Thursday, May 7
Shadow

Author: Interview Nepal

२५ आवश्यक सेवामा हड्ताल गर्न निषेध, अवज्ञा गरे ६ देखि १ वर्षसम्म कैद र जरिवाना

२५ आवश्यक सेवामा हड्ताल गर्न निषेध, अवज्ञा गरे ६ देखि १ वर्षसम्म कैद र जरिवाना

टिप्स, ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाण्डौँ, मंसिर १९ सरकारले २५ आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ । हालसम्म १८ अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरिएको थियो । हाल सार्वजनिक गरेको सूचीमा १८ अत्यावश्यकसहित थप ७ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरिएको हो । सरकारले राजपत्रमा आवश्यक सेवामा निषेध गरेको उल्लेख गर्दैै सूचना सार्वजनिक गरेको छ । सरकारको आवश्यक सेवा सञ्चालन ऐन–२०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको जनाएको छ । गृह मन्त्रालयले अत्यावश्यक सेवाको स्थानमा आवश्यक सेवा उल्लेख गर्दै सबै किसिमको हड्ताल गर्न निषेध गरेको जनाएको छ । राजपत्रमा उल्लेख भएअनुसार नयाँ थपिएको आवश्यक सेवामा मौसम, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा, मास्कसम्बन्धी सेवा, ह्यान्ड सेनिटाइजर, भेटेरिनरी सेवा रहेका छन् । त्यस्तै, कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभागबाट...
मह शुद्ध कि अशुद्ध ?  घरेलू तरिकाले पहिचान गर्नुहोस्

मह शुद्ध कि अशुद्ध ? घरेलू तरिकाले पहिचान गर्नुहोस्

जिवनसैली, टिप्स, समाज, स्वास्थ्य
मह खानुका विभिन्न फाइदा छन् । यसै कारण मानिसहरुले यसलाई आफ्नो खानामा कसैगरी समावेश गर्ने कोसिस गर्छन् । तर सबै महले स्वास्थ्यमा फाइदा पुर्याउँछ भन्ने छैन । आजकाल बजारमा अर्गानिक र शुद्ध महको नाममा नक्कली र मिसावट भएको मह छ्यापछ्याप्ती पाइन्छ । यदि तपाईं मह खानुहुन्छ भने यहाँ बताइए अनुसार गरेर मह शुद्ध हो कि अशुद्ध भनेर पत्ता लगाउन सक्नुहुन्छ । महको पहिचान गर्ने सबैभन्दा राम्रो र सहज तरिका तातो पानी हो । यसका लागि काँचको गिलास वा कचौरामा तातो पानी लिनुहोस् । यसमा एक चम्चा मह मिसाउनुहोस् । यदि यो पानीमा बिलिन हुन्छ भने बुझ्नुहोस् कि महमा मिसावट छ । र यदि यो मोटो तार जस्तो बनेर भाँडाको मुनी बसिरहन्छ भने यो सक्कली हो भनेर बुझ्नुहोस् ।  ।...
बिहेको लगन : मंसिरपछि वैशाख कुर्नुपर्ने

बिहेको लगन : मंसिरपछि वैशाख कुर्नुपर्ने

जिवनसैली, समाज
काठमाडौ,मंसिर १८ पञ्चाङ निर्णायक समितिको पात्रो अनुसार यस वर्षको मसिंरमा जुरेका बिहेका चारवटा साइतहरु मंसिर १६, २१, २२ र २६ गते मात्रै हुन् । १६ गतेको साइत गुज्रिइसकेको छ । अब २१, २२ र २६ गतेमात्रै साइत जुर्छ । मंसिरको साइत गुज्रिएपछि मुहूर्त जुराएर बिहे गर्न चाहनेले बैशाससम्म कुर्नुपर्ने जानकारहरु बताउँछन् । श्री पञ्चमी वा विवाह पञ्चमीमा बिहे गर्न साइत जुराउनुपर्दैन भन्ने मान्यता सही नभएको तोयानाथ पञ्चाङ्ग पात्रोमा लेखिएको छ । शास्त्रीय मान्यताअनुसार माघ १ गतेदेखि असार मसान्तसम्मका ५ महिना (चैतबाहेक) विवाहका लागि शुभ मानिन्छ । तर यसपटक पुस, माघ र फाल्गुन महिनामा विवाहको लगन नरहेको पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्य ढुंगेलले बताए । यस वर्ष माघ महिनामा किन जुरेन त लगन ? सचिव ढुंगेल भन्छन्, ‘विवाहको लगनका लागि विभिन्न कोणबाट शुभ साइत जुराउनुपर्छ । यो वर्ष माघमा वृहस्पति र श...
अनुहार चम्किलो बनाउन यी हुन् घरेलु उपाय

अनुहार चम्किलो बनाउन यी हुन् घरेलु उपाय

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौ,मंसिर १९ अनुहार चम्किलो बनाउनका लागि मानिसहरू निकै प्रयास गरिरहेका हुन्छन्। कतिपय त निकै खर्च गरेर पनि अनुहार चम्किलो नबन्दा निकै चिन्तामा हुन्छन् । तर, अनुहारको छालालाई चम्किलो र मुलायम बनाउनका लागि केही घरेलु उपाय पनि छन् -अनुहार चम्किलो बनाउन घरेलु प्याक बनाएर प्रयोग गर्न सकिन्छ । बेसन, चन्दन, बेसार र दूधको फेसप्याक अनुहारमा दल्नुपर्दछ । अनुहारमा दलेको उक्त फेसप्याक एक वा दुई घन्टासम्म पखाल्नु हुँदैन । फेसप्याकमा दूधको सट्टा गुलाबजल पनि प्रयोग गर्न सकिन्छ । -मुसुरोको दाल पिसेर यसको पेस्ट बनाई महसँग लगाउन पनि सकिन्छ । यसरी लगाएको पेस्ट केही समयपछि सफा गर्दा अनुहारमा चमक देखिन थाल्छ । -कागतीलाई काटेर रस अनुहारमा दल्दा पनि अनुहार चम्किलो बन्छ । तर, यस्तो काम दैनिक रूपमा गर्नुपर्दछ ।...
“मायाको बस्ती” बोलको गीत सार्वजनिक

“मायाको बस्ती” बोलको गीत सार्वजनिक

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर,मंसिर १९ “मायाको बस्ती” बोलको मौलिक सालैजो गीत बजारमा सार्वजनिक भएको छ । लोकप्रिय सर्जक तथा गायक विष्णु खत्रीले आवाज दिएका अर्को उत्कृष्ट गीत “मायाको बस्ती” डिजिटल बजारमा सार्वजनिक भएको छ । यो गित माया प्रेमलाई विषय बनाइएको सो मौलिक सालैजो गीतमा गायक विष्णु खत्रीलाई आवाजमा सरिता श्रीस मगरले साथ दिएकी छन् । खेमन शर्मा को लय तथा शब्द सिर्जना रहेको छ । होम गुरुङले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा सविन गुरुङ,सरिता धनकुटी र सगुन खत्रको अभिनय रहेको छ ।“मायाको बस्ती” को म्युजिक भिडियो बिष्णु खत्रीको आफ्नै युटुब च्यानलबाट सार्बजनिक गरिएको छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् । https://www.youtube.com/watch?v=gJ1PcXq4tWg&feature=share&fbclid=IwAR2nzJ8U8TlId_d2jq8T40fm9q4eVez36QSqQEcXM5ZzrTu_Q5F9p7vGX1A...
हार स्विकार्न तयार ट्रम्प

हार स्विकार्न तयार ट्रम्प

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, राजनिती, समाचार
वासिंगटन अमेरिकी राष्ट्रपति चुनावको करिब एक महिना पछि अन्तत मौजुदा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफनो हार स्विकार गर्ने संकेत दिएका छन् । यसका लागि उनले एक सर्त पनि राखेका छन् । ट्रम्पले यदि चुनाव नतिजा सटिक आउँछ भने आफु हार स्वीकार्न तयार रहेको बताए । तर उनले फेरी एक पटक राष्ट्रपति चुनावको मतगणनामा ब्यापक स्तरमा धाँधली भएको र चुनावी गलत अभ्यास भएको आरोप दोहोर्याए । नोभेम्बर ३ मा सम्पन्न चुनावमा डेमोक्र्याटिक पार्टीका नेता जोय बाइडेनले रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई हराएको हो । ट्रम्पले यो हारलाई अस्किार गर्दै चुनाव नतिजा विरुद्ध कानुनी चुनौदी दिएको थियो । ट्रम्पले बुधबार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा आफना समर्थकहरुसँग चुनावमा हारलाई नराम्रो नठानेको बताए । म निष्पक्ष तथा स्वतन्त्र रुपमा भएको चुनावमा हुने हारलाई स्विकार गर्छु । अमेरिकी जनतासँग धोका नहोस भन्ने आफुले चाहेको बता...
लिखु गाउँपालिकाद्धारा विद्यालय स्वास्थ्य सामाग्री खरिदको लागि १० लाख सहयोग

लिखु गाउँपालिकाद्धारा विद्यालय स्वास्थ्य सामाग्री खरिदको लागि १० लाख सहयोग

आर्थिक, मुख्य समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, मंसिर १८ नुवाकोटको लिखु गाउपालिकाको सामुदायिक तथा संस्थागत बिद्यालयहरुको स्वास्थ्य सामाग्रीको खरिदको जिम्मा लिखु गाउपालिकाले लिएको छ । बिहिबार एक कार्यक्रमका बिच लिखु गाउपालिका भित्रका सामुदायिक तर्फ १७ ओटा र संस्थागत तर्फ ७ वटा बिद्यालयहरु लाई एकमुष्ट १० लाख रुपैया पालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले हस्तान्तरण गरेका छन् । जस्मा सामुदायिक बिद्यालयहरु लाई ६ लाख ६९ हजार ४ शय १५ र संस्थागत बिद्यालहरु लाई ३ लाख ३० हजार ५ शय ८५ रुपैया रहेको छ । रकम हस्तान्तरण गर्दै पालिकाका अध्यक्ष श्रेष्ठले गाउपालिकाको प्रमुख दायित्वनै शिक्षा र स्वास्थ्य रहेको बताए । सोही अनुरुप बिकाश निर्माणको रकम कटौती गरेर भएपनि बिद्यालयहरु लाई रकम उपलब्ध गराएको र यो रकम १ महिनाको लागी भएपनि यस कार्यक्रम लाई निरन्तरता दिने बताए । लिखु गाउपालिकाले सामुदायिक र संस्थागत बिद्यालय भनेर नछुट्टाई उक्त रकम उपलब्ध गर...
जाडोमा कोरोना बढ्ने सम्भावना कति ? यसो भन्छन् विज्ञ

जाडोमा कोरोना बढ्ने सम्भावना कति ? यसो भन्छन् विज्ञ

जिवनसैली, टिप्स, मौसम, समाचार, स्वास्थ्य
काठमाडौ,मंसिर १८ मंसिर महिना लागेसँगै जाडो शुरू भएको छ । अघिल्लो वर्षको जाडो महिनामा चीनबाट शुरू भएको कोरोना भाइरस संक्रमणको महामारीले नेपालमा १ हजार ४५४ जनाको ज्यान गइसकेको छ । हालसम्म नेपालमा २ लाख ३६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसमा २ लाख १८ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किसकेका छन् । विहिबार सम्मको तथ्याङ्क अनुशार देशभर १५ हजार ७ सय ६६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। कोरोना भाइरस संक्रमण जाडो मौसममा शुरू भएकाले नेपालमा जाडो महिना चलिरहँदा संक्रमण बढ्दै जाने अनुमान गर्न थालिएको छ । लकडाउन अन्त्य भइसकेकाले बजारमा हुने भीडभाड तथा जनस्वास्थ्यका मापदण्डको पालना नगर्दा कोरोना भाइरस संक्रमण फैलिने मन्त्रालयले जनाएको छ। तर जनस्वास्थ्य विज्ञहरू भने जाडोकै कारण कोरोना भाइरसको संक्रमण तीव्ररूपमा नफैलिने तर्क गर्छन् । स्वास्थ्य...
पछिल्लो २४ घण्टामा देशभर १३४३ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १५७६६

पछिल्लो २४ घण्टामा देशभर १३४३ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १५७६६

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर १८ पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार १ सय ११ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ। आज देशभर १५ हजार ७ सय ६६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा देशभर १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ५ सय ५१ जना संक्रमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा ९ हजार २ सय ८९जनाको पिसिआर परीक्षण भएको छ।...
अमेरिकालाई पछि पार्दै चीन बन्यो ईयूको सबभन्दा ठूलो साझेदार

अमेरिकालाई पछि पार्दै चीन बन्यो ईयूको सबभन्दा ठूलो साझेदार

अन्तर्राष्ट्रिय, आर्थिक, मुख्य समाचार
काठमाण्डौँ, मंसिर १८ अमेरिकालाई पछि पार्दै चीन युरोपेली संघको सबभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ । सन् २०२० को तेस्रो त्रैमासिकमा चीनले अमेरिकालाई पछि पारेको हो । कोरोना ममहामारीका कारण अमेरिकाको व्यापारिक गतिविधि घट्यो भने चिनियाँ गतिविधि बढ्यो । यस वर्षको पहिलो नौ महिनामा युरोपेली संघ र चीनबीचको व्यापार ४२५.५ अर्ब युरो रह्यो भने ईयू र अमेरिकाबीच ४१२.५ अर्ब युरोको कारोबार भएको युरोस्टाटको आँकडाले देखाएको छ । पोहोर साल यही समयमा चीनसँग ईयूको व्यापार ४१३.४ अर्ब युरो थियो भने अमेरिकासँग ४६१ अर्ब युरो थियो ।...