Friday, April 19
Shadow

४ सय हप्ताको सफाइ अभियान पछि बग्न थाल्यो बाग्मतीमा सफा पानी


  • -इ
  • इ+
काठमाडौ,मंसिर २०

सरकार तथा नागरिकस्तरबाट थालिएको बागमती सफाई महाअभियान ४ सय हप्तामा पुगेको छ । फोहोरले भरिएर दुर्गन्धित र कुरुप बनेको बागमति नदीबाट फोहोर हटेको छ भने तुलनात्मक रुपमा सफा पानी बग्न थालेको छ ।

पूर्व मुख्यसचिव लिलामणी पौडेलको नेतृत्वमा २०७० साल जेठ ५ गतेदेखि बागमती सफाई महाअभियान सुरु भएको थियो । विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले नियमित शनिवार बागमती नदीका विभिन्न स्थानमा पुगेर सफाई गर्दै आइरहेका छन् ।

यो अवधीमा बागमती संरक्षणका लागि सचेतना जगाउन तथा नदीमा फ्याँकिएको फोहोर हटाउन उल्लेख्य रुपमा नागरिक सहभागी भएका छन् । यो अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल टेलिकम, चलचित्र कलाकार संघ, विज्ञापन संघ, विभिन्न कलेजलगायत विभिन्न सामाजिक संघ संस्थाका कर्मचारी तथा प्रतिनिधिहरु सहभागी हुने गरेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares