Saturday, April 27
Shadow

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल हुँदै आज


  • -इ
  • इ+

काठमाडौँ,३१ असार । बंगलादेशमा रहेको राष्ट्रिय महिला फुटबल टोलीले आज (आइतबार) घरेलु टोलीसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।

बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ ५ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग एक/एक गोलको बराबरी खेलेको थियो । नेपालका लागि सावित्रा भण्डारीले दोस्रो हाफको इन्जुरी समयमा नेपालको तर्फबाट बराबरी गोल फर्काएकी थिइन् ।

नेपालले १९औं एसियाली खेलकुदको तयारी स्वरुप बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares