रिसाउदा फकाउने मन छ
रूने साथि खोजि
नपाउलि भोलि भनि
नि:स्वार्थ बसेको प्रेम
उहि कल्पनाकि परि
आज स्वच्छन्द आकाशमा
कारूणिक भाव वियोल भइ
भन्दै छे समाउ यी हात।।।।
मनिषा दङ्गाल
काठमाण्डौँ, मंसिर २१
काठमाडौंको तारकेश्वर नगरपालिकाले आजदेखि नगरभित्रका विद्यालय खुला गरेको छ । स्वास्थ्यका सबै मापदण्ड पूरा गरी अभिभावकको सुझावमा आजदेखि नगरपालिकाले विद्यालय खोल्न अनुमति दिएको नगर शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेले बताए ।
कोभिड–१९ को सङ्क्रमणको अवस्थालाई समीक्षा गरी विद्यालयलाई भयरहित एवं सुरक्षित तवरमा विद्यालय सञ्चालनको व्यवस्था मिलाउन हरेक विद्यालयलाई निर्देशन दिएको बताइएको छ ।
विद्यालयको पठनपाठनलाई नियमित गराउन स्वास्थ्य सुरक्षामा मापदण्ड पालन गर्ने विधि, प्रत्येक विद्यालयमा हेल्प डेस्क निर्माण गर्ने र नजिकको स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यकतानुसार स्वास्थ्य परीक्षण र परामर्श दिने, विद्यालयको सरसफाइ, हात धुने व्यवस्था, विद्यालयलाई दैनिक निर्मलीकरण गर्ने, प्रत्येक दिन कक्षा शुरु हुनुअगावै कम्तीमा पाँच मिनेट कोभिड–१९ को सङ्क्रमणका बारेमा विद्यार्थीलाई जा...
काठमाडौ,मंसिर २१
बुटवलमा गैंडाको खाग तस्करले प्रहरीको पेस्तोल खोसेर हानेको गोली लागेर एकजना घाइते भएका छन्।
बुटवलको मिलनचोकमा आइतबार बिहान गोली चलेको हो। राजमार्ग चौराह र मिलनचोकको बीचमा रहेको कलश होटलमा गोली चलेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि लगिएको छ। उनको पहिचान भइसकेको छैन। उनको चिउडोमा गोली लागेको छ। पेस्तोल खोसिएका प्रहरी भने सकुशल रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए।...
काठमाण्डौँ, मंसिर २१
डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ मा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ भने चार जना घाइते भएका छन् । शनिबार राति दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नम्बरको महेन्द्रा जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा बोगटन फुड्सिल गाउँपालिका–७ का वडा सचिव मञ्जु त्रिपाठी, केआइसिंह गाउँपालिका–४ बस्ने करिब ४० वर्षका हरिनारायण भट्ट, नाम नखुलेकी ५५ वर्षकी महिला र अन्दाजी तीन वर्षका एक बालक रहेका छन् ।
यसैगरी उक्त घुर्टनामा परी घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ का करिब ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका–१९ बस्ने २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ बस्ने ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने २६ वर्षीय टीकाराम गिरी रहेका छन् ।
जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।...
काठमाण्डौँ, मंसिर २०
पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
शनिबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।
नेपालमा हालसम्म १७ लाख ७८ हजार २४ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५३६ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १४ हजार २२५ जना सक्रिय संक्रमित छन्।
आज २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ।...
Ассортимент Evoplay не ограничивается слотами. Играть предполагается в European Roulette, Oasis Poker Classic и прочие настольные зрелище. Начало создания моделей базируется в применении 3D-технологий, что дозволяет приобрести бесконечно реалистичный игровой опыт. Удостовериться в данном простой - поиграть в демоверсии игровых машин онлайн безвозмездно.
Дабы играть в казино в деморежиме, регистрироваться не нужно и депозит записывать не потребуется. (more…)...
काठमाण्डौँ, मंसिर २०
राजसंस्थाको माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन भएको छ। ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आव्हानमा राजसंस्थाको माग गर्दै प्रदर्शन भएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रहलाई बेवास्ता गर्दै राजावादीहरूले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। माइतीघरमा भेला भएका उनीहरू जुलुससहित नयाँ बानेश्वरसम्म पुगि कोणसभामा परिणत भएका थिए।
उनीहरूले पृथ्वीनारायण शाहको तस्वीर बोकेका थिए भने संघीयता एवं धर्म निरपेक्षता खारेज गर्न र राजसंस्थाको पुनर्स्थापना गर्नुपर्ने नारा लगाएका छन्। सभामा अधिवक्ता सुरेन्द्र भण्डारीले राजसंस्था स्थापना हुनुपर्ने र संघीयतासँगै धर्म निरपेक्षता खारेज हुनुपर्ने आफूहरूको रहेको बताए।
जिल्ला प्रशासन कार्यालयले विरोध प्रदर्शन गर्दा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै धर्ना, जुलुस, प्रदर्शन लगायतका गतिविधि गर्न र...
काठमाण्डौँ, मंसिर २०
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले संस्कृति र परम्पराको जगेर्ना गर्ने कुरामा काठमाडौँ महानगरपालिका दत्तचित्त भएर लागेको बताउनु भएको छ ।
उहाँले सम्पदा संरक्षणलाई महानगरपालिकाले प्राथमिकतामा राखेर निर्माण–पुर्ननिर्माणको अभियान अघि बढाएको पनि बताउनु भयो । आज वडा २५ श्रीघः, नघलमा रहेको धर्मकीर्ति विहारको विस्तारित भवनको शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘क्वाःपा, द्योःछेँ, बहाल, बही, सत्तल जस्ता सांस्कृतिक सम्पदाको निर्माण–पुर्ननिर्माणको अभियानलाई महानगरपालिकाले प्राथमिकतामा राखेर अघि बढाएको छ,’ उहाँले भन्नुभयो, ‘गुठी परम्परालाई जीवन्त बनाइराख्न पनि काठमाडौँ महानगरपालिकाले आवश्यक लगानी गर्दै आएको छ ।’
उहाँले सम्पदा निर्माण गर्दा जनसमुदायको पनि अपनत्व हुने गरी काम आग्रह समेत गर्नुभयो । ‘तपाईँहरु सम्पदा निर्माण–पुर्ननिर्माणको योजना लि...
काठमाडौ,मंसिर २०
भिडियो शेयरिङ एप टिकटकले अब प्रयोगकर्ताहरुलाई तीन मिनेट सम्मको भिडियो बनाउन दिन सक्ने भएको छ । यो अहिले प्रारम्भिक पहुँचको चरणमै रहेको छ ।
यसको लागी एपलाई अपडेट पनि गर्नुपर्छ । अहिले सम्म टिकटकमा एक मिनेट सम्मको भिडियो मात्रै बनाएर हाल्न मिल्छ । यसले प्रयोगकर्ताहरुलाई अझै बढि कन्टेन्ट ल्याउनका लागी प्रोत्साहित गर्नेछ ।
यसमा फिल्म ट्रेलर र गीतहरु पनि राख्न सकिने छ । युट्यूब पनि पहिले यस्तै अवस्था थियो । पहिले युट्यूबमा दश मिनेट भन्दा बढिको भिडियो हाल्न मिल्दैन थियो । यो नयाँ फिचरले अझै प्रयोगकर्ताहरुलाई टिकटक प्रति आर्कषित गर्ने अनुमान गरिएको छ ।...
काठमाडौ,मंसिर २०
भारतको उत्तर प्रदेशमा एक यस्तो चोरीको घटना सार्वजनिक भयो जसको निर्णय प्रहरी वा अदालत नभई एक भैँसीले गरेको छ ।
कन्जोज जिल्लाको जलेसर सरहको अलीनगरका वीरेन्द्रले प्रहरीकहाँ उजुरी दर्ता गर्दै आफ्नो भैँसी धर्मेन्द्रले चोरेको र अरु कसैलाई बेचिदिएको बताएका थिए ।
यद्दपि धर्मेन्द्रले वीरेन्द्रको उक्त आरोप खण्डन गर्ने भैँसी आफ्नै भएको दाबी गरे । सोमबार भैँसीलाई प्रहरी चौकी ल्याइयो । प्रहरी चौकीमा ल्याइसकेपछि भैँसीलाई खुला छाडियो र प्रहरीले वीरेन्द्र र धर्मेन्द्र दुवैलाई भैँसीलाई बोलाउन लगाए ।
केही समयपछि भैँसी भर्मेन्द्र भएको ठाउँमा गयो र को असली मालिक हो भन्ने विवादको टुंगो लाग्यो...