– सानुकाजि थापा
काठमाडौ – काठमाडौ जिल्ला तारकेश्वर नगरपालिका वडा ७ फुटुङ माविको प्रागंणमा प्रथम बागमति प्रदेश स्तरीय ईन्टरनेशनल अल्टिम्याक्स कम्वाे लतार-दाे एमएमए क्लबकाे आयाेजनमा प्रथम बागमति प्रदेश स्तरीय लतारदाे प्रतियाेगिता २०८०सम्पन्न भयाे उक्त कार्यक्रमकाे उद्घाटन काठमाडौ जिल्ला निर्वाचन क्षेत्र नं ६ ख का प्रदेश सांसद माननीय ई.अमन कुमार मास्केले गर्नुभयाे साे कार्यक्रममा समाजसेवी वसन्त कुमार वस्नेत, समाजसेवी जगन्नाथ राजबाहक समाजसेवी बबि कार्को राकेश मास्के लगायतकाे उपस्थिति रहेको थियो ।
कार्यक्रममा जगन्नाथ राजवाहक, वसन्त बस्नेत ,खेल प्रशिक्षक साम्देन ब्लाेन तामाङले शुभकामना मन्तव्य बागमति राख्नुभएको थियाे प्रदेशका ८ आठ जिल्लाका विभिन्न उमेर ३०वटा क्याटाेगरिका खेलाडीहरूकाे उपस्थित रहेकाे थयाे प्रतियाेगितामा भाग लिने तथा विजयि खेलाडिहरूलाइ पदक ,मेडल , ट्रफी , प्रमाणपत्र वितरण गरिएकाे थियाे , सांसद मास्केले कार्यक्रम संयाेजक मनाेज राजबाहककाे खुलेर प्रसंसा गर्नुभयाे याे खेलले हाम्रो बागमती प्रदेश भित्र काे काठमाडौं ६ ख काे तारकेश्वर नगरपालिकाकाे नाम उच्च राख्ने काम गरेकाे छ मेराे तर्फबाट हरहमेसा सहयोग रहने कुरा बताउनुभयाे कार्यक्रम संचालन श्यामसुन्दर के.सीले गर्नुभएको थियाे भने कार्यक्रम ईन्टरनेशनल अल्टिम्याक्स कम्वाे लतारदाे एमएमए क्लव अध्यक्ष जयराम महतकाे सभापतित्वमा सम्पन्न भएकोमा थियाे।