Thursday, May 7
Shadow

Author: Interview Nepal

फेरी प्रहरीकै बर्दीमा सलमान खान

फेरी प्रहरीकै बर्दीमा सलमान खान

अन्तर्राष्ट्रिय, मनोरञ्जन, समाचार, साहित्य/कला
काठमाडौ,मंसिर १८ बलिउड स्टार सलमान खानलाई अपकमिङ फिल्म राधेमा फेरी एक पटक प्रहरीको बर्दीमा दर्शकले देख्न पाउने भएका छन् । ‘राधेः योर मोस्ट वान्टेड भाई’ फिल्मको सुर्टिङ लकडाउन अगाडी सुरु भएपनि कारोनाको कारण रोकिएको थियो । हाल भने केही दिन अगाडी फिल्मको काम सकिएको छ । यस फिल्ममा सलमान ‘दबंग’ सीरीजमा जस्ता अवतारमा देखिएका छन् । तर राधेमा उनको भुमिका दबंगको भुमिका भन्दा बिकुल्ल फरक भएको खबर बाहिर आएको छ ।...
“काभ्रे जिल्ला”को अपार सफलतापछि किरण  र गितादेबीको “ए साईली” डिजिटल बजारमा

“काभ्रे जिल्ला”को अपार सफलतापछि किरण र गितादेबीको “ए साईली” डिजिटल बजारमा

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर, मंसिर १८ पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा लोकप्रीय युवा गायक किरण गौतम र सदाबहार गायिका गितादेबी को अर्को निकै राम्रो संभावना बोकेको गित “ए साईली” डिजिटल बजारमा आएको छ । किरण गौतम र गितादेबीको सुमधुर स्वरमा बजारमा आएको यस गितमा किरण गौतमकै लय तथा शब्द रहेको छ । किरण गौतम को गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको हो भने यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई कुमार सानु पुन ले मिक्सिङ गरेका हुन् र यस गितलाई ऐरेन्ज नारायण डङगाल ले गरेका छन् । निरेन श्रेष्ठ को निर्देशन, मरुभूमि नारायणको छायाँकन तथा रोश...
चन्द्रपुरमा उपमेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिता हुने

चन्द्रपुरमा उपमेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिता हुने

खेलकुद, मनोरञ्जन, स्थानिय तह
काठमाडौ,मंसिर १८ रौतहटको चन्द्रनिगाहपुरमा उप मेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आउदो मंसिर २८,२९ र ३० गते चन्द्रनिगाहपुर स्थित तुलसीलाल अमात्य स्मृती रंगसालामा हुने छ । चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा हुने राष्ट्रिय महिला कराते प्रतियोगितामा देशका बिभिन्न १३ नगरपालिकाका महिला कराते खेलाडीहरुको सहभागिता रहने आयोजक नेपाल सितोरियो कराते संघ रौतहटले जनाएको छ । लामो समयको बन्दाबन्दी पछि रौतहट जिल्लामा पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना हुन लागेको नेपाल सितोरियो कराते संघ रौतहटका अध्यक्ष अशोक पहाडीले जानकारी दिएका छन् । प्रतियोगिताका देशका बिभिन्न १२ नगरपालिकाका खेलाडी र आयोजक चन्द्रपुर नगरपालिका सहितको भारतको एक टिकको गरी २०० खेलाडीको सहभागिता रहने अध्यक्ष अशोक पहाडीले बताए ।...
नेकपा फुटाउने अधिकार कसैलाई छैन : मुख्यमन्त्री राई

नेकपा फुटाउने अधिकार कसैलाई छैन : मुख्यमन्त्री राई

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर १८ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न र टुट्नका नबनेको बताएका छन् । ईलामको सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको उद्घाटनपछि नेकपा नेता राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको जनाउँदै आफूहरूले पार्टी फुट्न नदिने दृढता व्यक्त गरे । अर्को प्रसङ्गमा मुख्यमन्त्री राईले यस तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर आएको बताउँदै भने, “हामी निर्वाचित भएर आउँदा शून्य अवस्थामा थियौँ, अहिले हिँड्ने अवस्थामा पुगेका छौंँ ।” उनले कोरोनाको महामारीमा पनि प्रदेश सरकारले विकासका काम गरिरहेको बताए । उनले भने, “अब कोरोनासँग लडेर अघि बढ्नुको विकल्प छैन ।”...
रात्रिकालीन मनोरञ्जन सेवा सञ्चालन गर्न पाउँनु पर्ने भन्दै माइतीघरमा प्रदर्शन

रात्रिकालीन मनोरञ्जन सेवा सञ्चालन गर्न पाउँनु पर्ने भन्दै माइतीघरमा प्रदर्शन

आर्थिक, मनोरञ्जन, मुख्य समाचार, समाज
काठमाण्डौँ, मंसिर १८ उपत्यकामा रात्रिकालीन मनोरञ्जन सेवा सञ्चालन गर्न पाउँनु पर्ने भन्दै माइतीघरमा प्रदर्शन भएको छ। बिहीबार ठमेल,चावहिल, कोटेश्वर, गोंगबुलगायत क्षेत्रका व्यवसायीहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले गीत गाउँदै आफ्ना माग प्रस्तुत गरेका थिए। सांस्कृतिक पहिचान झल्कने पहिरन र बाजा बजाएर प्रदर्शनमा सहभागी भएका थिए। कोरोना महामारी सुरु भएपछि रात्रीकालीन व्यवसाय बन्द गरिएको थियो। अन्य क्षेत्रको व्यवसाय खुला हुँदा रात्रीकालीन व्यवसाय खोल्न पाउनुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्। व्यवसाय खोल्न दिनुपर्ने वा काम गरी खानेलाई राहतको माग दिनुपर्ने भन्दै प्रदर्शनमा नाराबाजी गरेका थिए। सामाजिक र भौतिक दूरी कायम गरी अन्य व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने ठमेलबाट आएका रात्रीकालीन व्यावसायी विनोद श्रेष्ठ बताउँछन्। करिब ९ महिना सम्म व्यवसाय बन्द रहँदा कोठा भाडा ...
मंसिर २२ गते विवाह गर्दै अभिनेत्री श्वेता खड्का, को हुन् दुलहा ?

मंसिर २२ गते विवाह गर्दै अभिनेत्री श्वेता खड्का, को हुन् दुलहा ?

ब्यानर समाचार, मनोरञ्जन, समाचार, समाज
काठमाडौ,मंसिर १८ केही समयदेखि प्रेममा रहेकी श्वेताले मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग लगनगाँठो कस्न लागेकी हुन् । सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनले रावतसँग विवाह गर्नेछिन् । चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली रजतपटमा डेब्यू गरेकी श्वेताको यो दोश्रो विवाह हो । यसअघि उनले २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो । स्वेताको यो विवाहमा दुई परिवार निकट सदस्यकोमात्र उपस्थिति हुने जनाइएको छ ।...
छिमेक लघुवित्तले २९ प्रतिशत लाभांश दिने

छिमेक लघुवित्तले २९ प्रतिशत लाभांश दिने

आर्थिक, समाचार, समाज
काठमाण्डौँ, मंसिर १८ छिमेक लघुवित्तले लाभांश घोषणा गरेको छ । मंसिर १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको कुल २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये २२ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ । ...
कोरोनाबाट कोहलपुरका ७४ वर्षीय वृद्धको मृत्यु

कोरोनाबाट कोहलपुरका ७४ वर्षीय वृद्धको मृत्यु

ब्यानर समाचार 2, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाडौ, मंसिर १८ मंसीर ६ गते भेरी अस्पताल, नेपालगञ्जमा भर्ना भएका वृद्धको आज बिहान २ बजे मृत्यु भएको हो । बाँकेका अस्पतालहरुमा कोरोनाबाट दैनिकजसो नै मृत्यु भइरहेपनि जिल्लावासीको लामो समयपछि मृत्यु भएको छ । यो सँगै कोरोनाबाट बाँकेका ३९ जनाको मृत्यु भएको छ । यसैबीच, बाँकेका दुई ठूला अस्पताल भेरी अस्पताल र मेडिकल कलेज कोहलपुरमा कोरोनाका ४७ जना सिकिस्त बिरामी रहेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, भेरीमा ३४ र कोहलपुर मेडिकल कलेजमा १३ जना सिकिस्त बिरामी छन् । दुई अस्पतालमा मध्यम खालका ४८ र सामान्य ५ जना बिरामी रहेका छन् । जिल्लाका विभिन्न पालिकाहरुमा गरेर एक सय ३४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।...
अमेरिकामा २७ वर्ष पुरानो भ्रूणबाट बालिकाको जन्म

अमेरिकामा २७ वर्ष पुरानो भ्रूणबाट बालिकाको जन्म

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, जिवनसैली, टिप्स, समाज, स्वास्थ्य
काठमाडौ, मंसिर १८ मली गिब्सन नाम दिइएकी यी बालिका गत अक्टोबर महिनामा जन्मिएकी भए पनि उनको जन्मको प्रक्रिया २७ वर्षअघि सुरु भएको थियो। उनको भ्रूणलाई अक्टोबर १९९२ मा सुरक्षित राखिएको थियो। सन् २०२० को फेब्रुअरीमा आएर बल्ल अमेरिकाको टेनसी निवासी टिना र बेन गिब्सनले उक्त भ्रूण अपनाए। मलीले सबैभन्दा लामो समयसम्म सुरक्षित रूपमा चिस्याएर राखिएको भ्रूणबाट जन्मिने शिशुको कीर्तिमान बनाएकी छन्। यससँगै उनकी दिदी एमाको कीर्तिमान पनि उनले भङ्ग गरेकी छन्। दुई फरक पुरुषबाट जन्मिएका हुन् यी जुम्ल्याहा बालबालिका आमाबुवा बितेको ४ वर्षपछि बच्चा जन्मियो "हामी औधी खुसी भएका छौँ," टिना गिब्सनले बताइन्। "पाँच वर्षअघि यदि कसैले मलाई एउटा होइन दुइटी छोरीकी आमा हुन्छ्यौ भनेको भए म पत्याउन्नथेँ" उनले भनिन्।   भ्रूणदान   पाँच वर्षसम्म सन्तान नभएपछि उनका आमाबुवाले संरक्षित ...
कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना, १३ जना घाइते

कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना, १३ जना घाइते

दुर्घटना, मुख्य समाचार, समाज
काठमाण्डौँ, मंसिर १८ कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा विवाहको गाडी दुर्घटना भएको छ । दुर्घटनामा दुलाहा कञ्चनपुरको बेलौरी नगरपालिका ३ का २१ वर्षीय गोबिन्द लुहार र दुलही बैतडीको दोगडाकेदार गाउँपालिका की १९ वर्षीया डम्मरा लुहार पनि घाइते भएकी छन् । दुर्घटनामा अन्य ११ जना जन्ती घाइते भएका छन् । बैतडीबाट जन्ती लिएर कञ्चनपुर आउँदै गरेको सुपप्र ०१००१ ज १२५४ नम्बरको विङ्गर गएराति ११ बजेतीर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चालकसहितका ४ जनाको अवस्था गम्भीर छ ।...