Saturday, May 2
Shadow

Author: Interview Nepal

सञ्चारकर्मी राजन नेपाल सहित बुलन्द टिम धादिङबाट सम्मानित

सञ्चारकर्मी राजन नेपाल सहित बुलन्द टिम धादिङबाट सम्मानित

ब्यानर समाचार 2, मुख्य समाचार
धादिङ - धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिकाका दुई ठुला विद्यालयहरु बागेश्वरी मा. वि,रिचोकटार र चन्द्रोदय मा.वि., विशालटारले वुलन्द आवाजको टिमलाई आफ्नो बार्षिक उत्सवको अवसर पारेर शैक्षिक सम्मान गरेको छ । उक्त टिमले शैक्षिक उत्थानका लागि बुलन्द बहस कार्यक्रम र वुलन्द लिडर खोजी अभियान कार्यक्रम उक्त पालिकामा यसै वर्ष सञ्चालन गरेको थियो । यतिबेला बुलन्द आवाजको समूह देशभर सार्बजनिक सुनुवाइ एवं बुलन्द बस , बुलन्द लिडिर खोजी अभियान र शैक्षिक उत्थानका लागि बुलन्द बहस कार्यक्रम चलाउदै हिडिरहेका छन् । जसका कारण भुइँ मानिसले सम्बन्धित सरोकारवालासँग सिधा आफ्नो प्रश्न राख्ने ठाउँ बनेको छ । ...
लक्ष्मीपुर एकीकृत कृषक समूह २५औं वर्षमा प्रवेश

लक्ष्मीपुर एकीकृत कृषक समूह २५औं वर्षमा प्रवेश

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
  काठमाडौ - तारकेश्वर नगरपालिका वडा नं १ मा रहेकाे लक्षमीपुर एकीकृत समूह २५ वर्षमा प्रवेश गरेकाे छ । उक्त कुरा हिजाे पुस २८ मा आयाेजना गरिएकाे आफ्नाे २५औं वार्षिक साधारणसभाका अवसरमा वताईएकाे हाे । तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जनकाे प्रमुख आतिथ्य एवं संस्थाका अध्यक्ष श्रीराम अधिकारीकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे सञ्चालन महासचिव राजु नेपालले गरेका थिए । सहअध्यक्ष विश्वनाथ अधिकारीले स्वागत मन्तव्यबाट सुरु भएकाे उक्त कार्यक्रममा महिला उपसमिति तर्फबाट अध्यक्ष चण्डिका अधिकारीले प्रतिवेदन प्रस्तुत गरेकी थिईन भने सामुदायिक बालक्लबका अध्यक्ष श्री राेशन अधिकारीले बालक्लवकाे प्रतिवेदनहरु गरे । सचिव लक्ष्मण अधिकारिद्वारा प्रगति प्रतिवेदन प्रस्तुत भएकाे थियाे भने वन उपभाेक्ता समितिका अध्यक्ष गाेकुल नेपालबाट पनि प्रतिवेदन प्रस्तुत गरियाे । बालबालिकाले प्रस्तुत गर...
स्थानीय उत्पादनको बजारीकरणका लागि खोलेगाउँ महोत्सव

स्थानीय उत्पादनको बजारीकरणका लागि खोलेगाउँ महोत्सव

ब्यानर समाचार 2, मुख्य समाचार
नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ६ ले स्थानीय उत्पादनको बजारीकरणका लागि खोलेगाउँ महोत्सव गर्ने भएको छ । वडा नं. ६ समुन्द्रादेवी खोलेगाउँ नामले परिचित छ । खोलेगाउँको शम्शेरचोकमा पुस २९ र माघ १ गते गरी दुई दिन महोत्सव गर्न लागिएको वडा नं. ६ का वडा अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए । उनले नुवाकोटमा जन्मिएर काठमाडौं बसोबास गर्दै आएका र अन्य पर्यटकहरुलाई महोत्सवमा आउन र स्थानीय बजार प्रवद्र्धनमा सहयोग गर्न आग्रह पनि गरे । खोलेगाउँ महोत्सवमा मह, घ्यू, डोको, नाम्लो, बेसार, भोगटे, दुना टपरी लगायतका स्थानीय उत्पादनहरुको स्टल रहनेछ । स्टल राख्नेलाई प्रोत्साहनस्वरुप उल्टै रकम प्रदान गरिनेछ । महोत्सवमा स्थानीय परिकारहरुका साथमा सांस्कृतिक कार्यक्रम पनि रहनेछ । रैथाने उत्पादनको बजारीकरणका साथमा पर्यटन प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको वडा अध्यक्ष श्रेष्ठले बताए । ...
गठबन्धन एक भएर राष्ट्रिय सभाको निर्वाचनमा लड्छौँ,गठबन्धनका उमेदवार जिताउछौ – सिटौला

गठबन्धन एक भएर राष्ट्रिय सभाको निर्वाचनमा लड्छौँ,गठबन्धनका उमेदवार जिताउछौ – सिटौला

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा उमेदवार छनोट प्रक्रियामा भएका कमजोरीलाई थाती राखेर गठबन्धनका उमेदवार जिताउनुपर्ने बताएका छन् । सोमबार राष्ट्रियसभा चुनावका लागि कोसी प्रदेशमा मनोनयन दर्ता गर्दै उनले कांग्रेसले राष्ट्रियसभा उमेदवार छनोट गरेकोबारे आफूलाई पूरा जानकारी नरहेको र अब सबै एकजुट भएर गठबन्धन उमेदवार जिताउन लाग्नुपर्ने बताए । उन्ले भने "राति अबेर निर्णय भयो । कसरी भयो थाहा छैन । मैले सही कुरा बुझ्न पाएको छैन । आजको दिनमा गठबन्धनबाट नेपाली कांग्रेसहित गठबन्धनका साथीहरूले एकजुट भएर उमेदवारी दर्ता गराएका छौँ । हामी गठबन्धन एक भएर निर्वाचनमा लड्छौँ । उमेदवार छनोट गर्दा निर्णय प्रक्रियामा जे जति भएका छन्, त्यसलाई थाती राखेर गठबन्धनका उमेदवार जिताउन लाग्ने छौँ,"...
सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद   

सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद  

ब्यानर समाचार, ब्यानर समाचार 2
  - अजय मिश्र  कृष्णनगर, पुष २१ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ कुकुरभुकवा बाट सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर द्वारा लाखौं मूल्य पर्ने अबैध कपडा बरामद गरेको सशस्त्र प्रहरी नायब उपरिक्षक दिव्यराज कोइरालाले जानकारी दिनुभयो । सशस्त्र प्रहरी नायब उपरिक्षक दिव्यराज कोइरालाको कमाण्डमा खटिएको टोलीले करिब एक लाख अठारह हजार चार सय चालिस बराबरको भन्सार छलिको अबैध कपडा समातेर आवश्यक कार्यवाहीका लागि कृष्णनगर भन्सार पठाइएको छ । सीमा सुरक्षा तथा तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी सक्रियताका साथ लागिरहेको स्थानीयले बताएका छन्।...
पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गा एकिन गरी उपलब्ध गराउन समितिको निर्देशन

पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गा एकिन गरी उपलब्ध गराउन समितिको निर्देशन

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ  - प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई कोषको नाममा रहेको जग्गा तत्काल एकिन गरी समितिमा उपलब्ध गराउन निर्देशन दिएको छ । सिंहदरवारमा आज बसेको समितिको बैठकमा सभापति राजकिशोर यादवले हालै नियुक्त भएका कोषका कार्यकारी निर्देशकको नियुिक्त सम्बन्धि प्रमाणित कागजात र अनुभवको विवरण तीन दिनभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिनुभयो । समितिले गौशालास्थित धर्मशाला सञ्चालक आनन्द होटलसँग कोषले गरेको सम्झौताको सक्कल विवरण र पशुपति क्षेत्र विकास कोषको गुरुयोजना समितिमा उपलब्ध गराउन पनि निर्देशन दिएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजु कुमार खत्रीले कोष अन्तर्गत ३ वटा गुठी रहेको, कोषको जग्गा ३ हजार ६ सय ६७ रोपनी ४ आना रहेको, कोषको २ अर्ब ४१ करोड रुपैयाको मुद्धती खाता सञ्चालनमा रहेको ज...
भ्रष्टाचार निवारणमा प्रचण्ड नेतृत्वको सरकार लागिपरेको:- मौलाना मशहूद

भ्रष्टाचार निवारणमा प्रचण्ड नेतृत्वको सरकार लागिपरेको:- मौलाना मशहूद

ब्यानर समाचार, ब्यानर समाचार 2
-अजय मिश्र  कपिलवस्तु, मंसिर ४ कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका को सभाहलमा नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटीको आयोजनामा जनता संग माओवादी विशेष रूपांतरण अभियान कार्यक्रम सम्पन्न भएको छ। नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटी अध्यक्ष नुरुल खानको अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला संयोजक विष्णु बेल्वासे, विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र प्रदेश सदस्य राजेन्द्र आचार्य तथा मौलाना मशहूद खां नेपाली अतिथिमा दयानन्द त्रिपाठी, संदीप प्रताप मौर्य, नारायण कलवार, ध्रुव सापकोटा, मिठाई लाल चौहान, राम बहादुर थापा, मान्ती कोरी लगायत रहनुभयो। कार्यक्रममा शुभकामना मन्तव्य सरिता अर्यालले राख्नुभयो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेल्वासेले अहिलेको सरकारले जनताको पक्षमा राम्रो कामहरू गर्दै आएको, जनताको माओबादी पार्टी प्रति आस्था बढ्दै गएको बताए। कार्...
साङ्लामा हेमोडायलाईसिस सेवा शुभारम्भ

साङ्लामा हेमोडायलाईसिस सेवा शुभारम्भ

ब्यानर समाचार, मुख्य समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाडौं- तारकेश्वर नगरपालिका वडा नं १ साङ्लामा हेमोडायलाईसिस सेवा शुरु भएको छ । बुधवार एक कार्यक्रमकाबिच उक्त सेवा शुभारम्भ गरिएको हो । नगरपालिकाको वडा नं १ मा रहेको साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा उक्त सेवाको शुभारम्भ गरिएको हो । स्थानिय आइतमान तामाङको मृगौला डायलाईसिस गरेर सेवा प्रारम्भ गरिएको वडा अध्यक्ष विदुर सापकोटाले बताए । सेवाको उद्घाटन गर्दै मेयर कृष्णहरि महर्जनले पालिका भित्र रहेका मृगौला पिडित बिरामी अब अन्यत्र गईरहनु पर्ने बाध्यता अन्त्य भएको बताए । साथै सेवालाई चुस्त दुरुस्त बनाउन नगरपालिकाले निरन्तर कार्य गर्ने उनले बताए । वडाध्यक्ष सापकोटाको सभापतित्व रहेको कार्यक्रममा मेयर कृष्णहरि महर्जन प्रमुख अतिथि, उपमेयर श्रृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्त लगाएत अतिथिका रुपमा उपस्थित थिए भने अन्य जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्थानियको उपस्थ...
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया सहज र स्वाभाविक नलागेरै समिति गठन गरिएको हो : प्रधानमन्त्री

एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया सहज र स्वाभाविक नलागेरै समिति गठन गरिएको हो : प्रधानमन्त्री

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर बिक्री प्रक्रिया सरकारलाई सहज र स्वाभाविक नलागेको बताउनुभएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले उक्त शेयर बिक्री प्रक्रियाका सहज र स्वाभाविक नलागेर नै सरकारले तत्काल निर्देशन र समिति गठन गरी छानबिन प्रक्रिया अघि बढाएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “यसमा कहीँ न काहीँ गलत छ भन्ने लागेकै हुनाले छानबिन समिति बनाइएको हो । अध्ययन तथा छानबिन समितिको यकिन राय सुझावसहितको प्रतिवेदन प्राप्त भएपछि सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्नेछ ।” उहाँले एनसेल प्रकरणमा कतै कसैबाट कानुन विपरीतका काम कारबाही भए गरेको पाइएमा कानुनबमोजिम हदैसम्मको कारबाही गर्न ...
कालीदेवी माविले गर्याे विज्ञान प्रदर्शनी

कालीदेवी माविले गर्याे विज्ञान प्रदर्शनी

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौ - मंसिर २९ गते तारकेश्वर नगरपालिकाे एक मात्रै नमुना विद्यालय कालीदेवी माविले आज मंसिर २९ गते आफ्नै प्राङणमा विज्ञान प्रदर्शनी गरेकाे छ । विद्यार्थीले स्वस्फूर्त रुपमा गरेकाे उक्त प्रदर्शनीमा ३० स्टल राखिएका थिए । कार्यक्रमकाे शुभारम्भ गर्दै वडाध्यक्ष राधाकृष्ण खड्गीले उक्त कार्यक्रम अनुकरणीय रहेकाे बताउनु भयाे । प्रमुख अतिथिका रुपमा नगरशिक्षा अधिकारी पदम बहादुर खत्रीकाे उपस्थिति रहेकाे उक्त कार्यक्रममा अन्य ५ विद्यालयका विद्यार्थीहरुले पनि अवलाेकन गरेका थिए । विद्यार्थीहरुले आफुले सिकेको गणित , बिज्ञान र कृषि सम्बन्धि ३० वटा स्टल लगाएर विभिन्न उपकरण र उत्पादन प्रदर्सन गरेका थिए । ...