Sunday, January 12
Shadow

कुञ्चिप्वाकल माविले मनायाे ६१औं जयन्ती


  • -इ
  • इ+

काठमाडौ – तारकेश्वर नगरपालिका वडा नं १ मा अवस्थित कुञ्चिप्वाकल माविले आफ्नाे ६१औं  जयन्ती समाराेह भव्य रुपमा सम्पन्न गरेकाे छ । शिक्षक रघुनाथ तिमल्सिनाले सञ्चालन गर्नु भएकाे कार्यक्रमकाे प्रमुख अतिथि नगरप्रमुख कृष्णहरि महर्जन, विद्यालय व्यावस्थापन समितिकाे अध्यक्ष एवं वडाध्यक्ष विदुर सापकाेटाको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा नगरका १५ भन्दा बढि सामुदायिक विद्यालयका प्रअहरुकाे उपस्थिति थियाे ।

उक्त कार्यक्रममा स्कुलका विद्यार्थीले सुविधा सम्पन्न स्कुलको भन्दा राम्रो प्रस्तुति गरेका थिए । भाइबहिनिहरुले गित, नाटक, नृत्य आदि वेजाेड प्रस्तुत गरेका थिए ।

नगर शिक्षा अधिकारि पदम बहादुर खत्रीले शुभकामना मनतव्य राख्दै विद्यालयले गरेकाे कार्यकाे प्रशंसा गरेका थिए ।

आगामी वर्ष विद्यालय बस उपलब्ध गराउने कुरा नगर प्रमुखले बताउनु भयाे । वडाध्यक्ष विदुर सापकाेटाले अन्तमा सबैलाई धन्यवाद दियर कार्यक्रम समापन गरेका थिए । अभिभावकहरुकाे रुचि पुर्ण उपस्थित रहेको थियोे ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares