Friday, March 29
Shadow

नमराज र चर्चित गायिका रचना को “पिरतीमा दम छ” भिडियो सार्वजनिक


  • -इ
  • इ+


महेन्द्र अधिकारी/ललितपुर,मंसिर २०
“पिरतीमा दम छ”बोलको गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । लोकदोहोरी गायक नमराज ढुंगाना को अर्को उत्कृष्ट लोकदोहोरी गीत “पिरतीमा दम छ” लोक दोहोरी गीत बजारमा सार्वजनिक भएको छ । “पिरतीमा दम छ” बोलको गितमा बहुप्रतिभाशाली गायक नमराज ढुंगाना र चर्चित गायिका रचना रिमाल को स्वर रहेको छ ।

यो गीतमा शब्द भिमशेन खतिवडा, संगीत गायक नवराज ढुंगाना, संगीत संयोजन कमल सौराग, मास्टरिङ कुमार सानुको रहेको छ भने यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

बिक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा संजिव ठकुरी र आयुष्मा कार्की को अभिनय, छायांकन दिपक गिरी, सम्पादन लक्ष्मण चौहान, कलर मिलन विश्वकर्माको रहेको छ ।“पिरतीमा दम छ” बोलको गित डिएआर मुभिजको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares