काठमाडौ,मंसिर २०
भारतको उत्तर प्रदेशमा एक यस्तो चोरीको घटना सार्वजनिक भयो जसको निर्णय प्रहरी वा अदालत नभई एक भैँसीले गरेको छ ।
कन्जोज जिल्लाको जलेसर सरहको अलीनगरका वीरेन्द्रले प्रहरीकहाँ उजुरी दर्ता गर्दै आफ्नो भैँसी धर्मेन्द्रले चोरेको र अरु कसैलाई बेचिदिएको बताएका थिए ।
यद्दपि धर्मेन्द्रले वीरेन्द्रको उक्त आरोप खण्डन गर्ने भैँसी आफ्नै भएको दाबी गरे । सोमबार भैँसीलाई प्रहरी चौकी ल्याइयो । प्रहरी चौकीमा ल्याइसकेपछि भैँसीलाई खुला छाडियो र प्रहरीले वीरेन्द्र र धर्मेन्द्र दुवैलाई भैँसीलाई बोलाउन लगाए ।
केही समयपछि भैँसी भर्मेन्द्र भएको ठाउँमा गयो र को असली मालिक हो भन्ने विवादको टुंगो लाग्यो