Monday, October 19
Shadow

Author: Interview Nepal

एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया सहज र स्वाभाविक नलागेरै समिति गठन गरिएको हो : प्रधानमन्त्री

एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया सहज र स्वाभाविक नलागेरै समिति गठन गरिएको हो : प्रधानमन्त्री

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर बिक्री प्रक्रिया सरकारलाई सहज र स्वाभाविक नलागेको बताउनुभएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले उक्त शेयर बिक्री प्रक्रियाका सहज र स्वाभाविक नलागेर नै सरकारले तत्काल निर्देशन र समिति गठन गरी छानबिन प्रक्रिया अघि बढाएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “यसमा कहीँ न काहीँ गलत छ भन्ने लागेकै हुनाले छानबिन समिति बनाइएको हो । अध्ययन तथा छानबिन समितिको यकिन राय सुझावसहितको प्रतिवेदन प्राप्त भएपछि सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्नेछ ।” उहाँले एनसेल प्रकरणमा कतै कसैबाट कानुन विपरीतका काम कारबाही भए गरेको पाइएमा कानुनबमोजिम हदैसम्मको कारबाही गर्न ...
कालीदेवी माविले गर्याे विज्ञान प्रदर्शनी

कालीदेवी माविले गर्याे विज्ञान प्रदर्शनी

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौ - मंसिर २९ गते तारकेश्वर नगरपालिकाे एक मात्रै नमुना विद्यालय कालीदेवी माविले आज मंसिर २९ गते आफ्नै प्राङणमा विज्ञान प्रदर्शनी गरेकाे छ । विद्यार्थीले स्वस्फूर्त रुपमा गरेकाे उक्त प्रदर्शनीमा ३० स्टल राखिएका थिए । कार्यक्रमकाे शुभारम्भ गर्दै वडाध्यक्ष राधाकृष्ण खड्गीले उक्त कार्यक्रम अनुकरणीय रहेकाे बताउनु भयाे । प्रमुख अतिथिका रुपमा नगरशिक्षा अधिकारी पदम बहादुर खत्रीकाे उपस्थिति रहेकाे उक्त कार्यक्रममा अन्य ५ विद्यालयका विद्यार्थीहरुले पनि अवलाेकन गरेका थिए । विद्यार्थीहरुले आफुले सिकेको गणित , बिज्ञान र कृषि सम्बन्धि ३० वटा स्टल लगाएर विभिन्न उपकरण र उत्पादन प्रदर्सन गरेका थिए । ...
लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सव सम्पन्न

लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सव सम्पन्न

ब्यानर समाचार, ब्यानर समाचार 2
-  अंकुश श्रीवास्तव लुम्बिनी , मंशीर २३। काठमाडौंस्थित भारतीय राजदुतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्घ विश्वविद्यालयसँगको सहकार्यमा भारत–नेपाल सांस्कृतिक महोत्सव सम्पन्न गरेकाे छ । लुम्बिनीमा आयाेजित महाेत्सवकाे प्रमुख अतिथ्यतामा पर्यटन ,संस्कृति तथा नागरिक उड्यनमन्त्री सुदन किराँती र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चाैधरी , भारतीय राजदुत नवीन श्रीवास्तव ,लुम्बिनी बिकास काेषका उपाध्यक्ष ल्हारकल लामा लगायत लुम्बिनी प्रदेशका गृहमन्त्री सन्ताेष पाण्डेय, समाजिक बिकास मन्त्री सिके गुप्ता ,पुर्व मन्त्री हृदयेश त्रिपाठी, इकबाल शाह एवं विभिन्न दलका नेता , विद्यालयका बिद्यार्थी , भुपु गाेरखाका परिवार लगायतका हजाराैं स्थानीयकाे उपस्थिति थियाे । नेपाल र भारत बीचकाे सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाई जनस्तरबाटै द्विपक्षिय सम्बन्ध विस्तार गर्नका लागि संस्कृतिक कार्यक्रम नै...
ककनी गाउँपालिकालाई तामाङ राष्ट्रिय मुक्ति मोर्चाको ज्ञापन पत्र

ककनी गाउँपालिकालाई तामाङ राष्ट्रिय मुक्ति मोर्चाको ज्ञापन पत्र

ब्यानर समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं- मातृभाषा शिक्षा लागु गर्न तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल र नेवा मुक्ति मोर्चा नेपाल, ककनी गाउँ समितिले संयुक्त रुपमा नुवाकोटको ककनी गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ । संविधानत व्यवस्था भए अनुसार मातृभाषा शिक्षा लागु गर्ने सांस्कृतिक सम्पदाको संरक्षण गर्ने एवम् प्रथा जन्य कानुन सम्बन्धि नीति निर्माण गर्न यहि चालु आर्थिक वर्ष देखि नै लागु गर्ने गरी पहल गर्न अनुरोध गर्दै मोर्चाले गाउँपालिकाका अध्यक्ष सुमन तामाङलाई ज्ञापन पत्र बुझाएको छ । ...
वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री ‘प्रचण्ड’

वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री ‘प्रचण्ड’

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । बुधबार बिहान नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका छन् । ‘विज्ञान तथा प्रविधि विकासको लागि नेपाल सरकारले १ अर्बको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको छ। केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने नै छ।’  प्रधानमन्त्री ‘प्रचण्ड’ले भने । विज्ञान तथा प्रविधि विकासको लागि नेपाल सरकारले १ अर्बको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको पनि प्रधानमन्त्री दाहालले बताए । जनताको अपेक्षा नास्टप्रति ...
देवीप्रसाद मिश्रको कविता संग्रह ‘बधु मञ्जरी’ विमोचन

देवीप्रसाद मिश्रको कविता संग्रह ‘बधु मञ्जरी’ विमोचन

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौं । कवि एवम् साहित्यकार देवीप्रसाद मिश्रको कविता संग्रह ‘बधु मञ्जरी’ मंगलवार विमोचन भएको छ । भक्तपुर बुढ्यौली साहित्य समाजले एक कार्यक्रमको आयोजना गरी कवि मिश्रको कविता संग्रह ‘बधु मञ्जरी’ विमोचन गरेको हो । राजधानी काठमाडौंको सोह्रखुट्टे नयाँबजार स्थित कालधारा चोकमा रहेको 'फ्रिक मण्डला रेस्ट्रो एण्ड बेंकेट'मा आयोजना गरिएको  बधु मञ्जरी खण्डकाब्य लोकार्पण समारोहमा १२ जना कवि एवम् साहित्यकारहरुले एकसाथ कविता संग्रह 'बधु मञ्जरी'को विमोचन गरेका थिए । विमोचन कार्यक्रममा सहभागीहरुले 'बधु मञ्जरी' खण्ड काव्य बुहारीको केन्द्रीयतामा आधारित रहेको बताउँदै समाज रुपमान्तरणमा कला र साहित्यको महत्वपूर्ण भूमिका रहने भन्दै कविता संग्रहले आजको समाजको यथार्थ चित्रण गरेको दाबी गरे । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसेले आदिकवि भानुभक्त आचार्यले दुईसय वर्षअघि वधू शिक्ष...
कोप २८ : विश्व समुदायमाझ पुग्यो हिमाल र हिमनदीका मुद्दा

कोप २८ : विश्व समुदायमाझ पुग्यो हिमाल र हिमनदीका मुद्दा

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ, १८ मङ्सिर : “हाम्रा हिमनदीका एक तिहाइ हिस्सा गुमाइसकेका छौँ । वैज्ञानिकहरुले यस शताब्दीको अन्त्यसम्म थप एक तिहाइ हिस्सा गुमाउने चेतावनी दिएका छन् । योभन्दा डरलाग्दो विषय अरु हुनै सक्दैन । हिमालय मानव सभ्यता, पारिस्थितिक प्रणाली र जैविक विविधताको जग भएकाले त्यसलाई जोगाउनैपर्छ”, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टियो गुटेरेसलाई साथैमा राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्नुभयो । हिमाल र हिमाली क्षेत्रमा बदलिँदै गएको तस्बिरको यथार्थ विवरण प्रधानमन्त्रीले सुनाउँदै गर्दा विश्वका नेताहरुको ध्यान आकृष्ट भएको सहजै अनुभव गर्न सकिन्थ्यो । संयुक्त अरब इमिरेट (युएइ)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा प्रधानमन्त्री प्रचण्डसँगै महासचिव गुटेरेसले पनि नेपालको हिमनदी पग्लिदै गएको विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको थियो । यस पटकको सम्म...
काठमाडौँ महानगरभित्र दुई बसपार्क

काठमाडौँ महानगरभित्र दुई बसपार्क

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ - मुलुकको सङ्घीय राजधानी काठमाडौँको एकमात्र काठमाडौँ महानगरपालिकाभित्र दुई बसपार्क सञ्चालनमा आएका छन् । अरनिको यातायात प्रालिले व्यक्तिगत जग्गा पाँच वर्षलाई भाडामा लिएर वडा नं ३२ जडीबुटीमा बसपार्क निर्माण गरेसँगै एउटै स्थानीय तहभित्र दुई बसपार्क सञ्चालन भएका हुन् । जापान सरकारले कामपा–२६ गोंगबुस्थित विष्णुमति खोला किनारामा एक सय ६१ रोपनी क्षेत्रफलमा नयाँ बसपार्क निर्माण गरेर नेपाल सरकारमार्फत महानगरलाई सञ्चालनको जिम्मेवारी दिएको हो । अरनिको यातायातले कामपाबाट स्वीकृति नै नलिइकन बसपार्क सञ्चालन गरेको महानगर प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । एक महानगरभित्र एकमात्र बसपार्क बनाउने कामपाको नीति भएकाले दुई बसपार्क सञ्चालनको स्वीकृति नदिइएको उहाँको भनाइ थियो । मानन्धरका अनुसार विसं २०५६ मा महानगरका तत्कालीन नगर प्रमुख केशव स्थापित र लोत्से बहुउद्देश्यीय प्रालिका तत्कालीन अध...
तारागाउँको शेयर कारोबार स्थगन

तारागाउँको शेयर कारोबार स्थगन

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ - तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगित भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्र सूचीकरण विनियमावलीअनुसार कारोबार स्थगित गरिएको जनाएको छ । नेप्सेका अनुसार कम्पनीले लाभांश घोषणासम्बन्धी निर्णय ढिलो गरी नेप्सेलाई जानकारी गराएको भन्दै शेयर कारोबार स्थगित गरिएको हो । “धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी वा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत सङ्गठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने छ भन्ने व्यवस्था रहेकाले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकाले उक्त विनियमावलीको विनियम १६ (१) (ख)मा भएको व्यवस्था अनुरुप २०८० साल मङ्सिर १८ को निर्णायअनुसार त्यस कम्पनीको धितोपत्र कारोबार स्थगन गरिएको छ”, नेप्सेले तारागाउँ रिजेन्सी होटल्स लिमिटेडलाई...
बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् । निर्वाचन आगामी माघ ११ गते बिहीबार हुँदैछ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० मा भएको व्यवस्थाअनुसार सोही दफाहरुको उपदफा ९१० को प्रतिबन्धात्मक वाक्यांशबमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन नपाउने बारे आज विज्ञप्ति जारी गरी जानकारी गराएको छ । पुस २० गते मतदाता नामावली प्रकाशन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार पुस २० गते सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुने जनाइएको छ । प्रकाशित मतदाता नामावलीमाथि दाबी विरोधलगायत कार्य सोही दिनबाट प्रारम्भ ...