काठमाडौं । राजनीतिक नेता तथा अर्थराजनीतिका विज्ञ सर्जक डीपी ढकालको नयाँ पुस्तक बजारमा आएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य , बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलका प्रमुख राजनीतिक सल्लाहाकार समेत रहेका ढकालको यो सातौं कृति हो । नन्स्टप मिडिया भक्तपुरले प्रकाशनले बजारमा ल्याएको पुस्तक १०२ पृष्ठको छ । पुस्तकमा समाजवादको निमार्ण, पुँजीवादी विश्व व्यवस्थाको विकास, समाजवादी अर्थराजनीतिको अन्तर्राट्रिय अनुभव, समाजवादी क्रान्तिका दुई चरण, समाजवादमा संक्रमणको नेपालको मौलिक बाटोलगायतका ८ शीर्षकहरु समेटिएका छन् ।
‘असल मौकाको सदुपयोग गर्न चुकेर उबडखाबड बाटो हिँडेर यहाँसम्म आईपुगेको नेकपा माओवादी केन्द्रले अबका दिनमा सैद्धान्तिक रुपमा कसरी अगाडि बढ्नुपर्छ भनेर सैद्धान्तिक तथा वैचारिक हिसाबले चिन्ता लिने व्यक्तिका रुपमा कामरेड डीपी ढकाल माओवादी केन्द्रको बचाउमा यो पुस्तिका लिएर उभिनुभएको छ ।’
किताव पढेर यसैमाथि बहस गर्ने हो भने समाजवादी बाटोका लागि सानै भएपनि यस विचारले योगदान प्रदान गरेको ठहरिने छ ।’ ढकालका यस अघि नेपाली क्रान्ति, अग्नियात्रीका सपनाहरु, पर्खालभित्रबाट चियाउँदा राजनीति, कम्युनिष्ट आन्दोलनका बहस, पुँजिवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम, समाजवाद र नेपाल जस्ता पुस्तक प्रकाशन भईसकेका छन् । समसामयीक विषयमा स्तम्भहरु लेख्ने ढकाल अर्थराजनीकि विषयमा गहिरो ज्ञान राख्दछन् ।