमा बिहानै २ बजे लागेको अस्पतालका सिभिल सर्जन प्रमोद खांडतेले बताए । युनिटबाट सात शिशुलाई बचाइएको छ ।...
कोरोना प्रकोप : विश्वभर ६ करोड ३९ लाखभन्दा बढीले जिते , मृत्यु कति ?

कोरोना प्रकोप : विश्वभर ६ करोड ३९ लाखभन्दा बढीले जिते , मृत्यु कति ?

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, पुस २५ । विश्वभर ६ करोड ३९ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् ।शनिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर ८ करोड ९३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्र ८ लाख २० हजारभन्दा बढीमा संक्रमण भएको छ । यो समाचार तयार पार्दासम्म कुल संक्रमितको ७१ प्रतिशतभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा ३ लाखभन्दा बढी निको भएपछि संक्रमणमुक्त हुनेको संख्या ६ करोड ३९ हजार ९४ हजार नाघेको छ । अहिलेसम्म १९ लाख २० हजार ७९० संक्रमितको मृत्यु भएको छ । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २।१५ प्रतिशत हो । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १४ हजारभन्दा धेरैको मृत्यु भएको छ । कुल संक्रमितको २६।२१ प्रतिशत संक्रमित अहिले पनि उपचारका क्रममा छन् । अर्थात सक्रिय संक्रिमतको संख्या २ करोड ३४ लाख १६ हजार ५३६ छ । यसमध्ये १ लाख ८ हजार ८५४ जनाको अवस्था...
ट्वीटरले सँधैका लागि बन्द गरिदियो ट्रम्पको खाता

ट्वीटरले सँधैका लागि बन्द गरिदियो ट्रम्पको खाता

अन्तर्राष्ट्रिय, मुख्य समाचार
  काठमडौं, पुस २५ । सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको खाता सँधैका लागि बन्द गरिदिएको छ । सामाजिक सञ्जालबाट झूठ फैलाइरहेको भन्दै पटक पटक आंशिक प्रतिबन्धमा परेको ट्रम्पको खाता संसद भवनमाथि उहाँ समर्थक हिंस्रक भीडले आक्रमण गरेपछि फेरि रोक लगाएको थियो । बिहीबार ट्रम्पको खातामाथि लगाइएको प्रतिबन्ध केही समयका लागि खोलिएको भए पनि फेरि अमेरिकी समय शुक्रबारबाट भने सँधैका लागि बन्द गरिएको ट्वीटरले जनाएको हो । खाता बन्द गर्दै ट्वीटरले भनेको छ, ‘हालैमा उनले गरेको ट्वीटको नजिकबाट समीक्षा र हालै गराइएको घटनालाई ध्यान दिँदै हिंसा भड्काउने जोखिमका कारण हामीले राष्ट्रपति ट्रम्पको अकाउन्टको स्थायी रुपमा बन्द गरिदिएका छौं ।’ यसअघि जनवरी ६ मा ट्रम्पको खातामा १२ घण्टाका लागि ट्वीटरले प्रतिबन्ध लगाएको थियो ।...
कोरोनाले १० चिकित्कसको मृत्यु, १५ जना आइसीयूमा भर्ना

कोरोनाले १० चिकित्कसको मृत्यु, १५ जना आइसीयूमा भर्ना

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार
  काठमाडौं, पुस २५ । कोरोना भाइरस सङ्क्रमित लेबनानका १० चिकित्सकको मृत्यु भएको छ । कोरोनाबाट सङ्क्रमित भएकामध्ये अरू १५ चिकित्सक अति सघन कक्षमा उपचार गराइरहेका छन् भने झण्डै २०० जना क्वारेन्टिनमा रहेका छन् । लेबनानको चिकित्सासम्वन्धी एउटा सवैभन्दा ठूलो संस्थाका प्रमुख रहेका चाराफ अबोले भने, ‘महामारीले नराम्ररी सताउने छ, सवै आम नागरिक अत्यन्त संवेदनशिल र सचेत हुन आवश्यक छ, स्वास्थ्यकर्मीहरुले पनि काम गर्दा उच्च सतर्कता अपनाउनु पर्छ ।’ लेबनानमा पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ४४० जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो वृद्धिसँगै लेवनानमा कोरोना संक्रमितको सङ्ख्या दुई लाख १० हजार १३९ पुगेको छ ।...
अन्तत: तयार भए सत्ता हस्तान्तरणका लागि ट्रम्प

अन्तत: तयार भए सत्ता हस्तान्तरणका लागि ट्रम्प

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं , पुस २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प व्यवस्थित सत्ता हस्तान्तरणका लागि तयार भएका छन् । उनले एक भिडियो सन्देशमार्फत आफू सत्ता हस्तान्तरणका लागि तयार रहेको जनाएका हुन् । अमेरिकी संसद् भवन (क्यापिटल बिल्डिङ)मा हिंसा भएको २४ घण्टापछि उनको धारणा आएको बिबिसीले जनाएको छ । मैले अमेरिकी संसद् (क्यापिटल बिल्डिङ)मा भएको हिंसाबाट सुरु गर्न चाहन्छु । बाँकी अमेरिकीजस्तै म पनि उक्त हिंसाबाट उत्पन्न परिस्थितिप्रति दुखी छु । त्यहाँको सुरक्षा व्यवस्था शान्त पार्नका लागि मैले तत्कालै सुरक्षा फोर्स तैनाथ गर्न निर्देशन दिएको थिएँ, उनले भनेका छन् । ट्रम्पले हिंसामा संलग्न आफ्नो देशका नागरिक हुनै नसक्ने बताउँदै जसले कानुन तोडेका छन् उनीहरू कारबाहीको भागिदार हुनुपर्ने बताए ।...
मन्दिरमै सामुहिक बलात्कारपछि हत्या, मुख्य अभियुक्त पुजारी पक्राउ

मन्दिरमै सामुहिक बलात्कारपछि हत्या, मुख्य अभियुक्त पुजारी पक्राउ

अन्तर्राष्ट्रिय, अपराध
काठमाडौं, पुस २४ । भारतको उत्तर प्रदेशअन्तर्गत बदायुन जिल्लास्थित मन्दिरमा एक महिलालाई सामुहिक बलात्कारपछि हत्याका मुख्य अभियुक्त पुजारी सत्यनारायणलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार अभियुक्त पुजारीलाई मेवली गाउँस्थित एक भक्तजनको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो । गाउँलेले पुजारीलाई समातेर प्रहरीलाई खबर गरेका थिए । ती पुजारीबारे खबर गर्नेलाई ५० हजार भारतीय रुपैयाँ पुरस्कार दिने प्रहरीले घोषणा गरेको थियो । बदायुन जिल्लाको उघैती क्षेत्रमा ५० वर्षीया महिलालाई सामुहिक बलात्कारपछि हत्या गरिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार ती महिला गत आइतबार साँझ मन्दिरमा पूजा गर्न गएका बेला यो घटना भएको थियो । बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरीले यसअघि पुजारीका दुई साथीलाई पक्राउ गरिसकेको छ । एजेन्सी...
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख नाघ्यो

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख नाघ्यो

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस २४ । विश्वभर कोरोना भाइरस (कोभिड-१९)का कारण मृत्यु हुनेको संख्या १९ लाख नाघेको छ । गएको २४ घण्टामा १४ हजारभन्दा बढीको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १९ लाख ५ हजार नाघेको वल्डोमिटरले जनाएको छ । गएको २४ घण्टामा यो खबर तयार पार्दासम्म ७ लाख ९५ हजार संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमण पुष्टि हुनेको संख्या ८ करोड ४ लाख नाघेको छ । जसमध्ये ६ करोड ३५ लाख निको भएका छन् भने १९ लाख ५ हजारको मृत्यु भएको हो । अझै पनि २ करोड २९ लाख सक्रिय संक्रमित रहेकामा १ लाख ८ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको पाइएको छ ।...
ट्रम्पको चर्को आलोचना, तत्काल राष्ट्रपतिबाट हटाउन माग, महाअभियोग लगाउन सकिने चेतावनी

ट्रम्पको चर्को आलोचना, तत्काल राष्ट्रपतिबाट हटाउन माग, महाअभियोग लगाउन सकिने चेतावनी

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ, पुस २४ । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसदमा हमला गरेपछि दुवै सदनका विपक्षीहरूले ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन माग गरेका छन्।सभामुख न्यान्सी पेलोसीले ट्रम्पलाई जिम्मेवारीबाट नहटाइए उनीमाथि महाअभियोग लगाउन सकिने चेतावनी दिएकी छन् । डेमोक्र्याटिक सिनेटर चक सुमरले ट्रम्पलाई तुरुन्तै हटाउनुपर्ने बताएका छन् ।ट्रम्पलाई हटाउनुपर्ने माग गर्नेमा बाइडनको डेमोक्र्याटिक पार्टीका सांसदहरू धेरै रहेका छन्।सुमरले एकदिन पनि ट्रम्पलाई राष्ट्रपतिका रूपम राख्नु नहुने बताए । ट्रम्पले यही जनवरी २० मा राष्ट्रपति पद जो बाइडनलाई हस्तान्तरण गर्नुपर्नेछ । तर त्यसअघि नै उनलाई हटाउनुपर्ने माग तीव्र भएको हो।उनले ट्रम्पको मन्त्रिमण्डललाई अमेरिकी संविधानको २५औँ संशोधनलाई प्रयोग गरेर राष्ट्रपतिलाई हटाउन माग गरे। उक्त संशोधनले मानसिक र शारीरिक समस्याका कारण काम गर्न नसक्ने अवस्थामा...
अमेरिकाको राजधानीमा हिंसात्मक प्रदर्शनका क्रममा चारजनाको मृत्यु

अमेरिकाको राजधानीमा हिंसात्मक प्रदर्शनका क्रममा चारजनाको मृत्यु

अन्तर्राष्ट्रिय, दुर्घटना, ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २३ वासिङटन डिसी प्रहरीका अनुसार क्यापिटल भवनमा जबर्जस्ती प्रवेश गर्दैगर्दा प्रहरीसँग भएको झडपमा चारजना मारिएका छन् । यसअघि एक महिलाको गोली लागेर मृत्यु भएको बताइएको थियो भने बाँकी तीनजना मेडिकल इमरजेन्सीको परिणामस्वरुप मृत घोषित भएको बताइएको छ । अहिलेसम्म यसमा ५२ जना पक्राउ परेका छन् । जसमा ४७ ले कर्फ्यु उल्लंघन गरेका थिए । यसअघि मृत्यु भएकी महिला सेन डिएगोकी बासिन्दा असिल बबित भएको बताइएको छ । उनी अमेरिकी एयर फोर्सकी भेटेरान थिइन् र प्रदर्शनकारीहरुसँगै संसद् भवनभित्र जबर्जस्ती घुस्न खोज्दा प्रहरीको गाली लागी उनको मृत्यु भएको बताइएको छ । सञ्चारमाध्यम फक्सफाइभले उनकी सासूसँग गरेको कुराकानीको आधारमा उनी डोनाल्ड ट्रम्पको ठूलो समर्थक भएको खुलेको छ । उनलाई अमेरिकी समयानुसार दिउँसो ३ बजे गोली लागेको र तत्कालै अस्पताल लगिएको तर पछि मृत घोषित गरिएको बताइएको छ । बीबीसी...