Friday, January 17
Shadow

२४ केजी ५६० ग्राम लागू औषध चरेससहित ५ जना नियन्त्रणमा

  • -इ
  • इ+

– अजय मिश्र 

कपिलवस्तु, फाल्गुन १४

कपिलवस्तुको कृष्णनगरबाट प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलिले तीनजना महिला र दुई जना पुरुषलाई  २४ केजि ५६० ग्राम लागू औषध चरेससहित आइतबार साझ नियन्त्रणमा लिएको छ ।

रुकुम पुर्वबाट कृष्णनगर हुँदै भारत तर्फ जाँदै छ भन्ने प्राप्त गोप्य सुचनाको आधारमा शंका लागि प्रहरीले कृष्णनगर बजारक्षेत्रमा ती व्यक्तिहरुलाई चेकजाँच गरेको थियो ।

खनियाबास ५ धादिङका ५९ बर्सिय सेती तामाङको साथमा ५ किलो ५५५ ग्राम, सोही स्थानका ६६ बर्सिय रेगदोन तामाङको साथमा ५ किलो ३६५ ग्राम, सोही स्थानका ५२ बर्सिय साङ जोङ तामाङनिको साथमा ५ किलो ४८० ग्राम, सिद्धकुमाख ४ सल्यानका ४० बर्सिय थल बहादुर रोकाको साथमा ४ किलो ६१५ ग्राम र भुमे २ रुकुम पुर्बका ३७ बर्सिय भावना बुढाको साथमा ३ किलो ५४५ ग्राम लागू औषध चरेस फेला परेको हो ।

निजहरूको कम्मरमा कपडाको पेटि बनाई बाधी लुकाई छिपाई राखिएको अबस्थामा प्रहरीले खानतलासी गरि उक्त लागू औषध  बरामद गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा भावना बुढा मुख्य कारोबारी भएको खुलेको छ । भरिया मात्र पक्राउ परेर मुख्य कारोबारी उम्कन्थे तर यो घटनामा भने कपिलवस्तु प्रहरी सफल रह्यो ।

धादिङकि सेती तामाङ पेशेवर भरिया हुन । उनी येस अघि धादिङ र कृष्णनगर बाट लागु औषध चरेससहित पक्राउ परेर मुद्दा  खेपिसकेकी पात्र हुन । उनी धरौटीमा छुटेदेखी प्रहरीले निगरानी गरिरहेको थियो ।

भुमेकी भावना दाङको लमही बसोबास गर्छिन भने बाकी ४ जना भारतमा मजदुरी गर्ने बुझिएको छ।

नियन्त्रणमा लिइएका पाँचै जनाको थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

प्रतिक्रिया दिनुहोस्

shares