Saturday, May 18
Shadow

भन्सार छलीका लाखौं पर्ने अबैध कपडा बरामद


  • -इ
  • इ+

– अजय मिश्र

कपिलवस्तु, फागुन २०

कपिलवस्तुबाट भन्सार छली अवैध रूपमा निकासी भएका दुई लाख बराबरको कपडा बरामद गरेको छ ।

जिल्लाको बहादुरगन्ज र मर्यादापुरबाट चेकजाँचको क्रममा उक्त कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

वरिष्ठ सई शिव कुमार वलीको कमान्डमा खटिएको इलाका प्रहरी कार्यालय बहादुरगंजको प्रहरी टोलीले कृष्णनगर नगरपालिका-८ बाट एक लाख ३० हजार मूल्य बराबरको कपडा बरामद गरेको छ । पिकअप जिपमा लुकाएर ल्याउँदै गरेको सुट, टिसर्ट, सुरुवाल, कुर्ता रहेको प्रहरीले जनाएको छ ।

यशोधरा गाउँपालिका-७ मर्यादापुरबाट ५० थान साडी बरामद भएको जनाएको छ । उक्त साडीको अन्दाजी मूल्य ७० हजार रहेको छ । बरामद भएका कपडाहरू कृष्णनगर र सुठौली भन्सार कार्यालयमा पठाइएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares