काठमाडौं ,असार १७ । साफ च्याम्पियनसिप फुटबलको फाइनलमा कुवेत र भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।
गएराति (शनिबार) भएको दोस्रो सेमिफाइनलमा लेवनानलाई पराजित गर्दै भारतले फाइनलमा कुवेतसँगको भेट पक्का गरेको हो ।
निर्धारित समय र थप गरिएको समयको खेल गोलरहित बराबरीमा टुंगीएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । भारतले पेनाल्टी सुटआउटमा लेवनानलाई ४–२ गोल अन्तरले पराजित गर्यो । उता बंगलादेशलाई १–० ले हराउँदै कुवेत यस अघिनै फाइनल प्रवेश गरिसकेको छ ।
साविक उपविजेता नेपाल भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको थियो । फाइनल खेल मंगलबार हुनेछ।