Saturday, January 25
Shadow

कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ


  • -इ
  • इ+

 

– अजय मिश्र 
कृष्णनगर, कपिलवस्तु, माघ २९

कपिलवस्तु प्रहरीले लागु औषध चरेस सहित कृष्णनगर नाका नजिकबाट २ महिलालाई पक्राउ गरेको छ ।
ईप्रका कृष्णनगरका इन्स्पेक्टर लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलिले ४ के.जि. ९६४ ग्राम लागु औषध चरेससहित दुई महिलालाई नियन्त्रणमा लिएको हो । सोमबार साझ रोल्पाबाट कपिलवस्तुको कृष्णनगर हुँदै भारत तर्फ जादै गरेको अबस्थामा रोल्पा दुईखोली गाउँपालिका १ बस्ने बर्ष ३३ कि रश्मि बुढाको साथबाट ३ के.जि १३८ ग्राम र बर्ष ४३ कि तुलसा रोका मगरको साथबाट १ के.जि. ८२६ ग्राम लागु चरेस बरामद गरेको हो ।

प्रहरीलाई प्राप्त गोप्य सूचनाको आधारमा निजहरूलाई खानतलासी गर्दा कपडाको पेटि बनाई कम्मरमा बाधी लुकाइ छिपाई राखेको अबस्थामा बुढाको साथमा ५ पोका र रोका मगरको साथमा ४ पोका चरेश फेला परेको हो ।

लागु औषध चरेससहित पक्राउ गरि थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares