Wednesday, January 15
Shadow

लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सव सम्पन्न


  • -इ
  • इ+


–  अंकुश श्रीवास्तव
लुम्बिनी , मंशीर २३।
काठमाडौंस्थित भारतीय राजदुतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्घ विश्वविद्यालयसँगको सहकार्यमा भारत–नेपाल सांस्कृतिक महोत्सव सम्पन्न गरेकाे छ ।
लुम्बिनीमा आयाेजित महाेत्सवकाे प्रमुख अतिथ्यतामा पर्यटन ,संस्कृति तथा नागरिक उड्यनमन्त्री सुदन किराँती र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चाैधरी , भारतीय राजदुत नवीन श्रीवास्तव ,लुम्बिनी बिकास काेषका उपाध्यक्ष ल्हारकल लामा लगायत लुम्बिनी प्रदेशका गृहमन्त्री सन्ताेष पाण्डेय, समाजिक बिकास मन्त्री सिके गुप्ता ,पुर्व मन्त्री हृदयेश त्रिपाठी, इकबाल शाह एवं विभिन्न दलका नेता , विद्यालयका बिद्यार्थी , भुपु गाेरखाका परिवार लगायतका हजाराैं स्थानीयकाे उपस्थिति थियाे ।

नेपाल र भारत बीचकाे सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाई जनस्तरबाटै द्विपक्षिय सम्बन्ध विस्तार गर्नका लागि संस्कृतिक कार्यक्रम नै मुख्य माध्यम रहेकाे वक्ताहरुकाे जाेड थियाे ।

भारत-चीन सिमासंग जाेडिएकाे लद्दाखबाट आएका बाैद्ध गुरुहरुद्वारा मायादेवि मन्दिर नजिक बनाइएकाे “मण्डपम” उद्घाटन गरि महाेत्सवकाे शुरुआत गरिएकाे आयाेजकले जनाएकाे छ ।

( प्रेस विज्ञप्ति )

भारत–नेपाल सांस्कृतिक महोत्सवले साझा संस्कृति र सम्पदा मनायो

१. काठमाडौंस्थित भारतीय राजदुतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्घ विश्वविद्यालयसँगको सहकार्यमा यही मंसीर २२ गते लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको आयोजना गर्यो ।
२. महोत्सवमा बौद्घ धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्घ सांस्कृतिक सम्पदा तथा परम्परालाई देखाइएको थियो । महोत्सवको मुख्य आकर्षण भारतको लद्दाखस्थित हेमिस मठका भिक्षु कलाकारहरुले तयार पारेको ‘स्याण्ड मण्डला’ चित्रकला प्रदर्शनी, प्रख्यात फोटोग्राफर बेनोय बहलका तस्वीरमा आधारित फोटो प्रदर्शनी, भारतीय र नेपाली परिकारसहितको स्ट्रिट फुड फेस्टिभल र साँस्कृतिक कार्यक्रम रहेको थियो ।
३. नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तव, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री सुदन किराती र लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री श्री डिल्ली बहादुर चौधरीले संयुक्त रुपमा उक्त महोत्सवको उद्घाटन गर्नुभएको थियो ।
४. महोत्सवको उद्घाटन समारोहमा बौद्घ सम्पदा स्थलका आकर्षक तस्वीर समेटिएको फोटो प्रदर्शनीलाई पनि समावेश गरिएको थियो । प्राचीन कालदेखि अहिलेसम्मको बौद्घ धर्मसँग सम्बन्धित स्मारक र कला सम्पदाबारे विस्तृत जानकारी यस फोटो प्रदर्शनीले दिएको थियो ।
५. राजदूत श्रीवास्तव, माननीय मन्त्री किराती र माननीय मुख्यमन्त्री चौधरीले स्याण्ड मण्डला चित्रकला प्रदर्शनीको संयुक्त रुपमा उद्घाटन गरेका थिए । स्याण्ड मण्डला चित्र एक परम्परागत बौद्घ कला हो जसमा रंगीन बालुवाको प्रयोग गरी जटिल डिजाइनहरु सिर्जना गरिन्छ । प्रदर्शनीमा भारतको लद्दाखस्थित हेमिस मठका भिक्षु कलाकारहरुको सीप र शिल्पकारिता प्रस्तुत गरिएको थियो ।
६. सोही साँझ एक सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा भारत र नेपालका कलाकारहरुले आ–आफ्ना कला प्रस्तुत गरेका थिए । भारतको लेहस्थित थिक्से मठका कलाकारहरुको चाम नृत्य, दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका कलाकारहरुको भरतनाट्यम, स्थानीय कलाकारहरुको थारु नाच र नेपालको सुकर्म ब्याण्डले प्रस्तुत गरेको सितार वादनले दर्शकहरु मन्त्रमुग्ध भएका थिए ।
७. सांस्कृतिक कार्यक्रमको प्रस्तुतिपछि लुम्बिनी विश्व शान्ति तथा सद्भाव आगन्तुक केन्द्रमा स्ट्रिट फुड फेस्टिभलको आयोजना गरिएको थियो । उक्त फुड फेस्टिभलमा पकोडा, थारु शैलीको तरुवा, साबुदाना वडा, नेवारी परिकार बारा, जेरी र अन्य विभिन्न प्रकारका भारतीय र नेपाली परिकारहरु राखिएका थिए ।
८. मंसीर २२ गतेको बिहानी लुम्बिनी बौद्घ विश्वविद्यालयमा यस महोत्सवकै एक हिस्साको रुपमा “सामुदायिक विकास र विश्वव्यापी कल्याणमा बौद्घ शिक्षाको प्रभाव अन्वेषण” शीर्षकको एक शैक्षिक गोष्ठीको पनि आयोजना गरिएको थियो । बौद्घ दर्शनबारे जानकार भारत र नेपालका प्रख्यात विद्वानहरुले उक्त गोष्ठीमा भाग लिई आधुनिक संसारमा बौद्ध शिक्षाको सान्दर्भिकताका बारेमा आ–आफ्ना विचार राखेका थिए ।
९.यस्तो महोत्सव अब हरेक वर्ष लुम्बिनीमा आयोजना गर्ने र साझा सम्पदा, परम्परा र संस्कृति मनाउन भारत र नेपालका मानिसहरुलाई एकै ठाउँमा ल्याउन सहयोग गर्ने निर्णय गरिएको छ । महोत्सवले दुई देशबीचको बलियो सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई पनि उजागर गरेको छ ।
१०. स्याण्ड मण्डला चित्रकला प्रदर्शनी तथा फोटो प्रदर्शनी आगन्तुकहरुका लागि महोत्सवको दोस्रो दिन अर्थात मंसीर २३ गते पनि खुला रहनेछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares